समृद्ध बिम्स्टेक क्षेत्र निर्माणका लागि सहकार्य गर्न नेपाल सदैव प्रतिबद्ध : प्रधानमन्त्री शाह
आर्थिक परिवेश२३ जेठ, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास’ (बिम्स्टेक) लाई क्षेत्रीय सहयोगका लागि एक गतिशील मञ्चका रूपमा उल्लेख गर्दै यसले क्षेत्रको विविधता, जीवन्तता र साझा सम्भावनालाई प्रतिबिम्बित गर्ने बताउनु भएकाे छ। बिम्स्टेकको २९औँ वार्षिकोत्सवका अवसरमा आज जारी सन्देशमा उनले यातायात, व्यापार तथा डिजिटल सञ्जालमा सम्पर्क सुदृढ गरी अर्थतन्त्रहरूको अझ गहिरो एकीकरणलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा जोड दिनु भयाे । बिम्स्टेकको दीर्घकालीन शक्ति यसको जनतामा निहित रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले पर्यटन प्रवर्द्धन, युवा तथा उद्यमीहरूका लागि अवसर सिर्जना तथा जलवायु परिवर्तन र प्राकृतिक विपद्बाट उत्पन्न जोखिमप्रति प्रतिरोध क्षमता अभिवृद्धिका लागि थप प्रयास गर्न…
परराष्ट्रमन्त्री खनालले आजदेखि भारतको औपचारिक भ्रमण गर्नुहुँदै
आर्थिक परिवेश२२ जेठ, काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आजदेखि भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले भारत भ्रमण गर्न लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गरी परराष्ट्रमन्त्री खनालको औपचारिक भ्रमणआजदेखि सुरु भई आइतबार टुङ्गिने जनाएको छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नुहुने छ । व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने छन् । उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबिचको दीर्घकालीन तथा…
सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता
आर्थिक परिवेश२० जेठ,काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटपछि प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गर्नुभएको छ । साथै उहाँले सभापति लामिछानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने र उहाँको चाहनालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री मोदीले नेपाल ‘पहिलो छिमेकी’ नीतिअन्तर्गत एक प्राथमिक साझेदार राष्ट्र भएको र दुवै देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक उल्लेख गर्नुभएको छ । भेटका…
सिङ्गापुरको सन् २०२६ को आर्थिक वृद्धिदर बढायाे
आर्थिक परिवेश१३ जेठ, सिङ्गापुर, । सिङ्गापुरको सन् २०२६ को आर्थिक वृद्धिदर पूर्वानुमान बढाइएको छ । मलेसियास्थित इन्भेस्टमेन्ट बैङ्कले सन् २०२६ का लागि सिङ्गापुरको कुल गार्हस्थ उत्पादन वृद्धिदर ४.२ प्रतिशत हुने अनुमान गरेको छ, जुन पहिले ३.४ प्रतिशत थियो । यो सरकारी अनुमानित दुईदेखि चार प्रतिशतको दायराभन्दा माथि छ । कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी लगानीमा तीव्र वृद्धि, निर्माण क्षेत्रको मजबुत गतिविधि र सुरक्षित लगानीका रूपमा पुँजी प्रवाह बढेकाले सन् २०२७ को वृद्धिदर पूर्वानुमान ३.१ प्रतिशतमा पुरयाएको छ । संस्थाका अनुसार एआई प्रविधिमा ठुलो पुँजी लगानी, निर्माण क्षेत्रमा उछाल र सुरक्षित लगानीतर्फ बढ्दो आकर्षणले अर्थतन्त्रलाई मजबुत बनाएको छ । पश्चिम एसियामा जारी…
नेपालले सन्तुलित एवम् व्यवहारिक विदेश नीतिलाई निरन्तरता दिन्छ: प्रधानमन्त्री
आर्थिक परिवेश१२ जेठ,काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली सङ्घ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले त्यसताे प्रतिबद्धता जनाउनु भएकाे हाे । उहाँले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई जनताले सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको प्रधानमन्त्री शाहले बताउनुभयो । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट…