प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाबाट दुई तिहाइ सांसदहरूकाे विश्वासको मत प्राप्त
आर्थिक परिवेश

०६ साउन, काठमाडौँ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ सांसहरूकाे विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आइतवार भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा १८८ मत, विपक्षमा ७४ मत र मत दिन्न भन्ने पक्षमा एक मत परेको छ । बैठकमा कूल २६३ सांसदहरू उपस्थित हुनुहुन्थ्यो । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त मत विभाजनको मतपरिणात सार्वजनिक गर्दै सो जानकारी दिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई यही असार ३० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपलेछि प्रचण्ड पदमुक्त हुनुभएको थियो । एमाले…

गत आर्थिक बर्षमा बीरगंज भन्सारबाट २६ अर्ब १४ कराेडका वस्तुहरू विदेश निर्यात
आर्थिक परिवेश

५ साउन, विरगंज ।   बीरगंजस्थित एकीकृत तथा आईसिपी भन्सार नाका हुदै आर्थिक बर्ष २०८०/०८१ मा भारत तथा तेश्रो मुलुकतर्फ २६ अर्ब १४ करोड, ९५ लाख मुल्य बराबरक नेपाली उत्पादन निर्यात भएको छ । वीरगंज नाका हुदै भारत, डेनमार्क, अष्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाईल्याण्ड लगायतका मुलुकहरुमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटि निर्यात भएको वीरगंज स्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । आईसिपी भन्सार नाकाहुदै आर्थिक बर्ष २०८०÷०८१ मा ८ अर्ब ३२ करोड ८३ लाख ८८ हजार मुल्य बराबरको फलफुलको जुस भारत निर्यात भएको छ भने सो अवधिमा ६५ करोड…

मुलुकमा देखिएका समस्या समाधान गर्नआफ्नो नेतृत्वमा नयाँ सरकार गठन :प्रधानमन्त्री
आर्थिक परिवेश

०४ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै आफू नेतृत्वको सरकारको प्रमुख ध्येय भएको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग आज भएको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको प्रस्ट पार्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहनुभएका ओलीले पदका लागि मात्रै आफू पुनः प्रधानमन्त्री जिम्मेवारीमा नआएको बताउँदै भन्नुभयो, “म यसअघि नै प्रधानमन्त्री बनिसकेको हो, पदका लागि मात्रै पुनः जिम्मेवारीमा आएको होइन, केही न केही नयाँ काम गरौँ, मुलुकको समस्या समाधानमा योगदान गरौँ भनेर जिम्मेवारी लिएको हो ।” प्रधानमन्त्री…

निर्माण व्यवसायीको भुक्तानी गर्न बाँकी रकम चाँडै उपलब्ध गराइन्छ : अर्थमन्त्री पाैडेल
आर्थिक परिवेश

०४ साउन, काठमाडौँ ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको भुक्तान गर्न बाँकी रकम चाँडै उपलब्ध गराइने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधि मण्डलसँग आज अर्थ मन्त्रालयमा कुरा गर्दै मन्त्री पौडेलले निर्माण व्यवसायीको भुक्तानी रोकिँदा सन्देश गलत गएको उल्लेख गर्नुभयो । निर्माण व्यवसायीको रकम अविलम्ब भुक्तान गर्नेबारे विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल गरेको उहाँले बताउनुभयो । “सरकार र निर्माण व्यवसायी एउटै डुङ्गाका यात्री हुन्, दुवै पक्षले सहकार्य गरी अघि बढ्नुको विकल्प छैन”, मन्त्री पौडेलले भन्नुभयो । निर्माण व्यवसायीका अन्य समस्या क्रमशः सम्बोधन हुने उहाँको भनाइ थियो । व्यवसायीले तोकिएको रकममा समयमै गुणस्तरीय…

अमेरिकाले २४ बर्षमा नेपालमा करिव २ खर्ब लगानी गरयाे
आर्थिक परिवेश

०३ असार, काठमाडौँ ।  संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)  मार्फत सन २००० देखि हालसम्म नेपालको विकासका लागि विभिन्न क्षेत्रमा  एक खर्ब ९६ अर्ब रूपैया सहयोग गरेको छ । युएसएडले नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालबालिकाको सशक्तीकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चारका क्षेत्रमा डेढ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरेको जनाएको छ । सन् २०२३ मा स्वास्थ्य, शिक्षा, र आर्थिक वृद्धिका कार्यक्रममार्फत १० लाखभन्दा बढी महिलाको जीवनमा प्रत्यक्ष योगदान पु¥याएको र थप ५० लाख महिला माझ अप्रत्यक्ष रुपमा आमसञ्चार माध्यमका अभियानलगायत गतिविधि पुगेको युएसएडको तथ्याङ्क छ । युएसएडद्वारा आज यहाँ…