सरकारले शुरु गर्याे विकास सहायता परिचालन नीतिको मस्यौदा निर्माण
आर्थिक परिवेश२३ पुष,काठमाडौं । सरकारले ‘विकास सहायता परिचालन नीति,२०८१’को मस्यौदा तयार पारेको छ । बदलिँदो राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिप्रेक्ष्यलाई दृष्टिगत गरी विकास सहायता व्यवस्थापनमा सुधार गर्ने उद्देश्यसहित विकास सहायता परिचालन नीति, २०८१ मस्यौदा तयार पारेको अर्थ मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय विकास साझेदारका प्राथमिकतामा आएको परिवर्तन, सहुलियतपूर्ण सहायतामा आएको गिरावट, निजी क्षेत्रको भूमिकाको महत्व, र सङ्घीय प्रणालीअन्तर्गत प्रदेश तथा स्थानीय तहमा महसुस भएको विकास सहायताको आवश्यकताअनुरुप नीति परिमार्जन हुन लागेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले विकास सहायता परिचालनको अनुभव, सिकाइका आधारमा यस क्षेत्रलाई व्यवस्थित, प्रभावकारी बनाउन र उपलब्ध अवसरलाई उपयोग गर्न नयाँ नीतिको मस्यौदा तयार पारेको हो ।…
नेपाली डायस्पोराको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन तथा बार्षिक साधारण सभा काठमाडौमा सम्पन्न
आर्थिक परिवेश१५ पुष,काठमाडौं । आफूले सिकेको ज्ञान र पुँजीलाई नेपालको आर्थिक विकासमा लगाउने र नयाँ पुस्ताका नेपाली डायस्पोरालाई नेपालसंग जोड्ने ५ बर्षे कार्ययोजना निर्माण लगायतका विभिन्न निर्णय गर्दै युनाइटेड नेपाली डायस्पोराको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन तथा बार्षिक साधारण सभा काठमाडौमा सम्पन्न भएको छ । सम्मेलनमा सहभागी विभिन्न देशबाट आएका प्रतिनिधिहरूले समानता, सहकार्य र समावेशीताका सिद्धान्तहरूमा आधारित रहेर विश्वव्यापी डायस्पोरालाई एकजुट गर्दै नेपाल र नेपालीहरूको हितका लागि काम गर्नु पर्नेमा जोड दिनु भएको थियो । साधारण सभाले अमेरिकाका सोनाम लामाको अध्यक्षतामा १४ सदस्यीय अन्तराष्ट्रिय कार्यसमिति समेत चयन गरेको छ । मध्यपूर्व र अफ्रिकाको उपाध्यक्षमा पासाड. रिन्जी शेर्पा युएई,एशियाको उपाध्यक्षमा त्रिलोक गुरुड….
परराष्ट्रमन्त्री राणा युरोपका केही देश र भारतको दुई हप्ता लामो भ्रमण सकेर स्वदेश फिर्ता
आर्थिक परिवेश०८ पुष , काठमाडाैं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा युरोपका केही देश र भारतको करिब दुई हप्ता लामो भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्किएपछि आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफूले युरोपमा महत्वपूर्ण भेटघाट तथा वार्ता गरेको र नेदरल्याण्डको हेगमा अवस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय मागका लागि आधारहरु प्रस्तुत गरेको जानकारी दिनुभयो । मन्त्री डा राणा गत मङ्सिर २२ मा युरोपतर्फ लाग्नुभएको थियो । उहाँको यो भ्रमणको मुख्य उद्देश्य जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट प्रस्तुती दिने रहेको थियो । मन्त्री डा राणाले आफू र आफ्नो…
वैदेशिक सहायता प्राप्तिमा उल्लेख्य वृद्धि : अर्थ मन्त्रालय
आर्थिक परिवेश०७ पुष, काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पुष पहिलो हप्तासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिवद्धता प्राप्त भएको हो । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा प्राप्त प्रतिवद्धता ५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा चालु आर्थिक वर्षमा प्राप्त प्रतिवद्धता २३७.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिनुभयो । प्रवक्ता भट्टराई अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिवद्धता १५३.१ प्रतिशतले र वैदेशिक ऋणको प्रतिवद्धता २८०.६ प्रतिशतले बढेको छ । त्यसैगरी चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त वैदेशिक…
क्षेत्रीय सहकार्यलाई बलियो बनाउन दुवै देशले समान रूपले योगदान दिनुपर्छ : विज्ञहरु
आर्थिक परिवेश०५ पुष नयाँदिल्ली (भारत) । दिगो विकासका लक्ष्य हासिल गर्न जलविद्युत्, पर्यटन, सूचना प्रविधिका क्षेत्रमा सहकार्य थप बलियो बनाउन नयाँ पहलको आवश्यकता औँल्याइएको छ । आजदेखि यहाँ सुरु नेपाल–भारत आर्थिक सम्मेलनमा वक्ताहरूले दक्षिण एसियाली क्षेत्रीय सहकार्यलाई थप सक्रिय तुल्याउँदै द्विपक्षीय साझेदारीलाई व्यवहारमा लागू गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभएको हो । सम्मेलनको ‘क्षेत्रीय सहकार्य’ विषयक सत्रका वक्ताले दक्षिण एसियाली सहकार्य, लगानी, व्यापार, र पूर्वाधार विकासका अवसर तथा चुनौतीका विषयमा महत्वपूर्ण धारणा राख्नुभयो । भारतका लागि नेपालका पूर्वराजदूत डा लोकराज बरालले दक्षिण एसियाली क्षेत्रीय सहकार्यमा कमी आएको र क्षेत्रीय सङ्गठन कमजोर बनेको धारणा व्यक्त गर्नुभयो । “सार्कले कुनै ठोस उपलब्धी…