६ दिन पछि शेयर बजारकाे काराेवार घट्याे
आर्थिक परिवेश

६ साउन, काठमाडौं ।    अघिल्ला ६ कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार भने १३.९५ अंकले घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २७१२ अंकमा राेकिएकाे  छ । यस दिनभर बजार राताम्य रह्यो । १२ : ५४ बजे नेप्से २६९४ अंकसम्म झरेको थियो, जुन दिनभरको न्यूनतम अंक हो । गत साताको मंगलबारदेखि हिजो मंगलबारसम्म बजार लगातार बढेर बन्द भएको थियो । आज ७७ कम्पनीको मूल्य बढ्दा १९३ को घटेको छ भने ७ को स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब १८ करोडको भयो । अधिकांश…

शेयर बजारमा सोमबार ४१.७० अंककाे वृद्धि काराेवार रकम पनि बढ्याे
आर्थिक परिवेश

४ साउन, काठमाडौं ।  नेपाली शेयर बजारकाे काराेवारले साेमवार पनि वृद्धिलाई निरन्तरता दिएको छ । अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंक बढेको बजार यो साताको सुरुवातको दिन सोमबार ४१.७० अंक (१.५५ प्रतिशत) बढेको छ । लगातार दुई कारोबार दिनमै सेयर बजार १२० अंक बढेको छ । आजको वृद्धिसँगै नेप्से परिसूचक २७१९ अंकमा कायम भएको छ । आजको यो अंक एक महिनाकै उच्चतम हो । जेठ २९ गते २७२४ अंकमा रहेको नेप्से त्यसयताकै उच्चतम अंक सोमबार छोएको छ । दिनभरजसो बजार हरियो रह्यो । बन्द हुँदाको नेप्सेको अंक कारोबार अवधिभरको उच्चतम अंक पनि हो । यो सहित लगातार पाँचौं दिन बजार…

नयाँ आर्थिक वर्षकाे पहिलाे दिन नेप्से परिसूचक उच्च अङ्कले बढ्याे
आर्थिक परिवेश

२ साउन, काठमाडौँ   ।   आर्थिक वर्ष २०८३/०८४ को पहिलो दिन नेपाली धितोपत्र बजारकाे सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढेर २ हजार ६७७ दशमलव ५४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  ११ दशमलव ५१ अङ्कले उकालो लागेर ४६८ दशमलव ३८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक पाँच दशमलव ४५ अङ्कले बढेर एक सय ८४ दशमलव ०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ फ्लोट सूचक भने ४. १३ अङ्कले बढेर एक सय ५८ दशमलव ५६ मा पुगेको छ ।…

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरयाे
आर्थिक परिवेश

३१ असार, काठमाडौं । नेपाली धिताेपत्र बजारकाे  नियमनकारी  निकाय  नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कुनै औपचारिक कार्यक्रम नगरी वेबसाइटमार्फत सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै विषयहरू नै अघि सारिएकाे  छ । नीति तथा कार्यक्रममा नेपाल स्टक एक्स्चेञ्जकाे   पुनर्संरचनाका लागि सहजीकरण गर्नेदेखि विभिन्न नीतिगत व्यवस्थाकाे संशोधन लगायतका विषय समेटिएका छन् । बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा राखेका मुख्य १५ बुँदाहरू यस य्रकार रहेका  छ न्। १. नेप्से तथा सीडीएससीको पुनर्संरचना : बोर्डले धितोपत्र बजार सञ्चालकहरूको सेवामा व्यवसायिकता अभिवृद्धि गरी गुणस्तरीय सेवा प्रवाह सुधार ल्याउन नेप्से तथा सीडीएससीको पुनर्संरचना गर्न…

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजार विकासका प्राथमिकताहरू सार्वजनिक
आर्थिक परिवेश

३० असार, काठमाण्डाै ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ का लागि पूँजी बजार विकासका प्राथमिकता सार्वजनिक गर्दै लगानीकर्ता संरक्षण, बजार सुधार र नियामकीय प्रभावकारिता बढाउने विभिन्न कार्यक्रम अघि सारेको छ। बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सामाजिक सञ्जालमार्फत धितोपत्र बजार प्रभावित गर्ने गतिविधिमाथि कडा निगरानी गर्ने, अनधिकृत लगानी परामर्श (Investment Advice), भ्रामक प्रचार तथा वित्तीय ठगीविरुद्ध प्रभावकारी नियमन गर्ने घोषणा गरेको छ। विशेषगरी फिनफ्लुएन्सर (Finfluencers) हरूबाट बजारमा पार्न सकिने प्रभावलाई समेत निगरानीको दायरामा ल्याइने बोर्डले जनाएको छ। सेबोनका अनुसार धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक अनुसन्धानलाई प्रभावकारी बनाउन विभिन्न नियामक निकायबीचको समन्वय थप सुदृढ गरिनेछ। त्यस्तै, सार्वजनिक निष्काशन (आईपीओ)…