विदेशी लगानीका लागि उपयुक्त आधार बनेको छ अर्थमन्त्री
आर्थिक परिवेश१७ असार,काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले गत वैशाखमा सम्पन्न तेश्रो लगानी सम्मेलनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त आधार रहेको सन्देश दिएको बताएका छन् । प्रतिनिधिसभामा सोमबार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लगानी सम्मेलन सफल भएको बताउनु भयाे । उहाँले लगानी सहजीकरणका लागि कानून संशोधन भएको, इनभेष्टमेन्ट गाइड तथा सेक्टोरल प्रोफाइलहरु तयार भएका, सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न विभिन्न क्षेत्रका १ सय ५० भन्दा बढी आयोजनाहरु प्रस्तुत गरिएको, १९ वटा परियोजनाको इओआई आव्हान गरिएको तथा परियोजना बैंकलाई अध्यावधिक गरिएको जानकारी दिए । निजी क्षेत्रका छाता संगठनहरुको समेत सहआयोजनामा सम्पन्न सम्मेलनले निजी क्षेत्रको…
लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित
आर्थिक परिवेश१७ असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको उक्त विधेयक बहुमतले पारित गरिएको हो । सरकारले गत वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गरेको थियो । सरकारले लगानीसम्बन्धी नीतिगत सुधार गरेको तथा कानुन परिमार्जन गरेको प्रत्याभूति दिलाउन सम्मेलनलाई लक्षित गर्दै अध्यादेशमार्फत विधेयक ल्याएको थियो । विधेयकमार्फत स्टार्टअप उद्योगको दर्ता, विदेशी लगानी तथा प्रविधि हस्तान्तरणमा स्पष्टता, उद्योग सञ्चालनको म्याद थपसम्बन्धी व्यवस्था, करारमा वस्तु उत्पादन गर्ने विषयलगायत व्यवस्थालाई संशोधन र परिमार्जन गर्न खोजिएको छ । यस्तै विशेष आर्थिक क्षेत्रका…
आगामी आर्थिक बर्षकाे बजेटकाे अंगकाे रूपमा रहेकाे आर्थिक विधेयक पारित
आर्थिक परिवेश१६ असार, काठमाडौँ । आगामी आर्थिक बर्षकाे बजेटकाे अंगकाे रूपमा रहेकाे आर्थिक विधेयक, २०८१ प्रतिनिधिसभाकाे अाइतवारकाे बैठकबाट पारित भएको छ । सभाको आइतवारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । उक्त विधेयक माथिको छलफलमा सांसदहरु प्रेम सुवाल, डा प्रकाशशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिनुभएको थियो । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताउनुभयो । त्यसअघि उक्त विधेयकमाथि सांसद सुवाल र महतले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
नेपालमै पहिलोपटक रोबोटिककाे प्रयाेग गरी सफल अपरेसन सम्पन्न (भिडियो संगै)
आर्थिक परिवेश१६ असार, काठमाडौं । ललितपुरको बिएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी सम्पन्न भएको छ । त्यस अस्पतालमा एकै दिनमा तीनवटा रोबोटिक सर्जरी भएको बिएण्डबी अस्पतालले जनाएकाे छ । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्माले नेपालमा पहिलोपटक रोबोटबाट ३ जना महिलाहरूको एकैदिन शल्यक्रिया सर्जरी सम्पन्न भएको हाे । ल्याप्रोस्कोपिक सर्जन तथा आइभिएफ विशेषज्ञसमेत रहेकी शर्माले रोबोटक प्रक्रियाबाट एकजना ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिष्ट र अर्की ३४ वर्षकी एक महिलाको पाठेघरको ट्युमर निकाल्नु भएकाे हाे । नेपालमा पहिलोपटक रोबोटिक सर्जरी भइरहँदा भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डाक्टर लीना मेहरोटाले स्क्रिन सेयर गरेर अनुगमन गरिरहनु…
असार १५ मानाे राेपेर मुरी फलाउने दिन : फाेटाे फिचर
आर्थिक परिवेश१५ असार, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार चितवनमा असार १५ काे अवसरमा विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनु भएकाे छ । त्यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले धान खेतिकाे महत्वका वारेमा चर्चा गर्दै धानकाे उत्पादनका अतिरिक्त अन्य खाद्यवालिहरूमा समेत देश अात्मर्निभर हुनु पर्नेमा जाेड दिनु भयाे । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा शनिवार आयोजित चितवनकाे कार्यक्रममा धान रोप्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल तथा अन्य तस्वीरहरू फाेटाे फिचर तस्बिर : प्रदीपराज वन्त /प्रधानमन्त्रीको सचिवालय