पूँजीबजारको विकास र सुधारका लागि सरकार समक्ष ८ बुँदे माग
आर्थिक परिवेश१७ चैत , काठमाण्डाै । नेपालका तीन प्रमुख लगानीकर्ता संगठनहरूले पूँजीबजारको विकास र सुधारका लागि सरकार समक्ष ८ बुँदे माग गरेका छन्। लगानीकर्ताहरुले पूँजी बजारलाई धराशयी हुनबाट जोगाउन र लगानीकर्ताको मनोबल उच्च बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्। पूँजी बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा लिइने भएपनि सरकारको हालैको सय कार्य योजनामा बजार सुधारका बुँदाहरू नसमेटिएकोमा लगानीकर्ताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले अर्थमन्त्रीलाई सम्बोधन गर्दै निम्न ८ बुँदे मागहरू तत्काल कार्यान्वयन गर्न जोडदार माग गरेका छन्। १. विगत तीन चार वर्षदेखि नेपाल धितोपत्र बोर्डमा भएको आर्थिक चलखेल र आईपीओ निष्कासनमा देखिएका व्यापक नीतिगत घोटालाहरूको छानबिन गर्न एक स्वतन्त्र र उच्चस्तरीय छानबिन आयोग…
शेयर बजारमा मंगलवार दोहोरो अङ्कको सुधार
आर्थिक परिवेश१७ चैत, काठमाडौँ । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्जकाे परिसूचकमा मगलवार दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक १९ दशमलव ७० अङ्कले बढेर दुई हजार ८५१ दशमलव ०९ को विन्दुमा कायम भएको हो । ३३९ कम्पनीको दुई करोड ७९ लाख ४२ हजार ७७९ कित्ता शेयर एक लाख ३७ हजार ८५७ पटक खरिद–बिक्री हुँदा ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव ०९ र अन्य समूह शून्य दशमलव ५५ अङ्कले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ ।…
२४.४५ अंकले घटेकाे बजारमा १५ अर्ब ९ करोडको किनबेच
आर्थिक परिवेश११ चैत, काठमाडौं । अघिल्ला पाँच कारोबार दिनसम्म लगातार बढेको नेपाली शेयर बजार बुधबार भने घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा बुधवार २४.४५ अंक घटेको हो । सो कमीपछि नेप्से २९३५ अंकमा कायम भएको छ । मगलवारका दिन नेप्से २३.८३ अंक बढेको थियो । यस दिन बजार घट्दा पनि कारोबार रकम भने बढेको छ । मगलवार १४ अर्ब ८३ करोडको कारोबार भएको बजारमा बुधवार १५ अर्ब ९ करोडको शेयरकाे किनबेच भयो । ४५ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ७ को स्थिर रह्यो । यस दिन व्यापार समूह सबैभन्दा धेरै ३.४५ प्रतिशतले बढ्यो । अघिल्लो दिन…
नेप्से ५४.५१ अंकले बढ्याे काराेवार करिव २४ अर्ब
आर्थिक परिवेश०८ चैत्र, काठमाण्डौं । आइतबार नेपाली शेयर बजारको परिसूचकमा उच्च अंकको वृद्धि भएको छ । यस दिन बजारको परिसूचक नेप्से ५४.५१ अंकले बढेको छ । सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३१ अंकमा पुगेको छ । यो अंक करिब ८ महिनायताकै उच्च हो । गत बिहीबार ६४ अंकले नेप्से बढ्दा कारोबार रकम पनि बढेको थियो । अघिल्लो दिन बिहिवार २१ अर्ब २२ करोडको कारोबार भएकोमा बजारमा आइतवार २३ अर्ब ५९ करोडको कारोवार भएको छ । यो कारोबार रकम पनि गत साउन ११ गते यताकै उच्च रकम हो । यस दिन १८३ कम्पनीहरुको मूल्य बढ्दा ७३ को घट्यो भने ८ कम्पनीहरुको…
शेयर बजारमा सामान्य अङ्कको सुधार
आर्थिक परिवेश०१ चैत्र काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले बढेर दुई हजार ८२४ दशमलव ९० विन्दुमा कायम भएको हो । आज ३५० कम्पनीको तीन करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर एक लाख २४ हजार ४९० पटक खरिदबिक्री हुँदा रु १४ अर्ब ३२ करोड ९६ लाख चार हजार ३१५ दशमलव ९० को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ६२, लगानी शून्य दशमलव ५४, जीवन बिमा शून्य दशमलव ४६ र म्युचुअल फण्ड समूह…