विश्वका ठूला शेयर बजारहरुको कारोवार ओरालो कस्ताे हाेला अर्थतन्त्रमा असर
आर्थिक परिवेश

२४ चैत्र,काठमाडौ ।   पछिल्लो समय विश्वका ठूला शेयर बजारहरुको कारोवार ओरालो लागेको छ् । अमेरिका, जापान, बेलायत, भारतका शेयर बजारहरुको कारोवार अमेरिकी राष्ट्रपतिको कर सम्बन्धी नयाँ नीतिका कारण क्रमश घटेका छन् । हालै अमेरिकाबाट आयात हुने वस्तुमा चीनले ३४ प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेपछि शुक्रबार अमेरिकी सेयर बजारमा ठूलो गिरावट भएको छ । त्यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनबाट आयात हुने वस्तुमा अतिरिक्त ३४ प्रतिशत कर लगाउने घोषण गर्नु भएको थियो । अमेरिकी स्टक मार्केट नास्डाक शुक्रबार एकै दिन ५.८ प्रतिशतले घट्यो । विगत एक महिनामा यो सूचक १५.९८ प्रतिशत घटिसकेको छ । करिब डेढ महिनामा यो सूचक २२ प्रतिशतले…

शेयर बजारमा सुधार परिसूचक २६९३ अ‌कमा
आर्थिक परिवेश

  १७ चैत्र काठमाडौँ ।    यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा एक दशमलव ११ प्रतिशतको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ८२ अङ्कले बढेर दुई हजार छ सय ९३ दशमलव १२ को बिन्दुमा कायम भएको हो । आज तीन सय २३ कम्पनीको एक करोड ५५ लाख ७२ हजार आठ सय ६२ कित्ता शेयर ७६ हजार तीन सय ५४ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ५६ करोड ८२ लाख २६ हजार एक सय ९७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज म्युचुअल फण्ड उपसमूहको उपसूचक शून्य दशमलव १५ र व्यापार समूह…

नेपाली शेयर बजारकाे  कारोबार साताकाे अन्तिम दिन उल्लेख्य रूपमा सुधार
आर्थिक परिवेश

१४ चैत्र, काठमाडौँ ।   विगत दुइ सातादेखि निरन्तर घटेकाे नेपाली शेयर बजारकाे  कारोबारको याे साताकाे काराेवारकाे अन्तिम दिन पुँजीबजारमा उल्लेख्य रूपमा सुधार भएको छ । बिहिवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१ दशमलव ४३ अङ्कले बढेर दुई हजार छ सय ६३ दशमलव ३० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो । आज तीन सय नौ कम्पनीको ९७ लाख ७२ हजार एक सय ९६ कित्ता शेयर ५५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा  पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक हरियो देखिएको…

शेयर बजारकाे परिसूचकमा दाेहाेराे अंककाे कमी
आर्थिक परिवेश

०३ चैत्र, काठमाडौँ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७१४ दशमलव ८५ को विन्दुमा झरेको छ ।   आज ३१६ कम्पनीका एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता शेयर ७९ हजार ३१ पटक खरिद बिक्री हुँदा छ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ बराबरको कारोबार भएको छ । आज व्यापार समूह चार दशमलव ९२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क समूहको उपसूचक सबैभन्दा धेरै दुई दशमलव २५ प्रतिशतले घटेको छ…

नेप्सेमा  बुधवार दोहोरो अङ्कको वृद्धि
आर्थिक परिवेश

  २८ फागुन, काठमाडौँ ।   पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाली शेयर बजारकाे पिरसूचक नेप्से  बुधवार भने  दोहोरो अङ्कको वृद्धि भ्एको छ । बुधवार नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो । यस दिन  विभिन्न तीन सय २३ कम्पनीका दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता शेयरहरू  आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार सात सय ५५ बराबरको कारोबार भएको छ । आजको कारोबारमा विकास बैङ्क समूह शून्य दशमलव ३३ र लघुवित्त समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ भने अरू सबै समूहको…