सुनकाे मुल्यमा उच्च वृद्धि नयाँ रेर्कड  कायम
आर्थिक परिवेश

२२ जेठ, काठमाडौं ।   नेपाली बजारमा मंगलवार सुनकाे मूल्य तोलामा एक हजार सात सय रूपैयाले वृद्धि भएर नयाँ रेर्कड  कायम भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४१ हजार मूल्यमा कारोबार भएकामा सोही परिमाणको सुन आज रु एक लाख ४२ हजार सात सयमा किनबेच भएको छ । यसैगरी, तेजाबी सुन सोमबार प्रतितोला  एक लाख ४० हजार तीन सयमा कारोबार भएकामा आज त्यति नै तौलको तेजाबी सुनको मूल्य एक लाख ४२ हजार निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा  २५ ले वृद्धि भएको छ । सोमबार प्रतितोला  एक हजार आठ सय ३५ मा एक…

बजेटकाे छलफल शुरू, संशोधन नहुने हो भने संसदमा छलफल गर्नुको अर्थ रहँदैन : सांसदहरू
आर्थिक परिवेश

२० जेठ,काठमाडौँ ।   प्रतिनिधिसभाको आइतवारकाे को बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल शुरू भएकाे  छ । क्रममा सांसदहरुले बजेटमा संशोधन नहुने हो भने संसदमा छलफल गर्नुको अर्थ नरहने धारणा राख्नुभएको छ । बैठकमा बोल्नुहुँदै सांसद श्यामकुमार घिमिरेले बजेटमा संशोधन नहुने हो भने संसदमा छलफल गर्नुको अर्थ नहुने बताउनुभयो । “बजेटले कुनैपनि संशोधन गर्न सक्दैनौ भने हप्तौ लगाएर छलफल गर्नुको अर्थ छैन । कि त कानुन संशोधन गरौं कि त बजेट प्रस्तुत गरेपछि सिधै निर्णयार्थ प्रस्तुत गर्ने व्यवस्था गरौँ” उहाँले भन्नुभयो । पछिल्ला वर्षहरुमा सार्वजनिक ऋण अत्यधिक बढेको उल्लेख गर्नुहुँदै सांसद घिमिरेले…

भाेलीदेखि संसदमा आगामी आर्थिक बर्ष २०८१।०८२ काे बजेटकाे छलफल शुरू हुने
आर्थिक परिवेश

१९ जेठ, काठमाडाैं ।   आगामी आर्थिक बर्ष २०८१।०८२ का लागि सरकारद्धारा संसदमा प्रस्ततु बजेट माथि आइतवारबाट छलफल हुने भएको छ । अर्थमन्त्री बर्षमान पुनले आइतवारको बैठकमा बजेट माथि छलफल गरियोस भन्ने प्रस्ताव राख्नु हुने संभावित कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ । आइतवार अर्थमन्त्रीले संसदका दुबै सदनमा आगामी आर्थिक बर्ष २०८१।०८२ का लागि सरकारद्धारा संसदमा प्रस्ततु बजेट  टेवुल गर्नु भै समान्य छलपफलका लागि स्वीकिर्ती माग गर्नु हुनेछ । संघीय सरकारले आगामी आर्थिक बर्ष २०८१।०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैया बराबरको बार्षिक आयव्यवको विवरण बजेट ल्याएको थियो । जेठ १५ गतेसंसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट…

बजेट सकारात्मक नीतिगत सुधार र स्थायित्वका लागि विशेष योजना बन्ने विश्वास : महासंघ
आर्थिक परिवेश

१८ जेठ, काठमाडौ ।  नेपाल उदयाेग  बाणिज्य महासंघले अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त वैठकमा आर्थिक बर्ष २०८१।८२ को बजेट मार्फत नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धतालाई अाउनु सकारात्मक  भएको बताएकाे छ । महासंघले २०८० असोज २५ गते वृहद आर्थिक बहस आयोजना गरि पहिलोपटक विद्यमान आर्थिक सुधार एवं दीर्घकालीन बिकासका लागि नयाँ चरणको आर्थिक सुधार कार्यक्रम लागु गर्न आयोग गठन गर्न माग प्रस्तुत गर्दै यसका लागि निरन्तर पैरवी गरिरहेको थियो । उक्त आयोगमा निजी क्षेत्रको समेत सहभागिता भै नीतिगत सुधार र स्थायित्वका लागि विशेष योजना बन्ने विश्वास महासंघले लिएको छ । यसैगरि महासंघको प्रवद्र्धनमा साना व्यवसायी समेतको…

कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैनः अर्थमन्त्री पुन
आर्थिक परिवेश

 १७ जेठ,काठमाडौं ।  अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट रहेकाे बताउनु भएकाे छ । करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे छड उत्पादक संघका पदाधिकारीसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको बताउनु भयाे  । संघका अध्यक्ष साहिल अग्रवाल नेतृत्वमा गएका व्यवसायीले बजेटमा फलामे डण्डी निर्माणमा प्रयोग हुने स्पन्ज आइरनमा करका दर हेरफेर गर्दा आफूहरु मर्कामा परेको गुनासो गरेका थिए । जवाफमा मन्त्री पुनले कसैको मुख हेरेर नभई संसदीय समिति, आन्तरिक राजश्व विभागले गरेको अध्यनको रिपोर्ट, विगतदेखि नै व्यवसायीले राख्दै आएका माग तथा…