अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ अर्थमन्त्री पौडेल
आर्थिक परिवेश

०३ असार, काठमाडौँ ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भइदिन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग परिसङ्घ (सीएनआई)सँग आज अर्थमन्त्रालयमा भएको छलफलमा उहाँले नीतिको स्थिरता र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसमा केन्द्रित भई सरकारले काम गर्ने बताउनुभयो । “प्रधानमन्त्री चाँैथो पटक भूतपूर्व प्रधानमन्त्रीको फोटो टाँस्न आउनुभएको होइन । समस्या देखेर त्यो समाधानका लागि सरकार आएका हौँ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ ।” उहाँले समस्या मात्र नभइ समाधानका लागि निजी क्षेत्र सँगसँगै बसेर छलफललाई केन्द्रित गर्नेसमेत बताउनुभयो । परिसङ्घको…

निर्माण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब धेरै दिन सुन्न पर्दैन : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश

०२ साउन,काठमाडौं ।    उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग बुधवार अर्थ मन्त्रालयमा सम्पन्न भेटघाटमा अर्थ मन्त्री पोडेलले “निर्माण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब धेरै दिन सुन्न पर्दैन भन्नु भयो । राज्यका निकायले ठेक्का लगाएर काम सम्पन्न भएको छ भने जुनसुकै उपायबाट त्यसको भुक्तानी हुन्छ र आगामी दिनमा गुनासो गरिरहने अवस्था आउँदैन”, अर्थमन्त्री पौडेलले भन्नुभयो । उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच लामो समयदेखि चलिरहेको ‘डेडिकेटेड’ र ‘ट्रकलाईन’को विद्युत् महसुल बक्यौता विवाद पनि कानुनअनुसार सुल्झाइने आश्वासन उहाँले दिनुभयो । सरकार निजी…

सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
आर्थिक परिवेश

०२ साउन काठमाडौँ ।   सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन पठाएको छ । विभिन्न निकायका लागि विनियोजित बजेटको खर्चमा मितव्ययिता अपनाउने तथा खर्चको प्रभावकारिता र दक्षता बढाउने लगायत निर्देशनसहित अर्थ मन्त्रालयले मङ्गलबार मार्गदर्शन परिपत्र गरेको हो । बजेट खर्चको अख्तियारी, कार्यक्रम स्वीकृति तथा बजेट बाँडफाँट, कार्यक्रम योजना हस्तान्तरण र कार्यान्वयन, बजेट खर्च, रकमान्तर, कार्यक्रम संशोधन तथा प्रतिवेदन, वित्तीय पारदर्शिता, जबाफदेहिता, अनुगमनसम्बन्धी व्यवस्थालगायत विषय समेटेर मार्गदर्शन जारी गरिएको हो । मार्गदर्शनअनुसार कुनै पनि निकायलाई एकभन्दा बढी निकायबाट खर्च गर्ने गरी रकम विनियोजन भएकामा त्यस्तो निकायको प्रमुखले आगामी असोज मसान्तभित्र विनियोजन…

सरकारकाे खर्च ८० प्रतिशत राजस्व असुली भने ७४ प्रतिशत मात्रै
आर्थिक परिवेश

 ०१ साउन  काठमाडाै‌  ।  आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको ७४ दशमलव २९ प्रतिशत राजस्व असुली भएको छ भने ८० दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षका लागि सरकारले कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । असार मसान्तसम्ममा कूल रु १४ खर्ब आठ अर्ब ७६ करोड ४५ लाख बराबर मात्रै खर्च भएको छ । चालु शीर्षकमा गत आर्थिक वर्षका लागि रु ११  खर्ब ४१ अर्ब ७८ लाख ४१ हजार…

पहिलो दिन उच्च बढेको नेप्से साेमवार दाेहाेराे अङ्कले घट्याे अर्थमन्त्रीलाई रातो झण्डा
आर्थिक परिवेश

३१ असार, काठमाडौ ।  नयाँ  सरकार गठनस‌ँगै साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले घटेको छ । सोमवार नेप्से परिसूचक १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४० दशमलव ४१ को विन्दुमा कायम भएको हो । यस दिन तीन सय ३२ कम्पनीहरुका दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर हरु आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार रुपैयामा किनबेच भएका छन । यस दिन जलविद्युत् समूह, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डका उपसूचकहरु बढेका छन् भने अरु सबै समूहका उपसूचक घटेका छन् ।…