राजस्वको लक्ष्य पूरा गर्न कर्तव्यनिष्ठ भएर काम गर्न अर्थमन्त्रीको निर्देशन
आर्थिक परिवेश२० असार, काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न सम्वद्ध कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका कर कार्यालयका कर्मचारीलाई बुधवार निर्देशन दिनुहुँदै अर्थमन्त्री महतले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न कर्तव्यनिष्ठ भएर काम गर्न भन्नुभएको हो । कर्मचारी कर्तव्यबाट पन्छिन नहुने बताउनुहुँदै अर्थमन्त्री महतले सेवाग्राहीमाझ सहजरूपमा प्रस्तुत हुन पनि निर्देशन दिनुभयो । अहिले लक्ष्यअनुसार राजस्व उठ्न नसकेको बताउनुहुँदै उहाँले अर्थतन्त्रलाई गति दिनका लागि पनि राजस्व बढाउन आवश्यक रहेको बताउनुभयो । भन्सारमा आधारित राजस्व नीतिले अर्थतन्त्रलाई सुधार गर्न नसक्ने र सार्वजनिक ऋणको सदुपयोग गर्ने विषयमा सरकार…
चालु आर्थिक बर्षको लागि राजस्व संकलनको लक्ष्य प्राप्त गर्न कठिन
आर्थिक परिवेश१९ असार, काठमाडौं । चालु आर्थिक वर्षकाे असार १८ गतेसम्ममा आठ खर्ब ९९ अर्ब रूपैया मात्र राजस्व संकलन भएकाे छ । सरकारले यस अवधीका लागि राजस्व सङ्कलनको लक्ष्य १४ खर्ब तीन अर्ब १४ करोड राखेको छ । अर्थ मन्त्रालयका अनुसार यो राजस्व सङ्कलन लक्ष्यको करिब ६४ प्रतिशत मात्र हो । चालु आवको लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न अब बाँकी अवधिमा करिब पाँच खर्ब रूपैया उठाउनु पर्ने हुन्छ । आयात घटेकाले कारण भन्सारबाट हुने राजस्व सङ्कलनमा कमी आएको र कसिलो मौद्रिक नीति र निजी क्षेत्रमा लगानी कमजोर हुँदा पूर्वाधार निर्माणमा पनि यस अवधिमा अपेक्षित सफलता हासिल हुन कठिनाइ परेको मन्त्रालयको भनाइ छ…
अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालिसकेको छ अर्थमन्त्री डा. महत
आर्थिक परिवेश१९ असार,काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख भएको बताउनु भएको छ । मंगलबार संसदको अर्थसमितिमा बोल्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधार उन्मुख भए पनि समस्यामुक्त भइनसकेकोे बताउनुभयो । उहाँले कुनै पनि देशको अर्थतन्त्र समस्यामुक्त हुँदैन र समय समयमा समस्या आइरहन्छन् तर समाधानको बाटो पहिल्याउँदै जानुपर्छ भन्नु भयो । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रालयले समन्वयकारी भूमिकाका साथ केही ठाउँमा अगुवाइ पनि गरेको बताउनु भयो । ‘राजस्व उठ्ने विषयमा समस्याहरु देखिएको भए पनि प्रगति भएको र राजस्व संकलनको संशोधित लक्ष्यले निर्धारण गरे अनुसार उठाउन नसके पनि…
सुशासन, समृद्धि र न्यायको पक्षमा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता छ : प्रधानमन्त्री
आर्थिक परिवेश१८ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन, समृद्धि र न्यायको पक्षमा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको बताउनु भएको छ । जि.पि कोइराला मेमोरियल कलेजको १२ औ बार्षिक तथा गिरिजाप्रसाद कोइरालाको शतबार्षिक समाराेहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सामान्य रुपमा देशमा सुधार हुने सम्भावना नभएकाले अर्को आन्दोलनको आवश्यकता रहेको बताउनु भएकाे हाे । प्रधानमन्त्री दाहालले कम्युनिष्टहरुको एकताको कुराबाट नेपाली कांग्रेसपार्टीलाई तरङ्गित नहुन आग्रह गर्नुहुँदै कम्युनिष्टहरुबीच एकता भए पनि काँग्रेससँगको सम्बन्ध नटुट्ने बताउनुभयो । विगतका राजनीतिक आन्दोलनहरूमा कांग्रेस र कम्युनिष्ट मिलेर लडेकै कारण हालसम्मको उपलब्धि हासिल भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको कार्यभार पूरा गरी मुलुकलाई समृद्धितर्फ…
भ्याटमार्फत करको दायरालाई फराकिलो बनाउन आर्थिक विधेयक : अर्थमन्त्री महत
आर्थिक परिवेश१७ असार, काठमाडौँ । प्रतिनिधिसभाको आइतवारको बैठकले “आर्थिक विधेयक, २०८० र “राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थ मन्त्री डा.प्रकाश शरण महतले प्रस्तुत गर्नुभएको “आर्थिक विधेयक, २०८० र “राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई बहुमतले पारित गरेको हो । सभामा अर्थमन्त्री डा.प्रकाश शरण महतले भ्याटमार्फत करको दायरालाई फराकिलो बनाउँदै वित्तीय प्रणाली भित्र सबै व्यवसायलाई समेटेर अर्थतन्त्रलाई गतिशिल बनाउन आर्थिक विधेयक ल्याइएको बताउनुभयो । सभामा आर्थिक विधेयकको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डा.महतले आन्तरिक उत्पादन वृद्धि, किसानहरूको प्रोत्साहन र सुरक्षाका लागि भ्याट लगाइएको बताउनुभयो । अर्थमन्त्री महतले उत्पादनकर्ता तथा साना किसानहरूले मूल्य बजार…