जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउछु : प्रम दाहाल
आर्थिक परिवेश१५ मंसिर,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुग्नुभएका प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशहरूले भोग्नुपरेको असरका बारेमा पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउने बताउनुभयो । प्रधानमन्त्री दाहालले आफू आफ्ना एजेण्डा राख्ने तयारीका साथ सम्मेलनमा आएको बताउनुभयो । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आयोजना गर्नुभएको स्वागत कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले कोप–२८ मा जलवायु परिवर्तनबाट नेपाललाई परेको असरको क्षतिपूर्तिका रुपमा वित्तीय र प्राविधिक सहयोगको अधिकारलाई…
जलवायु सम्मेलन शुरू हुँदै जलवायु सङ्कटको प्रभाव, जलवायु र जीविकोपार्जनमा छलफल
आर्थिक परिवेश१४ मंसिर,काठमाडौँ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ आजदेखि सुरु हुँदैछ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको यो सम्मेलन यही मङ्सिर २६ गतेसम्म चल्नेछ । मानव इतिहासमा सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड गरिएको र जलवायु सङ्कटको प्रभावले विश्वभरि मानव जीवन र जीविकोपार्जनमा अभूतपूर्व विनाश ल्याएको समयमा यो सम्मेलन हुँदैछ । जलवायु सम्मेलन जलवायु प्रतिबद्धतामा कार्य गर्न र जलवायु परिवर्तनको नराम्रो प्रभावलाई रोक्नका लागि एक निर्णायक क्षण हो । कोप–२८ को अध्यक्षता युएईले गरेको छ र यस वर्षको अध्यक्षमा डा सुल्तान अल जाबेर रहनुभएको छ । सम्मेलनको उद्घाटन केहीबेरमा…
स्वदेशी, एनआरएनए र विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन : अर्थमन्त्री डा. महत
आर्थिक परिवेश१० मंसिर, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी, गैरआवासीय नेपाली (एनआरएनए) र विदेशी लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउनु भएको छ । बैशाख ९ र १० गते आयोजना गर्न लागिएको लगानी सम्मेलनको तयारीबारे भएको छलफलमा मन्त्री डा. महतले भन्नुभयो, ‘यसपटक हामीले विगतमा जस्तो औपचारिकताभन्दा पनि वास्तविक लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागेका हौं । आइतबार अर्थमन्त्रालयमा निर्देशक समितिको पहिलो बैठकपछि मन्त्री डा. महतले भन्नुभयो, ‘यसपटक सम्मेलन आयोजना हुनुअघि सम्भावित लगानीकर्तासँग दुईपक्षीय बैठक गर्ने योजना बनाएका छौं ।’ सम्मेलनमा धेरै जनालाई सहभागी गराउनेभन्दा पनि सम्भावित लगानीकर्तालाई समेट्ने योजना रहेको मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो,…
मुलुककाे आर्थिक अवस्थाका वारेमा प्नधानमन्त्रीबाट निजी क्षेत्र र दलहरूसँग छलफल
आर्थिक परिवेश०५ मंसिर,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपालको आर्थिक अवस्था र चुनाैतिहरूका वारेमा मंगलवार निजी क्षेत्र र विभिन्न दलका प्रतिनिधिसहित छलफल गर्नु भएको छ । सरकारले आन्तरिक छलफलपछि अर्थतन्त्रका समस्या समाधानका उपाय पहिल्याउन राजनीतिक दलका प्रतिनिधि, अर्थविद्, निजी क्षेत्र लगायत सरोकारवालासँग छलफलको आयोजना गरेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएकाे छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्रलाई चलायमान बनाउन सरकार निजी क्षेत्रको साथमा रहेको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले सबैको साझा प्रयासबाट मात्रै अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न सकिने भएकाले अर्थतन्त्रको सुधारका लागि मिलेर काम गर्न सरोकारवाला सबैको सहयोग र साथ रहनुपर्ने बताउनु भएकाे छलफलबाट बाहिरिनु भएका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सञ्चारकर्मीलाई…
डा. थापाको जीवनीमा आधारित ‘राष्ट्र–परराष्ट्र’ पुस्तक सार्वजनिक
आर्थिक परिवेश५ मङ्सिर,काठमाडौँ । वरिष्ठ अर्थशास्त्री एवं कूटनीतिज्ञ डा भेषबहादुर थापाको जीवनीमा आधारित ‘राष्ट्र–परराष्ट्र’ पुस्तक आज सार्वजनिक भएको छ । पत्रकार हरिबहादुर थापाद्वारा लिखित सो पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो । डा थापाले २०६० को दशकदेखि करिब ४० वर्ष नेपालको प्रशासनिक, आर्थिक तथा कूटनीतिक क्षेत्रमा पु¥याउनुभएको योगदान, भूमिका र अनुभवलाई पुस्तकमा समेटिएको छ । विमोचन समारोहमा सांसद् एवं अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपालको आर्थिक तथा कूटनीतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका डा थापाको जीवनीमा आधारित महत्वपूर्ण पुस्तकबाट सम्पूर्ण नेपाली लाभान्वित हुने धारणा व्यक्त गर्नुभयो । सांसद सुमना श्रेष्ठले डा थापाको जीवनीमा आधारित पुस्तक हाम्रो र भावी पुस्ताका लागि महत्वपूर्ण ग्रन्थ हुने…