
औद्योगिक क्रान्तिका लागि व्यवसायिक शिक्षाकाे आवश्यकतामा विज्ञहरूकाे जाेड
आर्थिक परिवेश४ वैशाख, काठमाडौँ । राजधानीमा सम्पन्न सूचना प्रविधि र व्यापार व्यवस्थापनमा उदाउँदो प्रवृत्ति बारेकाे अनुसन्धान गोष्ठीका वक्ताहरूले देश विकासका लागि के चाहिन्छ भन्ने वारेमा नै थाहा नभएकाले नेपाल विकसित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पाटन कलेज अफ प्रोफेसनल स्टडिजमा आयोजित कार्यक्रममा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङका डिन प्रोफेसर डा. मनिष पोखरेलले अन्य मुलुकबाट दाता आएर तिमीहरूको देशमा यो आवश्यक छ भनेर भन्दिनु पर्ने परिस्थितिको अन्त्य नभए सम्म देशले फड्को नमार्ने बताउनु भयाे । उहाँले औद्योगिक क्रान्तिका लागि दिगो विकाससँगै व्यवसायिक शिक्षाकाे आवश्यकता रहेकाेमा समेत जोड दिनुभयाे । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष पंकज…

बजेट पूर्णरूपमा खर्च हुनेगरी विकास निर्माणका कार्यको नेतृत्व गर्न मन्त्री तथा मुख्यमन्त्रीलाई निर्देशन
आर्थिक परिवेश१५ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताउनु भएको छ । सिंहदरबारमा बिहिवार आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास निर्माणका आयोजनामा देखिएको निराशा तोड्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले राम्रो गर्नेलाई पुरस्कृत र ढिलासुस्ती गर्नेलाई दण्डित गर्ने नीति स्थापित गर्दै विकास आयोजनाको कामलाई तीव्रता दिन सकिने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने समयावधि परिवर्तन गरेको जानकारी दिँदै नीति तथा कार्यक्रममा पर्याप्त छलफल गर्ने समय रहने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ‘प्रचण्ड’ले ‘चालु आर्थिक वर्षको पहिलो ६ महिनामा…

उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुने गरी नयाँ कार्यक्रम प्रस्तुत गर्न आयोगलाई प्रधानमन्त्रीकाे निर्देशन
आर्थिक परिवेश१३ चैत्र, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुने गरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समाधान गर्ने गरी योजना तयार गर्नुपर्नेमा जोड दिनुभयो । उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने, एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरुरी रहेको बताउनुभयो । “आयोगले सरकारको थिङ्क ट्याङ्कका रूपमा निर्वाह गर्नुपर्ने भूमिकालाई अझ प्रभावकारी बनाउने छ भन्ने विश्वास लिएको छु,”…

विश्व बैङ्कले नेपाललाई २६ अर्ब ५१ करोड रूपैया बराबरको ऋण सहयोग गर्ने
आर्थिक परिवेश१९ फागुन, काठमाडौं । विश्व बैङ्कले नेपालमा संचालनमा रहेका दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर अर्थात २६ अर्ब ५१ करोड रूपैया बराबरको ऋण सहयोग गर्ने भएको छ । विश्व बैङ्कको कार्यकारिणी समितिको शुक्रबारको बैठकले त्यसताे निर्णय गरेको र उक्त सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मत–सम्भारमा सहयोग पुग्ने विश्व बैङ्कले जनाएको छ । वाशिङटन डिसीस्थित बैङ्कको प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपाललाई प्रदान गरिने सहायता रकममध्ये एक सय मिलियन (करिब १३ अर्ब २५ करोड रकम राजस्व सङ्कलनमा सुधार ल्याउन र ऋण व्यवस्थापनको पारर्शिता अभिवृद्धिमा उपयोग गरिनेछ । प्रत्यक्ष वैदेशिक लगानी प्रक्रियालाई स्वचालित बनाउन सो…

वितरणतर्फका ९ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा : प्राधिकरण
आर्थिक परिवेश१५ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउनयता विद्युत् वितरणतर्फका ९ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र ४०० भोल्टका लाइनहरु पनि निर्माण गरी सञ्चालनमा ल्याएको छ । साथै, वितरण ट्रान्सफर्महरुपनि जडान गरिएको छ । साउनबाट हालसम्म वितरणतर्फका ३३/११ केभी क्षमताका ९ वटा वितरण सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । यसबाट सबस्टेसन निर्माण क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनुकासाथै चुहावट पनि घटेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई भरपर्दो, गुणस्तरीय,…