एघार महिनामा मुल्य वृद्धि दाेब्बर : नेपाल राष्ट्र बैंक
आर्थिक परिवेश

३० असार, काठमाडौं ।   चालु आर्थिक बर्षकाे  ११ महिनामा अघिल्लो वर्षको तुलनामा यस वर्ष जेठमा महँगी झन्डै दोब्बर बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति २.७२ प्रतिशतमात्र थियो । आर्थिक बर्ष २०८२/८३ को ११ महिनाको औसत मुद्रास्फीति भने २.८९ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्ष सोही अवधिमा औसत मुद्रास्फीति ४.२४ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको तुलनामा गैरखाद्य तथा सेवा समूहको महँगी बढी देखिएको छ । राष्ट्र बैंकका अनुसार खाद्य तथा…

बैङ्क तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्न निर्देशन
आर्थिक परिवेश

२७ असार, काठमाडौँ ।   नेपाल राष्ट्र बैंकअन्तर्गतको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले बैङ्क तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाएर २०८३  पुस मसान्तसम्ममा लागू गर्नुपर्ने निर्देशन दिएको छ । राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैङ्क, ‘ख’ वर्गका विकास बैङ्क र  ‘ग’ वर्गका फाइनान्स कम्पनीहरूलाई शुक्रबार जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा परिमार्जन गरेर निष्क्रिय खाता न्यूनीकरण गर्नेतर्फ आवश्यक काम अघि बढाउन निर्देशन दिएको हो । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थामा रहेका सक्रिय खाता निष्क्रिय हुनु पूर्व फोन, एसएमएस र इमेललगायतका माध्यमबाट ग्राहकलाई नियमित रूपमा जानकारी गराउने व्यवस्था गर्न…

बजेट खर्चमा पुरानै पारा पूँजीगत खर्चकाे दयनीय अवस्था
आर्थिक परिवेश

२६ असार, काठमाण्डाै । नेपालमा आर्थिक वर्षको अन्तिम समय असारमा आएर विकासे पैसा खर्च गर्ने परम्परालाइ वर्तमान सरकारले पनि निरन्तरता दिएको छ । चालु बजेट ३–३ जना अर्थमन्त्रीले खर्च गर्दा समेत चालु आर्थिक वर्ष २०८२–८३ बजेट हालसम्म जम्मा ७९.०४ प्रतिशत मात्र खर्च भएको छ । चालु अार्थिक बर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँको बजेट ल्याउनु भएकाे थियाे । जुन बजेट पूर्वअर्थ सचिव समेत रहनु भएका अर्थमन्त्री रामेश्वर खनालले र त्यसपछि अर्थमन्त्री बन्नु भएका अर्थ विज्ञ डा. स्वर्णिम वाग्लेले समेत बजेट खर्च गर्नु भएकाे छ । तर पनि यस अवधीमा बजेट खर्च भने १२…

प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल
आर्थिक परिवेश

२४ असार, काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने बताउनु भयाे । उहाँले लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक…

आर्थिक वृद्धिमा सघाउने गरी लचिलो मौद्रिक नीति
आर्थिक परिवेश

२४असार, काठमाडौं ।   नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह विस्तार गरी आर्थिक वृद्धिमा सघाउ पुर्‍याउने  लक्ष्य सहित आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मंगलवार  ६० औँ मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै आर्थिक वृद्धिमा सघाउन लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताउनुभयो । गभर्नर डा पौडेलले मौद्रिक नीतिको कार्यान्वयनले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार हुने र मुद्रास्फीति ५ दशमलव ५ प्रतिशतमा सीमित रहने बताउनुभयो । गभर्नर डा. पौडेलले सरकारले ल्याएको बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स, पर्यटन आय, सार्वजनिक खर्च आदिले…