यूएसएआइडीको अनुदान अन्तर्गतका परियोजनाको काम नगर्नु : अर्थ मन्त्रालय
आर्थिक परिवेश१४ माघ, काठमाण्डौ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) र नेपाल सरकारबीच भएको अनुदान सहयोगअन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । अर्थ मन्त्रालयले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै यूएसएआइडीको सहवित्तीय लगानी भएका आयोजनामा उसको स्रोतमा दायित्व सिर्जना हुने गरी काम नगर्न निर्देशन दिएको जनाएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बजेटमा परेका आयोजनामा आउने अनुदान ९० दिनका लागि रोकिएको जानकारी अर्थ मन्त्रालयलाई गराएकाले उसको स्रोतबाट हुने खर्चअन्तर्गतका काम रोक्न निर्देशन दिइएको मन्त्रालयका सहसचिव महेश भट्टराईले जानकारी दिनुभयो । ती आयोजनामा नेपाल सरकारबाट स्रोत बेहोर्ने गरी तय भएका कामहरू भने रोकिने छैनन् ।
बीआईएस प्रमाण–पत्र जारी गर्ने र नवीकरण गर्ने प्रक्रियालाई तीव्रता दिन भारतीय पक्ष सहमत
आर्थिक परिवेश२८ पुष काठमाडौँ । नेपाल–भारतका वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठक विभिन्न निर्णय तथा सहमति गर्दै सम्पन्न भएको छ । यही पुस २६ र २७ गते काठमाण्डौमा सम्पन्न बैठकमा काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध हुँदै आवतजावत गर्ने नेपाली मालवाहक सवारी साधनमा लगाइएको भार वहनको सीमा हटाई भारतीय मालवाहक गाडी सरह आवत जावत गर्न दिन भारतीय पक्ष सहमत भएको छ । भारतमा निकासी हुने नेपाली वस्तुहरू (जुत्ता, प्लाइउड, यार्न, सेनेटरी प्याड, सिमेन्ट, जस्तापाता र स्टिलजन्य वस्तु) को सहज निकासीका लागि प्राथमिकताका आधारमा बीआईएस प्रमाण–पत्र जारी गर्ने र नवीकरण गर्ने प्रक्रियालाई तीव्रता दिन भारतीय पक्ष सहमत भएको छ । बैठकमा नेपाल–भारत बीचको पारवहन सन्धि संशोधन गरी…
सरकारले शुरु गर्याे विकास सहायता परिचालन नीतिको मस्यौदा निर्माण
आर्थिक परिवेश२३ पुष,काठमाडौं । सरकारले ‘विकास सहायता परिचालन नीति,२०८१’को मस्यौदा तयार पारेको छ । बदलिँदो राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिप्रेक्ष्यलाई दृष्टिगत गरी विकास सहायता व्यवस्थापनमा सुधार गर्ने उद्देश्यसहित विकास सहायता परिचालन नीति, २०८१ मस्यौदा तयार पारेको अर्थ मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय विकास साझेदारका प्राथमिकतामा आएको परिवर्तन, सहुलियतपूर्ण सहायतामा आएको गिरावट, निजी क्षेत्रको भूमिकाको महत्व, र सङ्घीय प्रणालीअन्तर्गत प्रदेश तथा स्थानीय तहमा महसुस भएको विकास सहायताको आवश्यकताअनुरुप नीति परिमार्जन हुन लागेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले विकास सहायता परिचालनको अनुभव, सिकाइका आधारमा यस क्षेत्रलाई व्यवस्थित, प्रभावकारी बनाउन र उपलब्ध अवसरलाई उपयोग गर्न नयाँ नीतिको मस्यौदा तयार पारेको हो ।…
नेपाली डायस्पोराको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन तथा बार्षिक साधारण सभा काठमाडौमा सम्पन्न
आर्थिक परिवेश१५ पुष,काठमाडौं । आफूले सिकेको ज्ञान र पुँजीलाई नेपालको आर्थिक विकासमा लगाउने र नयाँ पुस्ताका नेपाली डायस्पोरालाई नेपालसंग जोड्ने ५ बर्षे कार्ययोजना निर्माण लगायतका विभिन्न निर्णय गर्दै युनाइटेड नेपाली डायस्पोराको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन तथा बार्षिक साधारण सभा काठमाडौमा सम्पन्न भएको छ । सम्मेलनमा सहभागी विभिन्न देशबाट आएका प्रतिनिधिहरूले समानता, सहकार्य र समावेशीताका सिद्धान्तहरूमा आधारित रहेर विश्वव्यापी डायस्पोरालाई एकजुट गर्दै नेपाल र नेपालीहरूको हितका लागि काम गर्नु पर्नेमा जोड दिनु भएको थियो । साधारण सभाले अमेरिकाका सोनाम लामाको अध्यक्षतामा १४ सदस्यीय अन्तराष्ट्रिय कार्यसमिति समेत चयन गरेको छ । मध्यपूर्व र अफ्रिकाको उपाध्यक्षमा पासाड. रिन्जी शेर्पा युएई,एशियाको उपाध्यक्षमा त्रिलोक गुरुड….
परराष्ट्रमन्त्री राणा युरोपका केही देश र भारतको दुई हप्ता लामो भ्रमण सकेर स्वदेश फिर्ता
आर्थिक परिवेश०८ पुष , काठमाडाैं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा युरोपका केही देश र भारतको करिब दुई हप्ता लामो भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्किएपछि आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफूले युरोपमा महत्वपूर्ण भेटघाट तथा वार्ता गरेको र नेदरल्याण्डको हेगमा अवस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय मागका लागि आधारहरु प्रस्तुत गरेको जानकारी दिनुभयो । मन्त्री डा राणा गत मङ्सिर २२ मा युरोपतर्फ लाग्नुभएको थियो । उहाँको यो भ्रमणको मुख्य उद्देश्य जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट प्रस्तुती दिने रहेको थियो । मन्त्री डा राणाले आफू र आफ्नो…