
मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै विद्युत्
आर्थिक परिवेश३० चैत्र, तनहुँ। जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो । लामो समयदेखि सुख्यायाम हुँदा नदीमा पानीको बहाव कमि भएकाले उत्पादन ह्वात्तै घटेको केन्द्रका प्रमुख इञ्जीनीयर पशुपति गौतमले बताउनुभयो । गौतमले भन्नुभयो, “यस वर्षको हिउँदमा पानी परेन्, लामो खटेरीले गर्दा विद्युत् उत्पादन घटेर ४० प्रतिशत झरेको छ ।” हाल ४० मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा लामो खडेरी गर्दा ३१ मेगावाट पुगेको गौतमले जानकारी दिनुभयो । केन्द्रमा २३/२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । यो केन्द्र…

डेडिकेटेड फिडर र ट्रङ्क लाइनको बक्यौता उठाउन प्राधिकरणलाई आयोगकाे निर्देशन
आर्थिक परिवेश२९ चैत्र काठमाडाैँ । विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड फिडर र ट्रङ्क लाइनको बक्यौता उठाउने प्रक्रिया पुनः अघि बढाउन निर्देशन दिएको छ । आयोगले सर्वोच्च अदालतको अन्तरिम आदेशको मर्मलाई आत्मसाथ गरी आयोगले दिएको २०८१ कात्तिक १४ गते दिएको निर्देशनअनुसार नै प्राधिकरणले बक्यौता असुलीको प्रक्रिया अघि बढाउन भनेको हो । २०८१ कात्तिक १४ गतेको निर्देशनमा आयोगले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड फिडर र ट्रङ्क लाइनको बक्यौताको हकमा सम्बन्धित उपभोक्ताबाट आवधिक रुपमा असुल तथा फरफारक गर्न निर्देशन दिएको थियो । त्यसका लागि आयोगले विद्युत् प्राधिकरणबाटै उपयुक्त अनुपातमा रकम तोकिदिने र यसअघि महसुल नबुझाएको कारणबाट लाइन काटेको भएता पनि सम्बन्धित ग्राहकले त्यस्तो आवधिक…

डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बाँकी बक्यौता रकम यकीन गरेर तत्काल उठाउन निर्देशन
आर्थिक परिवेश२७ चैत्र, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योगहरूसँग रहेकाे ‘डेडिकेटेड फिडर र ट्रङ्कलाइन’को बाँकी बक्यौता रकम यकीन गरेर तत्काल उठाउन निर्देशन दिनुभएको छ । ऊर्जा मन्त्रालयमा आज मन्त्रालयका सचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर बक्यौता उठाउन निर्देशन दिनुभएको हो । विसं २०७३ माघदेखि २०७५ वैशाखसम्म विभिन्न उद्योगलाई ट्रङ्कलाइन र डेडिकेटेड लाइनमार्फत विद्युत् उपलब्ध गराएको र सोको महसुलसम्बन्धी विवाद रहँदै आएको छ ऊर्जा मन्त्री खड्काले विद्युत् महसुल विवाद समाधान गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा बाँकी बक्यौता…

पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लियाे
आर्थिक परिवेश२२ चैत्र, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्वार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उहाँलाई सहकारीको रकम ठगी गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेसँगै प्रहरीले नियन्त्रणमा लिएकाे हाे । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोलीले नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार लामिछानेलाई काठमाडौँको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट नियन्त्रणमा लिइएको हो । सङ्गठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले पुर्पक्षका लागी थुनामा पठाउन आदेश…

रुपन्देहीको तिलोत्तमामा हुलास स्टील इण्डष्ट्रिज सञ्चालनमा
आर्थिक परिवेश२१ चैत्र, रुपन्देही । पछिल्लो समयमा नेपालमा औद्योगिक वातावरण नभएको गुनासो बढिरहेकै समयमा नेपालको औद्योगिक घराना हुलास स्टील इण्डष्ट्रिज लि.ले रुपन्देहीको तिलोत्तमामा नेपालकै पहिलो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । जस्तापाता लगायत स्टिलजन्य वस्तुहरू उत्पादन गर्दै आएको हुलास उद्योगले तिलोत्तमा नगरपालिका–७ मंगलापुरमा तीन करोड लगानीमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । सर्भिस सेन्टरमा हुलास स्टिलका एच स्पान र हुलास हेरिटेज सीट उत्पादन र विक्री वितरण हुने कम्पनीका चिफ फाइनान्स अफिसर सुनिल मनोत जैनले बताउनुभयो । सर्भिस सेन्टरबाट उपभोक्ताले चाहेको साइज र परिमाण ६ घण्टाभित्र डेलिभरी पाउने उहाँले दाबी गर्नुभयो । रुपन्देहीमा उत्पादन हुने एच स्पान र हुलास हेरिटेज सिटको मूल्य…