फागुनसम्म ७ लाख ४५ हजार ४३५ जना बेरोजगार सूचीकृत
आर्थिक परिवेश१५ जेठ, काठमाडौँ । सरकारद्वारा सञ्चालित ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ मा चालु आर्थिक वर्षको फागुनसम्म सात लाख ४५ हजार ४३५ जना बेरोजगार व्यक्ति सूचीकृत भएका छन् । सरकारको चालु आर्थिक सर्वेक्षण अनुसार आव २०८१/८२ मा ७३६ स्थानीय तहका सात लाख ९७ हजार ७२५ बेरोजगार व्यक्ति सूचीकृत भएका उल्लेख छ । तीमध्ये ५५ हजार १५१ जनाले औसत ७१ दशमलव ७८ दिनको रोजगारी प्राप्त गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा औसत रोजगारी दिनमा बागमती प्रदेशभित्रका स्थानीय तहले सबैभन्दा बढी ८० दिन र मधेस प्रदेशका स्थानीय तहले सबैभन्दा कम ४९ दशमलव १४ दिन रोजगारी प्रदान गरेका छन् ।
सरकार बन्द सबै उद्योग सञ्चालन गर्ने तयारीमा : उद्योगमन्त्री
आर्थिक परिवेश१० जेठ, हेटौँडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटसँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षण गर्नुभएको छ । कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको उक्त सिमेन्ट उद्योगको अवस्था बुझ्न मन्त्री यादवले आज उद्योगको निरीक्षणसँगै व्यवस्थापन र कर्मचारीहरूसँग छलफलसमेत गर्नुभएको छ । उद्योग निरीक्षणपश्चात् आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले सरकारको स्वामित्वमा रहेको सिमेन्ट उद्योग बन्द हुनु अत्यन्तै दुःखद् भएको बताउनुहुँदै सरकार बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो । “हेटौँडा सिमेन्ट उद्योग नियमित रूपमा कसरी सञ्चालन गर्न सकिन्छ, त्यस विषयमा हामीले अध्ययन गरिरहेका छौँ”, मन्त्री यादवले भन्नुभयो,…
स्वदेशी उत्पादनको प्रयोगलाई प्रवर्द्धन गर्न कृर्षि मन्त्रीकाे अनुराेध
आर्थिक परिवेश०३ जेठ, काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले स्वदेशी उत्पादनको प्रयोगलाई प्रवर्द्धन गर्न सबैलाई आग्रह गर्नु भएकाे छ । शनिबार मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले आम उपभोक्तादेखि उच्च ओहदामा रहेका व्यक्ति सबैले स्वदेशी वस्तुको उपयोगमा जोड दिनुपर्ने बताउदै आफूले पनि दुग्ध विकास संस्थान (डिडिसी) का दुग्धजन्य वस्तुसहित स्वदेशी उत्पादन प्रयोगमा दिन थालेको बताउनु भयाे । मन्त्री चौधरीले स्वदेशी उत्पादनको प्रयोगले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयाे । ‘आन्तरिक उत्पादन वृद्धि र तिनको उपभोगमार्फत राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन आवश्यक छ’, उहाँले भन्नु भयाे , ‘त्यसैले स्वदेशी उत्पादनलाई माया गरौँ र प्रयोग…
हाइड्रोजन ग्यास उत्पादन गरी खाना पकाउन शुरु
आर्थिक परिवेश०२ जेठ, बागलुङ। बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ । खेर गइरहेको विद्युत् र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चुलो बाल्न थालिएको हो । नमूना परियोजनाका रूपमा तीन वर्षअघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको जनाइएको छ । परियोजनाअन्तर्गत उत्पादन गरिएको ग्यासबाट चुलो बालेर सजिलै खाना पकाउन सकिने देखिएको छ । त्रिभुवन विश्वविद्यालयसहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो । परियोजनाले अब हाइड्रोजन…
नेपालको विद्युत् जडित क्षमता ४३ सय मेगावाट
आर्थिक परिवेश२६ बैशाख , काठमाडौँ । नेपालको कूल ऊर्जा जडित क्षमता ४ हजार २९६ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युत्का आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादितबाहेक ४ हजार २९६ मेगावाट क्षमता निर्धारण भएको हो । चालु आर्थिक वर्षको अन्त्यसम्म कूल जडित क्षमता ४ हजार ५०० मेगावाटभन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ । हाल निर्माणको क्रममा तीन हजार मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ । हालसम्म…