नेपाल र स्विट्जरल्यान्ड बीच हवाई सेवा सम्झौता
आर्थिक परिवेश२७ माघ, काठमाडौं । नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच हवाई सेवा सम्झौता भएको हो । मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेले दुवै मुलुकबीच सातामा २८ वटा उडान हुनेगरी हवाई सेवा सम्झौता भएको बताउनुभयो । उहाँका अनुसार ती उडानमध्ये काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढीमा १४ वटा र बाँकी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नुपर्नेछ । द्विपक्षीय हवाई सम्झौतामा दुवै देशका एयरलाइन्सलाई उडान गर्न तोकिएको छ । “अहिलेलाई दुई–दुई वटा एयरलाइन्स तोकिएका छन्, आवश्यकताअनुसार थप्न सकिने प्रावधान छ ।…
नेपाल एयरलाइन्सको वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा फर्कियाे
आर्थिक परिवेश०४ माघ, काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ । गत सोमबारदेखि ग्राउण्डेड उक्त जहाजको प्राविधिक मर्मतपछि आजदेखि नियमित उडानमा आएको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार गत सोमबार काठमाडौँ–दोहा उडानको तयारीमा रहेको उक्त जहाजको ‘फ्लाइट कन्ट्रोल सेन्सर’मा समस्या देखिएपछि ग्राउन्डेड भएको थियो । जहाजको आवश्यक पार्टपुर्जा बेलायतबाट ल्याएर मर्मत गरिएको हो । वाइडबडी जहाज मर्मतपछि अपराह्न ४ बजे दुई सय ६७ यात्रु लिएर दुबईका लागि उडेको निगमका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । निगमको अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी र दुई थान वाइड बडी जहाज छन् । तीमध्ये एक…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत हवाई यात्रुको सङ्ख्या नौ प्रतिशतले बढ्याे
आर्थिक परिवेश२८पुष, काठमाडौँ । मुलुकको जेठाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाई यात्रा गरेका छन् । सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाई यात्रा गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । कूल यात्रु आवागमन ९आन्तरिक र अन्तर्राष्ट्रिय० पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ । कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार नौ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाई…
काठमाण्डौ संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यका रुपमा घोषणा
आर्थिक परिवेश२८ पुष, काठमाण्डाै । नेपालकाे राजधानी काठमाण्डौलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यका रुपमा घोषणा गरिएकाे छ । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ट्रिप एडभाइजरले विश्वका १० उत्कृष्ट गन्तव्य, प्राकृतिक गन्तव्य, ट्रेन्डिङ गन्तव्य, सांस्कृतिक गन्तव्य, खाना गन्तव्य, हनिमुन गन्तव्य र दिगो गन्तव्य गरी सातवटा वर्ग छुट्याएर सूची सार्वजनिक गरेको छ । जसअनुसार काठमाण्डौ विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये एक नम्बरमा र विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये २४औँ नम्बरमा परेको छ । ट्रिप एडभाइजरले विश्वभर यात्रा सहजीकरण गर्दै बुकिङ, गन्तव्य छनाेट र योजना बनाउन सहयोग गर्दै आएको छ । विश्वप्रसिद्ध ट्राभल वेबसाइटमा काठमाण्डौ उत्कृष्ट प्राकृतिक गन्तव्यको सूूचीमा परेपछि नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास छ ।…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा ८ लाख ८३ हजार स्वदेशी तथा विदेशीले ओहोरदोहोर गरे
आर्थिक परिवेश१७पुष, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा ८ लाख ८३ हजार स्वदेशी तथा विदेशी पर्यटक ओहोरदोहोर गर्नु भएको छ । गत पुष महिनाको १७ गतेबाट स्थान्तरण गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुला हवाई जहाज उडान भएको अवस्थामा एक वर्षमा ८ लाख ८३ हजार ५ सय ३६ जना स्वदेशी तथा विदेशी पर्यटक ओहोरदोहोर गर्नु भएको नेपाल नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षको अन्तरालमा १५ हजार ७ सय ८० वटा हवाई उडान भएसँगै उक्त सङ्ख्यामा पर्यटक ओहोरदोहोर गर्नु भएको नेपाल नागरिक उड्डयन कार्यालय पोखराका प्रवक्ता जशोधा सुवेदीले बताउनु भयो । उहाँका अनुसार एक वर्षमा पोखरामा पोखरा…