एसियाली विकास बैङ्कले १६ अर्ब ६० करोड रूपैयाको वित्तीय सहायता उपलब्ध गराउने
आर्थिक परिवेश२८ मंसिर, काठमाडौँ । नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापन सुधार परियोजना कार्यान्वयन गर्न एसियाली विकास बैङ्क (एडिबी)ले १६ अर्ब ६० करोड रूपैयाको वित्तीय सहायता उपलब्ध गराउने भएको छ । पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन देवदह, लुम्बिनी सांस्कृतिक, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका साथै जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकाको आर्थिक वृद्धिमा सघाउन उक्त वित्तीय ‘प्याकेज’ एडिबीले आज स्वीकृत गरेको हो । बैङ्कको प्रधान कार्यालय मनिलाबाट आज जारी प्रेस विज्ञप्तिअनुसार जलवायु एवं प्रकोप प्रतिरोधी सहरहरू निर्माण गरी नेपालको स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन र दिगो आर्थिक विकास गर्ने नेपालको सरकारको रणनीतिमा सघाउन उक्त प्याकेज स्वीकृत…
हिमालय एयरलाइन्सले शुरू गरयाे काठमाडाैदेखि चीनको साङ्घाई सिधा उडान
आर्थिक परिवेश१६ मंसिर, काठमाडौँ । विदेशी लगानीकाे नेपाली एयरलाइन्स हिमालय एयरलाइन्सले काठमाडाैदेखि चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठुलो अार्थिक राजधानी शहर साङ्घाईमा शनिवारदेखि नियमित उडान प्रारम्भ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिवार विहान ९ः२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज साङ्घाई उडेको हो । उक्त जहाज साङ्घाईबाट यात्रु लिएर आज राति नौ बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ । काठमाडौँ-साङघाई उडान पाँच घण्टा २० मिनेटको हुनेछ । हरेक शनिबार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ । साङ्घाईमा हिमालय एयरलाइन्सको यो पहिलो उडान हो । योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न…
११ महिनामा नेपालमा पर्यटककाे आगमन ९ लाख नाघ्याे
आर्थिक परिवेश१६ मंसिर, काठमाडौं । नेपालमा सन् २०२३ को ११ महिनाको अवधिमा पर्यटक आगमन ९ लाख नाघेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा कुल ९ लाख १८ हजार ३०८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । पछिल्लो दुई महिनायता मासिक १ लाख भन्दा माथि पर्यटक आगमन हुँदा समग्र आगमन संख्यामा उत्साहजनक वृद्धि भएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार नोभेम्बरमा मात्र १ लाख ८ हजार ६३० जना पर्यटकले नेपाल भ्रमण गरे । यसअघि अक्टोवर महिनामा १ लाख १७ हजार ३०६ जनाले नेपाल भ्रमण गरेका थिए । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बर २०२३ मा सबैभन्दा धेरै भारतीय…
विराटनगरमा शुरू भयाे नेपालकै पहिलाे गाँउवेशी नमूना कृषि फर्म
आर्थिक परिवेश०८ मंसीर,विराटनगर । कृषि कर्म सहित नेपाली मौलिक परम्पराकाे जगेर्ना गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मोरङको कटहरी गाउँपालिकामा गाँउवेसी नमूना कृषि फर्म सञ्चालनमा आएको छ । विराटनगरका कानुनी व्यवसायीहरूले करिब १५ करोडको लागतमा फर्म सञ्चालनमा ल्याएका हुन । फर्मको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रवार उद्घाटन गर्नुभएकाे छ । लोप हुँदै गएको मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्दै नेपालका ७७ जिल्लाका रैथाने परम्परा संस्कृतिलाई जोडने गरी कृषि फर्म सञ्चालनमा ल्याइएको फर्मका सञ्चालक भरतबहादुर थापाले बताउनु भयो । कृषिलाई आधार मानेर आठ बिघा क्षेत्रफलमा फैलिएको सो फर्ममा माछापालन, पशुपालन, वोटानिकल गार्डेन, कृषि बालीकाे उत्पादन गरिने छ । साथै फर्ममा परम्परागत कृषि…
कोरला नाका खुले पछि स्थानीय बासिन्दालाई आवतजावत सहज
आर्थिक परिवेश२८ कार्तिक, काठमाडौं । काेराेला नाका संचालनसंगै मुस्ताङका सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवतजावत गर्न पाउने भएका छन् । चार वर्षपछि खुलेको कोरला नाकाबाट मुस्ताङका सबै पाँच वटै स्थानीय तहका बासिन्दालाई आवतजावत गर्न दिने दुई देशका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुबीच सोमबार सहमति भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले जानकारी दिनुभयाे । यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो। ‘कोरला नाकाको उद्घाटनपछि भएको बैठकमा हामी (नेपाल) पक्षबाट मुस्ताङका सबै बासिन्दालाई कोरला नाकामा सिमापारको अनुमतिको व्यवस्था गर्न प्रस्ताव गरेका थियौ,’ उहाँले जानकारी…