मुलुकमा आर्थिक विकास तथा लगानीकाे वातावरण बनाउने तीन विधेयकहरू
आर्थिक परिवेश

 ०८ चैत्र,  काठमाडौँ ।    मुलुककाे आर्थिक विकास तथा लगानी विस्तारसँग जोडिएका तीन विधेयकहरू प्रतिनिधिसभामा  पारित भएका छन् । यी तीन विधेयकहरू पारित  भए पछि सरकारले मुलुकमा लगानीकाे वातावरणा बनाउन गरेकाे प्रयासमा टेवा पुग्ने भएकाे छ  । यसबाट लगानीको थप वातावरण सृजना हुने, लगानीकर्तामा थप विश्वास विस्तार भई मुलुकलाई समृद्ध बनाउन बल पुग्ने सरकारको बुझाइ छ । बिहीबारकाे  प्रतिनिधिसभाकाे बैठकले  ‘निजीकरण (पहिलो संशोधन विधेयक), २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ तथा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ पारित गरेको छ । यी तीनवटै विधेयकले मुलुकको अर्थतन्त्रलाई…

प्रहरी महानिरीक्षकमा थापालाई नियुक्त गर्ने सरकारकाे निर्णय
आर्थिक परिवेश

०४ चैत्र,  काठमाडौँ ।   सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा दिपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्काे आज बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै सकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको जनाकारी दिनुभयो । नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक थापा नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षक (आईजी) हुनुभएको छ।

नेपालमा लगानी, काराेवार तथा शुसासन सम्बन्धी चार विधेयक प्रमाणित
आर्थिक परिवेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम राष्ट्रपति पौडेलले ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (ई–कमर्स)को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ संसदबाट स्वीकृत
आर्थिक परिवेश

२१ फाल्गुन,काठमाडौँ ।   प्रतिनिधिसभाको बुधवारको बैठकले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई स्वीकृत गरेको छ । बैठकमा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो । यसअघि नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकृत गरियोस्’ भन्ने सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको छ। अध्यादेश अस्वीकार गर्ने सूचना प्रस्तुत गर्ने क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले आर्थिक तथा व्यावसायिक वातावरण सुधार गर्न, लगानी अभिवृद्धि गर्ने गरी सरकारले विधेयक ल्याएको स्पष्ट पार्नुभयो…

मुग्लिन नारायणगढ खण्डको वैकल्पिक सडक निर्माण शुरू
आर्थिक परिवेश

१५ फागुन,  मुग्लीन ।   मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो । उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा रु दुई करोड ६९ लाख ३२ हजार विनियोजन गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट उक्त सडकको ट्रयाक खोल्ने काम भइरहेको छ । मुग्लिन नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको विस्तृत अध्ययन (डिपीआर)पश्चात् सडक विभागले पहिलो चरणको ठेक्का लगाएको हो । देवघाटका स्थानीयवासी केशवचन्द्र न्यौपानेले यहाँका स्थानीयले पटक–पटक उठाउँदै आएको माग सरकारले…