कालोबजोरीमा संलग्नलाई कानुनबमोजिम कडा कारवाही गर्ने सरकारकाे निर्णय
आर्थिक परिवेश१६असाेज, काठमाडाैं । मन्त्रिपरिषद्काे मंगलवारकाे बैठकले कालोबजोरीमा संलग्न हुने हरूलाई कानुनबमोजिम कडा कारवाही गर्ने निर्णय गरेकाे छ । उपभोग्य वस्तुको विक्री वितरणसँग सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर सुपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रहरुलाई थप सक्रिय र क्रियाशील बनाई बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउने निर्णय पनि सरकारले गरेकाे छ । अस्वभाविक मूल्यबृद्धि र कालोबजारी नियन्त्रण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अस्वभाविक नाफाखोरी गर्ने र अस्वभाविक रुपमा मूल्य बृद्धि गरी कालोबजोरीमा संलग्न हुने जोकोहीलाई प्रचलित कानुनबमोजिम कडा कारवाही गर्ने निर्णाय गरेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । साथै बैठकले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्ति,…
नेपालको आर्थिक वृद्धि सन् २०२४ मा ३.९ प्रतिशतले सुधार हुन्छ : विश्व बैंक
आर्थिक परिवेश१६ असाेज, काठमाडौं । विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतले सुधार हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने प्रतिवेदनले हटाइएको आयात प्रतिबन्ध, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपन लगायतका कारणले आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्रको वृद्धिदर ३.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो । मंगलवार सार्वजनिक भएको ‘नेपाल विकास अपडेटः निर्यातको प्रतिस्पर्धात्मकता पुनर्स्थापना’ ले वर्ष २०२५ सम्ममा नेपालको अर्थतन्त्र ५ प्रतिशतले बढ्ने अनुमान पनि गरेको छ । तर पनि अनियमित वर्षाका कारणले कृषि उपज उत्पादनको वृद्धिमा हुनसक्ने क्षति, भारतको निर्यात प्रतिबन्ध र उपभोग्य वस्तुमा पछिल्ला दिनमा आकासिएको मूल्यका कारण…
नेपालमा आजबाट विश्व लगानीकर्ता सप्ताह शुरु बजारलाई स्वस्थकर बनाउन जरुरी अर्थमन्त्री
आर्थिक परिवेश१५ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डको आयोजनामा नेपालमा आजबाट विश्व लगानीकर्ता सप्ताह शुरु भएको भएको छ । धितोपत्र बोर्डहरुको अन्तराष्ट्रिय संगठन आइएसकोको आव्हानमा नेपाल धितोपत्र बोर्डको नेतृत्वमा त्यस क्षेत्रका सम्वद्ध निकायहरुको समेत संलग्नतामा आयोजित विश्व लगानीकर्ता सप्ताहको अर्थमन्त्री डा प्रकाशशरण महतले शुभारम्भ गर्नु भयो । कार्यक्रममा अर्थमन्त्री डा महतले शेयर बजारबाट केही सिमित व्यक्तिहरुले चलखेल गरी फाइदा लिने र सर्वसाधारण आम लगानीकर्ताहरुलाई बिलखबन्धनमा पार्ने काम भैरहेको भन्दै त्यसतर्फ लगानीकर्ता र नियामक सचेत हुनुपर्ने बताउनु भयो । उहाँले बजारलाई स्वच्छ बनाउदै लगानीकर्ताहरुको लगानीलाई सुरक्षित गर्नु आवश्यक भएकोमा पनि जोड दिनु भयो । अर्थमन्त्री महतले धितोपत्र बजारबाट गोप्य सूचनाहरु चुहिने र…
नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिए
आर्थिक परिवेश१४असोज, काठमाडौं । अङ्ग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म हवाई मार्ग भएर सात लाख ८२ हजार तीन सय ७२ पर्यटक भित्रिएका हुन् । पछिल्लो सेप्टेम्बर महिनामा मात्रै ९१ हजार १२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ५८ हजार तीन सय १४ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा ९२ हजार छ सय चार पर्यटक नेपाल आएका थिए । नेपालमा पर्यटकीय सिजन सुरु भएकाले अबका दिनमा विदेशी पर्यटक आगमन बढ्ने बोर्डको विश्वास छ । बोर्डका…
स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न सक्नुपर्नेमा विज्ञकाे जाेड
आर्थिक परिवेश१२,असोज, काठमाडौं । मुलुकको राजनीतिक, आर्थिक तथा कूटनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका व्यक्तित्वहरूले राजनीतिक स्थायित्व, चलायमान आर्थिक गतिविधि र सुरक्षाको प्रत्याभूतिका लागि देश आत्मनिर्भर हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । एकीकृत विकास प्रणालीका पक्षमा अध्ययन, अनुसन्धान गर्ने आइआइडीएस नामक संस्थाद्वारा शुक्रवार काठमाण्डौमा आयोजित ‘नेपालको विगत र भविष्यको आर्थिक कूटनीति’ विषयक प्रवचन कार्यक्रममा उहाँहरूले राजनीतिक स्थायित्व, दिगो आर्थिक विकास, सांस्कृतिक पहिचान एवं संरक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थाका आर्थिक कूटनीतिमा जोड दिँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने बताउनु भएकाे हाे । वक्ताहरूले देशभित्र लगानीको वातावरण सिर्जना गरी रोजगारीको समस्या हल गर्नुपर्ने, युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने र आर्थिक कूटनीतिलाई…