देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा हुँदैन : प्रधानमन्त्री
आर्थिक परिवेश२६ साउन काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताउनुभएको छ । ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताउनुभयो । “मुलुकमा अझै पनि २० प्रतिशत नागरिक गरिबीको रेखा मुनी छन् । भोका बालबालिका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हालै संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँगको भेटमा मैले यो कुरा गरेको थिएँ । आउँदो असोजको पहिलो…
सुशासन र संवृद्धिको आकाङ्क्षा पूरा गर्ने दायित्वलाई सबैले आत्मासाथ गर्नुपर्छ : राष्ट्रपति
आर्थिक परिवेश२३ साउन,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र संवृद्धिको आकाङ्क्षा पूरा गर्ने संवैधानिक दायित्वलाई सबैले आत्मासाथ गर्नुपर्ने बताउनुभएको छ । नेपाल जन–प्रशासन सङ्घद्वारा आयोजित हेमबहादुर मल्ल सम्मान अर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासन प्रत्याभूति भएमात्र दिगो शान्ति, सुशासन, विकास र संवृद्धिको आकाङ्क्षा पूरा हुने बताउनुभयो । राष्ट्रपति पौडेलले मुलुकमा विधिको शासन सञ्चालन गर्न, नागरिकहरूलाई दिइने सेवामा दक्षता ल्याउन, सरकारी कामकारबाहीमा पारदर्शिता, जबाफदेहिता र उत्तरदायित्वको बढावा गरी सुशासन कायम गर्न…
अब विकासको नमुना द्रुतमार्ग हुनेछ प्रधानमन्त्री : ओली
आर्थिक परिवेश२१ साउन बकैया (मकवानपुर) । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्वपूर्ण कार्य भएको बताउनु भएको छ । राष्ट्रिय गौरवको काठमाडौँ–तराई –मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)स्थित घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेकाले अब यो विकास निर्माणको गति नरोकिने दृढता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “विगतमा जुन रफ्तारमा विकास हुनुपर्थ्यो, त्यो भएन, अब विकासको नमुना यो द्रुतमार्ग हुनेछ ।” द्रुतमार्ग अघि बढाउने सन्दर्भमा देखिएका बाधा व्यवधानलाई समाधान गर्न सरकार तयार रहेको बताउँदै उहाँले द्रुतमार्ग निर्माणमा देखिएको व्यवधान राजनीतिक मात्र नभई अर्थतन्त्रसँग पनि जोडिएको…
देशलाई दिगो र टिकाउ हुने पूर्वाधार निर्माणको आवश्यकता परेको छ : प्रधानमन्त्री ओली
आर्थिक परिवेश२० साउन, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन विभाग र मातहतका कार्यालयलाई निर्देशन दिनुभएको छ । सडक विभागले शनिबारदेखि ललितपुरमाआयोजना गरेको आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगति समीक्षा गोष्ठीको समापनका अवसरमा निर्देशन मन्तव्य राख्नुहुँदै उहाँले सडकको सुरक्षा र मानिसको सुरक्षा हुनेगरी चालु योजना सम्पन्न गर्न निर्देशन दिनुभएको हो । “मानिसलाई आवश्यक नै नहुने वन र भिरमा सडक खनेर कुनै फाइदा छैन, मानव बस्ती छुने र छोटो हुनेगरी सडक निर्माण गर्न आवश्यक छ, अनावश्यक ठाउँमा ‘ट्र्याक’ खोलेर उपयुक्त हुँदैन, भिरमा बाटो लगेर मानिसका लागि फाइदा हुँदैन, यसका लागि ध्यान दिन जरुरी छ”,…
सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त
आर्थिक परिवेश२० साउन धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमल बहादुर शाह नियुक्त हुनु भएकाे छ । प्रदेश प्रमुख नजिर मियाँले नेपाली काँग्रेस संसदीय दलका नेता शाहलाई आज मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उहाँलाई काँग्रेस र एमालेको समर्थन रहेको छ । शाह यसअघि २०७९ माघ २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्यतिबेला उहाँले करिब १४ महिना सरकारको नेतृत्व गर्नुभएको थियो । केन्द्रमा काँग्रेस र एमालेको नयाँ सत्ता गठबन्धन बनेपछि शाहलाई दोस्रो पटक प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । मुख्यमन्त्रीबाट…