
१० महिनासम्म करिब १२ खर्ब विप्रेषण रकम भित्रियाे
आर्थिक परिवेश२८ जेठ, काठमाडाै । आर्थिक वर्षको १० महिनासम्ममा करिब १२ खर्ब रुपैया बराबरकाे विप्रेषण रकम नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भए ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव एक प्रतिशतले वृद्धि भई नौ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव चार प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने…

राष्ट्रपति पौडेलले युरोपेली देशहरु स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्नु हुने
आर्थिक परिवेश२७ जेठ, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल युरोपेली देशहरु स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्नु हुने भएकाे छ। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर राष्ट्रपतिको भ्रमणबारे जानकारी दिएको हो। राष्ट्रपति पौडेल मंगलबार स्वीट्जरल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेकाे छ । जहाँ उँहाँले ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागिता जनाउनु हुनेछ। सम्मेलनमा उहाँले समाजिक न्याय सम्बन्धी एक बहस सत्रमा सम्बोधन पनि गर्ने कार्यक्रम रहेकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग भेटवार्ता समेत गर्ने कार्यक्रम रहेकाे छ। त्यसपछि उहाँ बुधबार जर्मनी प्रस्थान गर्नु हुने भएकाे छ। राष्ट्रपति पौडेल जर्मनीका राष्ट्रपतिको निमन्त्रणमा त्यहाँ जान लाग्नु भएकाे हाे । पौडेलले जर्मनीका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई पाँच अर्ब ५९ करोड उपलब्ध गराउन बाँकी
आर्थिक परिवेश२४ जेठ, काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रतिनिधि मण्डलले बिहिवार अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा टिडियान किन्डा नेतृत्वको टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता गरेको हो । भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी– इसिएफ) अन्तरगतको चौँथो किस्ता उपलब्ध गराउने विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । आइएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई इसिएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो । जसमध्ये यसअघि नै तेस्रो किस्ता निकासा भइसकेको…

एमसीसी उपाध्यक्ष ब्रुक्सद्वारा अर्थमन्त्री पुनसँग भेट
आर्थिक परिवेश२२ जेठ, काठमाडाैं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेट गर्नु भएकाे छ । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयउका तर्फबाट गर्नुपर्ने काममा आवश्यक सहयोग र समन्वय हुने उल्लेख गर्नु भयाे । एमसीसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्डखण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको उनको भनाइ थियो । परियोजना कार्यान्वयनका क्रममा आउने जमिनको मुआब्जा, वन क्षेत्रको प्रयोगजस्ता समस्या एमसीए नेपालमार्फत…

दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवद्र्धन गर्न अध्यक्ष ढकालकाे आग्रह
आर्थिक परिवेश२० जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवद्र्धन गर्न आग्रह गर्नु भएको छ । नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग भएको भेटमा अध्यक्ष ढकालले नेपालमा बेलायती लगानी आएमा नेपालको आर्थिक विकासमा निजी क्षेत्रले थप योगदान गर्न सक्ने बताउनु भयो । ढकालले मुलुकमा व्यवसाय गर्न सहज वातावरण भएकोले नेपालमा लगानीका विभिन्न अवसरका बारेमा जानकारी गराउदै जलविद्युत क्षेत्र, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताउनु भयो । भेटको क्रममा राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघलाई धन्यवाद ज्ञापन…