नयाँ बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयले ३७ बुँदे मार्ग निर्देशन जारी गर्याे
आर्थिक परिवेश०४ साउन काठमाण्डाै । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले ३७ बुँदे मार्गनिर्देशन जारी गरेको छ। सोमबार अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले जारी गरेको मार्गदर्शनमा आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ। विनियोजन ऐन, २०८३ तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्वसम्बन्धी कानुनको पूर्ण परिपालना गर्न अर्थ मन्त्रालयले सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ। मार्गनिर्देशमा इन्धन, मसलन्द, गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाउन भनिएको छ। त्यस्तै, कार्यालय सञ्चालनका लागि सरकारी भवनकै प्रयोगलाई प्राथमिकता दिन निर्देशन दिइएको छ। यसैगरी, सार्वजनिक खर्चलाई…
राजनीतिक अभिष्ट राखेर गभर्नरलाई निजामती कर्मचारी जस्तै चलाउन खाेज्न हुदैन : अर्थमन्त्री
आर्थिक परिवेश२ साउन, काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राजनीतिक अभिष्ट राखेर गभर्नरलाई निजामती कर्मचारीजस्तै चलाउन खाेज्न नहुने बताउनु भएको छ । प्रतिनिधिसभाको अर्थ समितिले सिंहदरबारमा आयोजना गरेको नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिकाे प्रारम्भिक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा वाग्लेले राष्ट्र बैङ्कको गभर्नरलाई राजनीतिक हस्तक्षेप गरेको खण्डमा घातक परिणाम आउने बताउनु भयो । “नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ मा यसले धेरै राम्रा पक्षहरू समेटेको र गभर्नरको नियुक्तिलाई पनि स्थायी स्वरूपको बनाएको छ,” उहाँले भन्नुभयो, । “राजनीतिक अभिष्ट साँधेर गभर्नरलाई पनि निजामती कर्मचारी जस्तै कहिले एउटा कार्यालय, कहिले अर्को कार्यालयमा सरुवा वा निकाल्ने काम गर्नुहुँदैन । राष्ट्र बैङ्क…
गत बर्ष पूँजीगत खर्च ४६.७९ प्रतिशतमा सीमित राजस्व संकलन समेत कम
आर्थिक परिवेश१ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारले गरेकाे कुल बजेट विनियोजनको आधा पनि विकास खर्च हुन नसकेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको ३२ असारसम्मको तथ्यांक अनुसार पूँजीगत खर्च ४६.७९ प्रतिशतमात्र भएकाे छ । यस अवधीमा कुल खर्च भने लक्ष्यको ८०.५५ प्रतिशत मात्र भएको छ । ३२ साउनसम्म १५ खर्ब ८२ अर्ब १६ करोड रुपैयाँ मात्र बजेट खर्च सम्भव भएको छ । यस आवमा सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड पूँजीगत खर्चको लक्ष्य राखेको थियो । तर, आर्थिक वर्षको अन्तिम दिनसम्म १ खर्ब ९० अर्ब ८४ करोड रुपैयाँ मात्र विकास खर्च भएको महालेखाको तथ्यांकले देखाएको छ…
महिला उद्यमशीलता विकासका लागि सहयाेग गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
आर्थिक परिवेश३२ असार, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक कुनै पनि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीसँग भएको बृहत् छलफलमा प्रधानमन्त्री शाहले महिला उद्यमीहरूका सबै व्यवधान हटाउन सरकार जुटिरहेको र उत्पादित वस्तुहरू हरेक पर्यटकीय स्थलहरूमा प्रवर्द्धन गर्ने वातावरण मिलाउने जानकारी गराउनुभयो। छलफलमा महासङ्घका प्रतिनिधिज्यूहरूले निर्धक्कसँग काम गर्न सक्ने व्यवसायमैत्री वातावरण, वस्तु तथा सेवालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम व्यापार मेला, प्रदर्शनी, बि टु बी (बिजनेस म्याचिङ) एवं निर्यात प्रवर्द्धनमा अनिवार्य सहभागिताको माग गर्नुभयो। महासङ्घले ल्याएको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गराउन गरिएको आग्रहलाई…
एघार महिनामा मुल्य वृद्धि दाेब्बर : नेपाल राष्ट्र बैंक
आर्थिक परिवेश३० असार, काठमाडौं । चालु आर्थिक बर्षकाे ११ महिनामा अघिल्लो वर्षको तुलनामा यस वर्ष जेठमा महँगी झन्डै दोब्बर बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति २.७२ प्रतिशतमात्र थियो । आर्थिक बर्ष २०८२/८३ को ११ महिनाको औसत मुद्रास्फीति भने २.८९ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्ष सोही अवधिमा औसत मुद्रास्फीति ४.२४ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको तुलनामा गैरखाद्य तथा सेवा समूहको महँगी बढी देखिएको छ । राष्ट्र बैंकका अनुसार खाद्य तथा…