राहत र पुनर्निर्माणको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन अर्थमन्त्रीकाे अध्यक्षतामा समिति गठन
आर्थिक परिवेश०८ असाेज काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउनको लागि भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन गरेको छ । आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गरी पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापना सम्बन्धी कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउन लागि अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा समिति गठन भएको हो । समितिमा अर्थमन्त्री अध्यक्ष, गृह मन्त्री ओम प्रकास अर्याल, शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपाल सरकारको मुख्य सचिव एकनारायणअर्याल सदस्य रहेका छन । शहरी…
विदेशी मुद्राकाे सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड पुग्याे
आर्थिक परिवेश०१ असाेज, काठमाण्डाै । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा नेपालको विदेशी मुद्रा सञ्चिति बढेको छ। असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। उक्त वृद्धिसँगै साउनमा कुल सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ साउन मसान्तमा २.७ प्रतिशतले वृद्धि भई २० अर्ब ३ करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २० खर्ब ८२ साउन मसान्तमा ४.०…
अर्थमन्त्री रामेश्वर खनालबाट पदभार ग्रहण
आर्थिक परिवेशकाठमाडौँ, ३० भदौ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै उहाँले बजेट कार्यान्वयनका लागि आयोजना प्राथमिकिकरणका लागि तीन सदस्यीय कार्यदल गठन गर्नुभएको छ । आज शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले बजेटको कार्यान्वयन गर्न आयोजना प्रथामिकिकरणका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको हो । उहाँले बजेटमा समावेश भए पनि पूर्वतयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गर्नुभएको छ । आवधिक योजनाअनुसार आयोजना बजेटमा परे नपरेको यकिन गर्ने र प्राथमिकतामा नपरेका टुक्रे आयोजना पहिचान गरी खर्च कटौती गर्ने समेत उल्लेख गर्नुभयो । “अब निर्वाचन गर्नुपर्नेछ,…
रोकिएको अर्थ प्रशासनको काम कारबाही आइतवारबाट सूचारु हुने
आर्थिक परिवेश२८ भदौ, काठमाण्डौ । जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट रोकिएको अर्थ प्रशासनको काम कारबाही आइतवारबाट सूचारु हुने भएको छ । अर्थ मन्त्रालय, भन्सार तथा कर कार्यालयहरू, कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलगायत सरकारी निकाय क्षतिग्रस्त हुँदा तत्काल सामान्य प्रकृतिका बाहेक अन्य सेवा दिन नसक्ने अवस्थामा पुगेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार बजेट महाशाखाअन्तर्गतका केही शाखामा क्षति पुगेको छ भने अरू संरचनाबाट तत्काल सेवा दिन सक्ने अवस्थामा मन्त्रालय रहेको छ । मन्त्रालयअन्तर्गतका मुख्य तीन वटा सफ्टवेयरहरू र त्यसको तथ्याङ्क सुरक्षित रहेका छन् । मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबिआईएस), भन्सारअन्तर्गतको आसिकुडा र करतर्फको एकीकृत…
बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध १६० राजमार्ग एकतर्फी सञ्चालनमा
आर्थिक परिवेश२१ भदाै, काठमाडौँ । बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ । विभागका अनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडक अवरुद्ध छन् । जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) पनि अवरुद्ध छ । यसैगरी, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङ्गटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । विभागका अनुसार वरुण नदीमा डाइभर्सन बगाएको छ । चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) पनि अवरुद्ध छ । ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ– स्यफ्रुबेँसी –रसुवागढी सडकखण्ड पनि बन्द भएको छ । विभागका अनुसार छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर) पनि बन्द छ । कोइलाबास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाउँ–थवाङ–लुकुम (शहीद मार्ग),सुर्खेत –तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक पनि अवरुद्ध छ । विभागका अनुसार सडक निर्माणको…