विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताकालाई आवश्यकताका आधारमा संशोधन गरिन्छ : अर्थमन्त्री
आर्थिक परिवेश

०७ चैत्र, काठमाडौं ।   अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताकालाई आवश्यकताका आधारमा संशोधन गरिने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजनका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले सो बताउनुभएको हो । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता वारेमा कतिपय सांसदहरुले परिवर्तित परिस्थितिमा पुनर्लेखन हुनुपर्ने विषय उठाउनु भएको थियो । सरकारका नीतिहरुमा स्थीरता कायम गर्नुपर्ने, राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र परिवर्तित सन्दर्भ अनुसारको आवश्यकता, संभावना र सोचलाई सम्बोधन गर्नेगरी सन्तुलन मिलाएर आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता कायम गरिनेछ अर्थ मन्त्रीले भन्नुभयो । आगामी आर्थिक वर्षको बजेट सोह्रौँ…

संयुक्त सरकारकाे  न्यूनतम साझा कार्यक्रम सार्वजनिक
आर्थिक परिवेश

०६ चैत्र, काठमाडाै ।   सत्तारूढ पाँच  दलले संयुक्त सरकारकाे  न्यूनतम साझा कार्यक्रम मंगलवार सार्वजनिक गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अब हामीले व्यवहारमा जनतालाई डेलिभरी दिने किसिमले कति जिम्मेवारीपूर्वक अगाडि बढ्छौँ भन्ने कुराले यो साझा सङ्कल्प र समीकरणको औचित्यलाई पुष्टि गर्ने बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नयाँ समीकरण जनतामा विकास र समृद्धिको आकाङ्क्षाका साथै सुशासनका आकाङ्क्षालाई तीव्रताका साथ सम्बोधन गर्न बनेको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले अहिलेको नयाँ समीकरणले पनि डेलीभरी दिन नसके देश अप्ठ्यारो स्थितिमा पर्ने भएकाले जनतामा आशा र भरोसा जगाउने गरी लिएको सङ्कल्पको कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले कामद्वारा…

सुन तस्करीमा आराेपित कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौँ लगियाे
आर्थिक परिवेश

०५ चैत्र, काठमाडौं ।   सुन तस्करी प्रकरणमा साेमवार बिहान कपिलबस्तुबाट पक्राउ पर्नुभएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले साेमवार नै  काठमाडौँ ल्याएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो– सिआईबीमा बुझाइएको छ । अनुसन्धानका लागि थुनामा राख्ने आदेशका लागि उहाँलाई साेमवार नै  जिल्ला अदालत काठमाडौँ लगिने प्रहरीले जनाएको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरालाई मुद्दा चलाउन सिफारिश गरेको आधारमा प्रहरीले उहाँलाई कपिलबस्तुबाट पक्राउ गरेको थियो । जाँचबुझ आयोगको सिफारिशका आधारमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रबि लामिछानेले हिजो मात्र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई आयोगले दोषी ठहर्‍याएका महरासहितलाई पक्राउ गर्न निर्देशन दिनुभएको थियो ।

पोखरालाई सुन्दर र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश

०४ चैत्र ,कास्की, पाेखरा ।   नेपालकाे  प्रशिद्ध  पर्यटकीय शहर पाेखरालाई  पर्यटकीय राजधानीको रूपमा घाेषणा गरिएकाे  छ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय शहर पाेखरालाई  पर्यटकीय राजधानीको रूपमा आइतवार आयाेजित विशेष समाराेहका बीच घाेषणा  गर्नु भएकाे हाे । समाराेहमा प्रधानमन्त्री दाहालले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताउनु भयाे । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाउनुभयो । “पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा…

हजारौँ नयाँ स्टार्टअप र उद्यमशीलता सुरु गरिने छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

०३ चैत्र, पोखरा ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई प्रोत्साहन गरिने बताउनुभएको छ । बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई पुरस्कार प्रदान गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले हजारौँ नयाँ स्टार्टअप र उद्यमशीलता सुरु गरिने बताउनु भएकाे हाे । “आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सुस्त कर्जा प्रवाह, मध्यम वर्गीय उपभोगमा आएको गिरावट र पुँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ ।” वर्तमान सरकारले देशको हितमा सही कार्य गर्नेछ भन्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने सरकारको लक्ष्य भएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिकमैत्री बनाउँदै…