६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिटेन्स भित्रियो, शोधनान्तर बचत एक खर्ब नजिक
आर्थिक परिवेश

माघ २३, काठमाडाै ।  चालु आर्थिक बर्षको छ महिनाको अवधिमा नेपालमा हुने विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैकले सोमवार जारी गरेको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा यस अवधिमा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैया बराबरको बिप्रेषण रकम नेपालमा भित्रिएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले…

जिडिपीको हाराहारीमा कर्जा प्रवाह, निर्धारित क्षेत्रमा नभै अन्यत्र हुनु जटिल : अर्थशास्त्री र बैकर्स
आर्थिक परिवेश

माघ १८,काठमाडौ ।  बैकर्स तथा अर्थशास्त्रीहरुले मुलुकको आर्थिक समस्या समाधानका लागि सम्वद्ध सबै निकाय एकजुट भएर अघि बढनु आवश्यक भएको बताउनु भएको छ । आर्थिक मडिया संचालक संघ नेपालले बुधवार काठमाण्डौमा आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक अन्तरकृया कार्यक्रममा वक्ताहरुले अहिलेको मुलुकको आर्थिक समस्याको जरो ठिक ढंगले पहिल्याएर त्यसको समाधानकालागि सरकार, नीजि क्षेत्र र बैकिड क्षेत्र अघि बढनु आवश्यक भएकोमा जोड दिनु भयो । अर्थशास्त्री चन्द्रमणी अधिकारीले जिडिपीको हाराहारीमा कर्जा प्रवाह भए पनि त्यसको नतिजा नआएको भन्दै त्यसलाई ठीक ढंगले पहिचान गरी उत्पादनशिल क्षेत्रमा खर्च प्रवाह गर्नु पर्नेमा जोड दिनु भयो । बैकर्स मनोज ज्ञवालीले बैकहरुबाट प्रवाह भएको…

खर्च कटौती र खर्च रोक्का गर्ने अर्थ मन्त्रालयकाे निर्णय,  निर्णय कार्यान्वयन गर्दा १० अर्ब ५० करोड बचत हुने
आर्थिक परिवेश

 १७ माघ,काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको छ । वर्तमान मन्त्रिपरिषद्‍को पहिलो बैठकबाट भएको सार्वजनिक खर्चमा मितव्ययीता कायम गर्ने निर्णयको आधारमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २१ (१) मा भएको व्यवस्था बमोजिम संघीय संचित कोष माथि व्ययभार हुने रकम बाहेक अन्य विनियोजित रकममा सरकारी खर्चमा मितव्ययिता कायम गरी सरकारको वित्त सन्तुलन (fiscal balance) कायम राख्‍न अर्थ मन्त्रालयले  खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेकाे जनाएकाे छ । कोभिड-१९ को प्रभाव, युक्रेन-रसियाको युद्ध तथा अन्य विविध कारणबाट…

अख्तियारद्वारा नेपाल रेल्वेको करिव २ हजार विघा जग्गा संरक्षण गर्न वारा र पर्सा प्रशासनलाई निर्देशन
आर्थिक परिवेश

१६ माघ ,वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा र पर्साका जिल्ला प्रशासन र जितपुरसिमरा उपमहानगरपालिकालाई रेल्वेको जग्गा संरक्षण गर्न निर्देशन दिएको छ । आयोगले एक पत्र लेख्दै नेपाल गभर्मेन्टको रक्सौल अम्लेखगंज–रेलमार्गमा पर्ने १ हजार ७ सय ४९ बिघा जग्गा अतिक्रमणमा परेकाले संरक्षण गर्न निर्देशन दिएको छ । अतिक्रमण गरिएका जग्गाहरुमध्ये वीरगञ्जको पावर हाउस चोकदेखि पूर्व पश्चिम राजमार्गको पथलैयासम्म २२ किलोमिटर खण्डको ६६ फिट चौडा जग्गा विभिन्न व्यक्ति र उद्योगको कब्जामा रहेको छ । रेल्वे क्षेत्रको जग्गा कतिपय अतिक्रमणकारीले नापीबाट प्रमाणित गराएर व्यक्तिगत बनाइसकेका छन् । परवानीपुर ,जीतपुर र सिमरा क्षेत्रमा रेल्वेको जग्गामा बस्ती बसेको छ । तत्कालीन नेपाल सरकारले…

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घाेषणा
आर्थिक परिवेश

माघ,१६ काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी साेमवार मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिनुभयो । आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।