एमसीसी उपाध्यक्ष ब्रुक्सद्वारा अर्थमन्त्री पुनसँग भेट
आर्थिक परिवेश२२ जेठ, काठमाडाैं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेट गर्नु भएकाे छ । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयउका तर्फबाट गर्नुपर्ने काममा आवश्यक सहयोग र समन्वय हुने उल्लेख गर्नु भयाे । एमसीसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्डखण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको उनको भनाइ थियो । परियोजना कार्यान्वयनका क्रममा आउने जमिनको मुआब्जा, वन क्षेत्रको प्रयोगजस्ता समस्या एमसीए नेपालमार्फत…
सुनकाे मुल्यमा उच्च वृद्धि नयाँ रेर्कड कायम
आर्थिक परिवेश२२ जेठ, काठमाडौं । नेपाली बजारमा मंगलवार सुनकाे मूल्य तोलामा एक हजार सात सय रूपैयाले वृद्धि भएर नयाँ रेर्कड कायम भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४१ हजार मूल्यमा कारोबार भएकामा सोही परिमाणको सुन आज रु एक लाख ४२ हजार सात सयमा किनबेच भएको छ । यसैगरी, तेजाबी सुन सोमबार प्रतितोला एक लाख ४० हजार तीन सयमा कारोबार भएकामा आज त्यति नै तौलको तेजाबी सुनको मूल्य एक लाख ४२ हजार निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा २५ ले वृद्धि भएको छ । सोमबार प्रतितोला एक हजार आठ सय ३५ मा एक…
बजेटकाे छलफल शुरू, संशोधन नहुने हो भने संसदमा छलफल गर्नुको अर्थ रहँदैन : सांसदहरू
आर्थिक परिवेश२० जेठ,काठमाडौँ । प्रतिनिधिसभाको आइतवारकाे को बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल शुरू भएकाे छ । क्रममा सांसदहरुले बजेटमा संशोधन नहुने हो भने संसदमा छलफल गर्नुको अर्थ नरहने धारणा राख्नुभएको छ । बैठकमा बोल्नुहुँदै सांसद श्यामकुमार घिमिरेले बजेटमा संशोधन नहुने हो भने संसदमा छलफल गर्नुको अर्थ नहुने बताउनुभयो । “बजेटले कुनैपनि संशोधन गर्न सक्दैनौ भने हप्तौ लगाएर छलफल गर्नुको अर्थ छैन । कि त कानुन संशोधन गरौं कि त बजेट प्रस्तुत गरेपछि सिधै निर्णयार्थ प्रस्तुत गर्ने व्यवस्था गरौँ” उहाँले भन्नुभयो । पछिल्ला वर्षहरुमा सार्वजनिक ऋण अत्यधिक बढेको उल्लेख गर्नुहुँदै सांसद घिमिरेले…
भाेलीदेखि संसदमा आगामी आर्थिक बर्ष २०८१।०८२ काे बजेटकाे छलफल शुरू हुने
आर्थिक परिवेश१९ जेठ, काठमाडाैं । आगामी आर्थिक बर्ष २०८१।०८२ का लागि सरकारद्धारा संसदमा प्रस्ततु बजेट माथि आइतवारबाट छलफल हुने भएको छ । अर्थमन्त्री बर्षमान पुनले आइतवारको बैठकमा बजेट माथि छलफल गरियोस भन्ने प्रस्ताव राख्नु हुने संभावित कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ । आइतवार अर्थमन्त्रीले संसदका दुबै सदनमा आगामी आर्थिक बर्ष २०८१।०८२ का लागि सरकारद्धारा संसदमा प्रस्ततु बजेट टेवुल गर्नु भै समान्य छलपफलका लागि स्वीकिर्ती माग गर्नु हुनेछ । संघीय सरकारले आगामी आर्थिक बर्ष २०८१।०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैया बराबरको बार्षिक आयव्यवको विवरण बजेट ल्याएको थियो । जेठ १५ गतेसंसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट…
बजेट सकारात्मक नीतिगत सुधार र स्थायित्वका लागि विशेष योजना बन्ने विश्वास : महासंघ
आर्थिक परिवेश१८ जेठ, काठमाडौ । नेपाल उदयाेग बाणिज्य महासंघले अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त वैठकमा आर्थिक बर्ष २०८१।८२ को बजेट मार्फत नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धतालाई अाउनु सकारात्मक भएको बताएकाे छ । महासंघले २०८० असोज २५ गते वृहद आर्थिक बहस आयोजना गरि पहिलोपटक विद्यमान आर्थिक सुधार एवं दीर्घकालीन बिकासका लागि नयाँ चरणको आर्थिक सुधार कार्यक्रम लागु गर्न आयोग गठन गर्न माग प्रस्तुत गर्दै यसका लागि निरन्तर पैरवी गरिरहेको थियो । उक्त आयोगमा निजी क्षेत्रको समेत सहभागिता भै नीतिगत सुधार र स्थायित्वका लागि विशेष योजना बन्ने विश्वास महासंघले लिएको छ । यसैगरि महासंघको प्रवद्र्धनमा साना व्यवसायी समेतको…