सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना समय अघि सम्पन्न गर्नुस : मन्त्री खडका
आर्थिक परिवेश०७भदाै, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई समय अगावै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आयोजनाको प्रगतिबारे आज मन्त्रालयमा भएको छलफलमा उहाँले राष्ट्रिय गौरवको आयोजनालाई समयभन्दा अगाडि सक्नेगरी काम गर्न निर्देशन दिनुभएको हो । “यो देशकै महत्वपूर्ण आयोजना हो । यसलाई तोकिएको समयअगावै सम्पन्न गरेर मुलुकले अधिकतम लाभ लिनुपर्छ”, मन्त्री खड्काले भन्नुभयो । मन्त्री खड्काले मुलुकको सिँचाई र जलविद्युत् माग पूरा गर्न वैदेशिक ऋण लिएर निर्माण गर्न लागिएको आयोजनालाई तीन चरणमा काम गरेर भएपनि समयमै सक्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आयोजना निर्माणको काम राज्य एक्लैले गर्न नसक्ने भएकाले सबैको साथ र सहयोग…
शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने सरकारकाे निर्णय
आर्थिक परिवेश०६भदाै, काठमाडौँ । नेपाल सरकारले शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने निर्णय गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को बिहिवारकाे बैठकले त्यताे निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो । टिकटकको प्रयोग गरेर विकृति बढाएको भनी टिप्पणी भएपछि तत्कालीन सरकारले गत कात्तिक २७ गते टिकटिकमाथि प्रतिबन्ध लगाएको थियो । सरकारले राखेका शर्तहरू साथै थप चार शर्त सरकारले…
आर्थिक समृद्धि हाँसिल गर्न जलविद्युतकाे आन्तरिक खपत बढाउनु पर्छ : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश०५ भदाै,काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक समृद्धि हासिल गर्न जलविद्युतकाे आन्तरिक खपत बढाउनुपर्नेमा जोड दिनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र उपाय नामक संस्थाको संयुक्त आयोजनामा काठमाडाैमा भएको ‘अनलकिङ इन्भेष्टमेन्ट’ कार्यक्रममा उहाँले ऊर्जा क्षेत्रमा निजी लगानीलाई प्रोत्साहन गर्ने योजना आवश्यक रहेको समेत बताउनुभयो । अर्थमन्त्री पौडेलले सरकारले जलविद्युत् क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र यस क्षेत्रको विकासका लागि विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो । “नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्नेछ । नेपालको समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्न ऊर्जा उत्पादन र आन्तरिक खपतमा जोड दिनुपर्छ”,…
दूध किसानको रकम भुक्तानीमा आफूले कुनै सम्झौता नगर्ने : कृषि विकास मन्त्री अधिकारी
आर्थिक परिवेशकाठमाडौँ । कृषि तथा पशुपन्छी बिकास मन्त्री रामनाथ अधिकारीले दूध किसानको रकम भुक्तानीमा आफूले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । राष्ट्रिय दुग्ध बिकास बोर्डको समन्वयमा आज भएको दुग्ध व्यवसायी सहित सरोकारवालाको छलफलमा मन्त्री अधिकारीले किसानले उधारोमा दूध दिने डेरी तथा उद्योगीले नगदमा बिक्री गर्ने र सो रकम अन्यत्र लगाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्नुभयो । आफूले पद समालेदेखि दूध किसानको समस्या समाधान गर्नेतर्फ केन्द्रित भएको बताउँदै मन्त्री अधिकारीले दुग्ध बिकास संस्थान (डिडिसी) मार्फत किसानलाई बाँकी रकम भुक्तानी गर्ने प्रयासमा लागिरहेको बताउनुभयो । निजी डेरी तथा उद्योगीहरूलाई पनि किसानको रकम यथाशीघ्र भुक्तानी गर्न निर्देशन दिँदै मन्त्री अधिकारीले किसानको रकम भुक्तानीका लागि आफूले…
गत आर्थिक वर्ष मुलुकको अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिए
आर्थिक परिवेश०२ भदाै काठमाडौँ । गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरू बलियो देखिएका छन् । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह अघिल्लो आवको भन्दा बढेको छ । विदेशी मुद्रा सञ्चिति सन्तोषजनक अवस्थामा छ भने शोधनान्तर स्थिति पाँच खर्ब रूपैयाँभन्दा बढीले बचतमा छ । आयात र निर्यात दुवै घट्दा वैदेशिक व्यापार घाटा अघिल्लो आवको तुलनामा घटेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड रूपैयाँ पुगेको छ…