रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने
आर्थिक परिवेश१२असार.काठमाडौं । पाल्पाको जिल्लाकाे प्रसिद्ध् रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभागका महानिर्देशक, पाल्पा जिल्लाका प्रमुख जिल्लाअधिकारी, इन्जिनियर लगायतको बैठकले खड्ग शम्शेरले निर्माण गरेको रानीमहलको स्वरुपमा ल्याएर संरक्षण गर्ने र त्यसका लागि गुरुयोजना बनाएर काम अघि बढाउने निर्णय गरेको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रानीमहल दुर्लभ मध्येको एउटा महत्वपूर्ण ठाउँ रहेको उल्लेख गर्दै पुरानो शैली र आकारसँग सम्बन्धित सामग्रीहरु संकलन गरी अध्ययन गर्न, गुरुयोजना बनाउन र सोही अनुसार कार्यान्वयन विधि तयार पार्न पुरातत्व विभागलाई निर्देशन दिनुभयो । उहाँले एतिहासिक र पुरातात्विक महत्वलाई विशेष ध्यान…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थाले
आर्थिक परिवेश१० असार, काठमाडौँ । खाडी मुलुकका उडान रद्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थालेका छन् । सोमबार राति ११ः३० बजे कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमान कतारको विकसित परिस्थितिका कारण उडान रद्द भएपछि यात्रु विमानस्थलमा नै अलपत्र परेका थिए । यस्तै, हिमालय एयरलाइन्सको विमानको कतार उडान पनि रद्द हुँदा धेरै सङ्ख्यामा यात्रु अलपत्र परेका थिए । इरानले कतारमा आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द भएका थिए । कतारको ‘एयरस्पेस ओपन’ भइसकेकाले गएराति रद्द भएका उडानका यात्रु आज गन्तव्यतर्फ जान थालेको विमानस्थल कार्यालयले जनाएको छ ।…
अन्नपूर्ण क्षेत्रको पर्यटनले पछिल्लो समय फड्को मार्दै
आर्थिक परिवेश२० जेठ, पाेखरा । पचहत्तर वर्षअघि आजकै दिन अर्थात् सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गरेसँगै बामे सरेको अन्नपूर्ण क्षेत्रको पर्यटनले पछिल्लो समय फड्को मारेको छ । मङ्गलबार अन्नपूर्ण आरोहणको हीरक जयन्ती मनाइरहँदा यस क्षेत्रमा भित्रने विदेशी पर्यटकको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको पाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को तथ्याङ्कअनुसार गत आवमा उक्त क्षेत्रमा पर्यटकको सङ्ख्या २९ प्रतिशतले वृद्धि भएकामा यो वर्ष थप बढ्ने देखिएको छ । आयोजना प्रमुख डा रविन कडरियाले गत आवमा दुई लाख २२ हजार एक सय ८० पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेकामा चालु आवको दस महिनामै त्योभन्दा…
दशहरा गोसाँइ कुण्ड स्नान गर्न हजारौं पुगे (फोटो फिचर)
आर्थिक परिवेश१८जेठ,धुञ्चे,रसुवा । नेपालको रसुवा जिल्लास्थित लाडटाड.राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित प्रशिद्ध गोसाँइ कुण्डमा यतीेबेला दशहरा गोसाँइ कुण्ड स्नान तथा मेला लागेको छ । ४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित प्रशिद्ध धार्मिक स्थल गोसाँइ कुण्डमा मेला भर्न तथा स्नान गर्न स्वदेश तथा विदेशका दर्शनार्थी दैनिकरुपमा करिव १ हजारको संख्यामा त्यहाँ पुग्ने गरेका छन् । गोसाँइ कुण्डमा दशहरा गोसाँइ कुण्ड स्नानको बेला तथा जनै पूर्णीमामा यस प्रकारको मेला तथा स्नान गर्न स्वदेशी तिर्थयात्रीहरु बढी पुग्ने गर्दछन् । अन्य सिजनमा विदेशी पर्यटकहरुको भ्रमण पनि हुने गर्दछ । जाडो समयमा त्यस क्षेत्रमा हिउ पर्ने हुनाले भ्रमणमा जानेहरुको संख्या अत्यन्तै न्युन स्ांख्यामा हुने गरेको…
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारतकाे उत्तराखण्डमा
आर्थिक परिवेश२० बैशाख, कञ्चनपुर, सुदूरपश्चिम । भारत भ्रमणमा रहनुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्डका विभागीयमन्त्रीबीच देहरादुनमा भेटवार्ता भएको छ । मुख्यमन्त्री र उत्तराखण्डका वनमन्त्री सुबोध उनियाल, पर्यटनमन्त्री सतपाल महाराज, र कृषिमन्त्री गणेश जोशीबीच छुट्टाछुट्टै भेटवार्ता भएको हो । भेटवार्तामा वन तथा पर्यटन प्रवर्द्धन र आधुनिक कृषि खेतीलगायत विषयमा द्विपक्षीय छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा पर्यटन प्रवर्द्धनबाट रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन भई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने, विकास लक्ष्य हासिल गर्न र नेपाली जनताको दिगो सामाजिक एवं आर्थिक उन्नतिका लागि पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको थियो । पर्यटनमन्त्री सतपालसँगको भेटवार्तामा मुख्यमन्त्री शाहले धार्मिक मानसखण्ड सर्किट, अध्यात्मिक…