नेपाल एयरले दक्षिण कोरियामा उडान गर्ने,महिला विमान चालकले पहिलो अन्तर्राष्ट्रिय उडान गरे
आर्थिक परिवेश

२१ फागुन,काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने तयारी अघि बढाएकाे छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक) इञ्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको छ । समितिमा निगमको सेफ्टी, इञ्जिनियरिङलगायत विभागको प्रतिनिधित्व छ । दक्षिण कोरियामा सिधा उडान सञ्चालनार्थ सेफ्टी अडिट गर्नका लागि समिति गठन गरिएको हो । “उडानका लागि दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्यान्ड, इन्फास्ट्रक्चर अफ एन्ड ट्रान्सपोर्ट (मोलिट) अन्तर्गतको सिभिल एभिएसन अथोरिटीले अडिट गर्नुपर्ने हुन्छ,…

स्थगित उडान जजीरा एयरवेजले फागुन २५ गतेदेखि गर्ने
आर्थिक परिवेश

 १७ फागुन,काठमाडाैं ।  कुबेतको  जजीरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्धारित उडानहरु पुनः शुरु गर्ने घोषणा गरेको छ । एयवरेजले आगामी फागुन २५ गतेदेखि सातामा भैरहवाबाट कुवतेसम्मको लागि ३ वटा उडान गर्ने जनाएको छ । जजीराले भैरहवाबाट कुबेतको लागी मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ भने कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ । साथै जजीरा एयरवेजले भैरहवादेखि कुवेतसम्म एकतर्फी भाडा २८ हजार ८ सय ३६ रुपैयाँ कायम गरेको छ । नेपालस्थित जजीरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले –‘नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा…

एक महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए
आर्थिक परिवेश

१७ फागुन, काठमाडाैं । अङ्ग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको दोस्रो महिना हवाई मार्ग भएर ७३ हजार दुई सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरी महिनामा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । अघिल्लो वर्ष सन् २०२२ को फेब्रुअरीमा १९ हजार सात सय ६६ पर्यटकको नेपाल आगमन भएको थियो । सन् २०२१ को सोही महिनामा नौ हजार एक सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । पछिल्ला दिनमा विदेशी पर्यटक आगमन उत्साहबर्द्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो…

वाग्मती नदीलाई पुरानै अवस्थामा फर्काउन बाँधले सहयोग गर्ने : उपप्रधानमन्त्री लिङ्देन
आर्थिक परिवेश

४ फाल्गुन,काठमाडौ । उपप्रधानमन्त्री एवं ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले वाग्मती सभ्यताको संरक्षण सफाइका लागि विभिन्न प्रयासहरू भइरहेको बताउनुभएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण गरिएको धाप बाँधको आज उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री लिङ्देनले वाग्मती नदीलाई पुरानै अवस्थामा फर्काउन बाँधले सहयोग गर्ने बताउनुभयो । उहाँले बाँधको निर्माणबाट जैविक विविधताको संरक्षणका साथै पर्यटन प्रवद्र्धनका एवम् बहुआयामिक महत्त्व रहने उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय निकुञ्ज प्रवेशमा लाग्दै आएको शुल्क तत्काल हटाउन प्रयास गरिने जानकारी दिनुभयो । उपप्रधानमन्त्री लिङ्देनले धाप बाँधभन्दा केही तल नागमती बाँध बनाउन जग्गा प्राप्तिका लागि अनुमति भइसकेकाले छिट्टै नागमती बाँधको…

निकट भविष्यमै गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याइन्छ : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश

माघ २१,भैरहवा ।  उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद  पौडेलले निकट भविष्यमै गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा (फूल फ्लेज ) सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘ लुम्बिनीको सामर्थ्य’ विषयक अर्थ सामाजिक बहसको मुख्य वक्ताका रुपमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री  पौडेलले  शनिबार यस्तो भनाइ राख्नु भएकाे  हाे । पछिल्ला दिनहरुमा विमानस्थलका सम्बन्धमा नकारात्मक टिकाटिप्पणी हुने गरेको स्मरण गर्दै उँहाले  विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि कसैले पनि रोक्न सक्दैन । त्यसका लागि के गर्नु पर्छ भन्ने सम्बन्धमा छलफल गर्न छिट्टै सरोकारवालाहरुको बैठक बस्दै छ । त्यही बैठकबाट सबै समस्या समाधानका उपायहरु निकालेर कार्यान्वयन गरिने छ अर्थमन्त्रीले…