भोटेकोशी बाढीमा ज्यान गुमाएका मध्ये १ हजार ४३६ को शव फेला ४ हजार ६ सय ५५ बेपत्ता
आर्थिक परिवेश

  ०४ असाेज काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी एक हजार ४३४ शव फेला परेका हुन्  । फेला परेका शव पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलन गरी हालसम्म एक हजार २९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ गरी कुल तीन हजार २८३ वटा डिएनए नमूना सङ्कलन गरिएको छ । पहिचान नभएको…

अर्थतन्त्र सुधारका लागि पाँचवटा प्याकेजमा काम भैरहेको छ : अर्थमन्त्री
आर्थिक परिवेश

 २६ भदाै  काठमाडौँ ।   अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा विशेष प्याकेज अघि बढाउन लागेको बताउनुभएको छ। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ वार्षिक साधारणसभामा उहाँले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर पाँचवटा प्याकेजमार्फत काम अघि बढाइरहेको जानकारी दिनुभयो। अर्थमन्त्रीले पहिलो प्याकेजअन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनःस्थापनाका लागि आवश्यक काम भइरहेको बताउनुभयो । बाढीबाट प्रभावित उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनःस्थापनाका लागि अध्ययन भइसकेको उहाँले जानकारी दिनुभयो। दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उहाँले बताउनुभयो । निजी क्षेत्रको प्रवद्र्धन तथा पुनरुत्थानका लागि…

बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय
आर्थिक परिवेश

 १८ भदाै, काठमाडौँ ।  सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने निर्णय भएको प्रवक्ता एवं मन्त्री पोखरेलले जानकारी दिनुभयो । त्यस्तै, सरकारले भदौ २३ गते ‘जेन्जी’ सहिद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको उहाँले बताउनुभयो । सरकारले भोटेकोशी बाढीबाट प्रभावित…

बाढीबाट करिब १६ लाख मानिस प्रभावित : प्राधिकरण
आर्थिक परिवेश

१६ भदौ, काठमाडौं ।    नेपाल–चीन सीमा नजिकै भदौ १० गते गएको हिमपहिरो र त्यसपछिको बाढीका कारण करिब १६ लाख मानिस प्रभावित भएका छन्  । सरकारले  मंगलवार सार्वजनिक गरेको घटना सम्बन्धी  पहिलो स्थिति  प्रतिवेदनमा उल्लेख गरिएकाे छ। बाढीबाट भोटेकोशी–त्रिशूली नदी करिडोरमा ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार यो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ भने धादिङ, गोर्खा र चितवनलाई मध्यम रूपमा प्रभावित जिल्लामा सूचीकृत गरेको छ। मृत्यु र बेपत्ताकाे स‍ंख्या  बाढीपहिरोमा परी हालसम्म १ हजार ५०  जनाको मृत्यु पुष्टि भएको प्राधिकरणले जनाएको छ।…

बाढीमा परी हालसम्म ५ सय ५३ जनाको शव फेला पर्याे
आर्थिक परिवेश

१२ भदाै, काठमाडौँ  ।  रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी हालसम्म ५ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले शुक्रबार साँझ ५ः०० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न आठ जिल्लाबाट ५ सय ५३ जनाको शव फेला परेका हुन्। प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, चितवनमा २२२, गोरखामा ४७, तनहुँमा ३१, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ। बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ। प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै स्थानीयवासी र विभिन्न निकायको समन्वयमा बेपत्ता भएकाहरूको खोजी गरिरहेको जनाएको छ। बाढीका कारण अवरुद्ध भएका…