गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई कार्गाे हबकाे रूपमा विकास गर्न सुझाव
आर्थिक परिवेश१९ कात्तिक, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा न्यून यात्रु चाप र व्यावसायिक घाटाका कारण वायुसेवा कम्पनीले नियमित उडान गर्न नसकेको सरकारी आयोगले निष्कर्ष निकालेको छ । नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव आयोगले यहाँ नागरिक उड्डयन प्राधिकरणले जबर्जस्ती उडान बढाउन खोजे पनि यथास्थितिमा व्यावसायिक सम्भाव्यता नदेखिएको भन्दै विकल्प खोज्न सुझाव दिएको छ । यो विमानस्थलको भौगोलिक अवस्थितिका कारण नेपालभरिबाट निर्यातजन्य वस्तु ओसारपसार गर्न सहज देखिएको आयोगले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्यातजन्य वस्तुको चाप बढिरहेको अवस्थामा नेपाल भित्रिने ठूला वायुसेवा कम्पनीलाई कार्गो उडानमा आकर्षित गर्न सकिने सिफारिस आयोगले गरेको छ । गौतमबुद्ध विमानस्थलले कार्गोका…
१० किलोमिटर लामो ‘सोलुखुम्बु ट्रेल’ सुरु
आर्थिक परिवेश१८ कार्तिक सोलुखुम्बु । नेपालकै सबै भन्दा लामो अर्थात १० किलोमिटर लामो ‘सोलुखुम्बु ट्रेल’ सुरु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ पत्ततालेको धापबाट सुरु भएको तीन सय १५ दिने ट्रेलमा २९ जना विदेशी तथा नेपाली धावक सहभागी भएका छन् । ओलम्पिक विजेता अन्तर्राष्ट्रिय धावक दाछिरि दावा शेर्पाको नेतृत्वमा सुरु भएको ट्रेल ४ हजार ६ सय अग्लो पिके पिक, ३ हजार ५ सय मिटर अग्लो लामाजुरा, दूधकुण्ड पोखरी, फाक्दिङ, नाम्चे, सगरमाथा क्षेत्रको रेन्जोला पास, गोक्यो भ्याली हुदै अघि बढछ । त्यस पछि ५ हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविर हुँदै फर्केर धावकहरूले गोरक्सेप, लोबुचे, फेरीचे, तेङबोचे, नाम्चेबजार, लुक्ला, खरीखोला,…
निगममा पहुँचका आधारमा भर्ती गरिएका कर्मचारीलाई तत्काल हटाउन निर्देशन
आर्थिक परिवेश१६ कार्तिक,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिनुभएको छ। पर्यटन मन्त्रीको हैसियतमा प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिनुभएको हो। उहाँले भन्नुभयो, ‘जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन? यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ। अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन। कतिसम्मको बेथिति हो यो?’ कुनै समय गौरव गर्न लायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख…
हिमपातका कारण लार्केपासका लागि हिँडेका पर्यटकहरू साम्दो क्षेत्रमा रोकिए
आर्थिक परिवेश११ कार्तिक गोरखा । गएराति देखि परेको हिमपातका कारण लार्केपासका लागि हिँडेका पर्यटकहरू साम्दो क्षेत्रमा रोकिएका छन् । मनास्लु क्षेत्र भ्रमण गर्ने कोही पनि पर्यटकहरू वीच बाटोमा नफसेका र सबै सुरक्षित रहेका छन् । आज बिहानै एक समूहले लार्केपास गरेर फेदी पुगेका छन् । विच बाटोमा मानिसहरू कोही पनि नभएको सूचना आएको साम्दोबाट पर्यटन व्यवसायी निमा लामाले जानकारी दिनुभयो । लार्केपासका लागि अन्तिम गाउँ साम्दो हो । आज लार्के पासका लागि हिँड्न लागेका सय भन्दा धेरै विदेशी पर्यटकहरू साम्दोमा रहेका लामाको भनाई छ । हिमपात अहिले सम्म एक मिटर भन्दा धेरै भएको छ । पर्ने क्रममै रहेकाले मौसम सफा…
हिमपात पछि म्याग्दी र मुस्ताङ भ्रमणमा गएका पर्यटक समस्यामा
आर्थिक परिवेश११ कार्तिक म्याग्दी। हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन् । गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण घुम्न आएका पर्यटक बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । “सडक र पदमार्गमा हिउँ जमेर यातायात सञ्चालन तथा पैदलयात्रा गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “जोखिम हुने भएकाले पर्यटक बास बसेको ठाउँबाट बाहिर निस्किएका छैनन् । ननिस्कन आग्रह समेत गरेका छौँ । ” मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, म्याग्दी र मुस्ताङका जिल्ला प्रशासन…