राँगाभैंसीको मासु चीन निर्यात गर्ने विषयमा दुइ देशका व्यवसायिक निकायहरु बीच सम्झौता
आर्थिक परिवेश०१ पुष, काठमाडौं । नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्न विषयमा दुइ देशका व्यवसायिक निकायहरु बीच सम्झौता भएको छ । नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्ने विषयमा हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको साङ्घाई जियान फुड प्रालिबीच सम्झौता भएको हो । सोमबार दुईपक्षीय सम्झौता गर्न अयाेजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल-चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा सम्झौता कोशेढुंगा हुने बताउनु भयाे । प्रधानमन्त्रीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच राँगाभैंसीको मासु निर्यात गर्ने विषयमा सम्झौता भएको स्मरण गराउँदै उहाँले उक्त सम्झौताले नेपाली किसानलाई राँगाभैंसी पालनमा थप प्रोत्साहन मिल्ने बताउनु भयाे । नेपालको हावापानी र विविध भौगोलिक बनोट पशुपालनका…
उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड प्रस्थान
आर्थिक परिवेश०१ पुष काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड जानुभएको उहाँको सचिवालयले जनाएको छ । एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक आयोग युएनइस्क्यापले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ र ३ गतेसम्म बैककमा अायाेजना हुन लागेकाे छ ।
नेपालले कम्बोडिया भैरहवा कम्बोडिया सिधा उडान गर्न कम्बाेडियासँग प्रस्ताव गरयाे
आर्थिक परिवेश३० मंसिर, काठमाडौँ । नेपालले कम्बोडिया–भैरहवा –कम्बोडिया सिधा उडान संचालन गर्न कम्बाेडियासँग प्रस्ताव गरेकाे छ । नेपाल भ्रमणामा रहनु भएका कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग आइतबार भएकाे शिष्टाचार एवं बिदाइ भेटघाटका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा –कम्बोडिया सिधा उडानको प्रस्ताव गर्नु भएको हो । मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतकोबारे समेत जानकारी गराउनु भएको थियो । यस्तै दुवै देशका प्रमुख बौद्ध तीर्थस्थलहरूलाई जोड्ने गरी “बौद्ध सर्किट“ को विकास गर्न सकिने । पर्यटन प्रवर्द्धनका लागि दुवै देशका बिचमा कला, सङ्गीत, र साहित्यमा सहकार्य तथा…
विश्व बैंकले १० करोड अमेरिकी डलर सहयाेग गर्ने
आर्थिक परिवेश२८ मंसिर काठमाडाै । विश्व बैंकले नेपाललाई प्रदान गर्ने १० करोड अमेरिकी डलर स्वीकृत गरेको छ। हरित, जलवायु अनुकूलनसहितको समावेशी विकास र आर्थिक वृद्धिका लागि नेपालको नीतिगत पहललाई समर्थन गर्न उक्त रकम स्वीकृत गरेको हो। बैंकका बोर्ड निर्देशकहरुले बिहीबार १० करोड डलरको विकास नीति सञ्चालन (डीपीओ) स्वीकृत गरेको विश्व बैंकले जनाएको छ। य सले नेपालको हरित, जलवायु अनुकूलन र समावेशी विकासमा सहयोग पुग्ने उल्लेख गरिएको छ। माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिसलेनले सबै नेपालीका लागि दीर्घकालीन उन्नतिको आधारको रक्षा गर्न र अनुकूलन र दिगो विकास निर्माण गर्न डीपीओ शृंखला व्यावहारिक हुने बताए। यसले नेपालको…
दक्षिण एशियाले क्षेत्रीय व्यापार नीतिहरूमा पुनर्विचार गर्नु पर्छ : अध्यक्ष ढकाल
आर्थिक परिवेश२८ मंसिर, काठमाडौं । १५ औं दक्षिण एशियाली आर्थिक सम्मेलन विभिन्न निष्कर्शहरु निकाल्दै शुक्रवार काठमाण्डौमा सम्पन्न भएको छ । दक्षिण एशियाली आर्थिक शिखर सम्मेलनको समापन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाले आफ्ना व्यापार नीतिहरूमा पुनर्विचार गर्न आवश्यक भएकाे बताउनु भयाे । शुक्रबार सम्पन्न १५औँ दक्षिण एशियाली आर्थिक शिखर सम्मेलनको समापन समारोहमा बोल्दै अध्यक्ष ढकालले ढकालले दक्षिण एसिया संसारकै तीव्र आर्थिक वृद्धिका क्षेत्रहरूमध्ये एक भए पनि व्यापार र लगानी प्रवाहका हिसाबले सबैभन्दा कम जोडिएको क्षेत्र रहेको बताउनु भयो । उहाँले क्षेत्रीय आर्थिक एकीकरणका लागि पछिल्लो दशकमा ठोस प्रगति नभएको जानकारी गराउँदै यस क्षेत्रमा घरेलु उद्योगहरूमा दक्षिण…