सौर्य एयरको जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन
आर्थिक परिवेश

०९ असार काठमाडौँ ।   काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो । उहाँले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएकाे छ । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ । सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त…

अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा केन्द्रित भएर सरकारले काम गरिरहेको छ : अर्थमन्त्री पाैडेल
आर्थिक परिवेश

०८  साउन,काठमाडौ ।   उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा केन्द्रित भएर सरकारले काम गरिरहेको बताउनु भएकाे छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) कार्यसमितिसँगको अन्तक्र्रियाका क्रममा अर्थमन्त्री पौडेलले अहिले निजी क्षेत्रको मनोबल टुटेको अवस्थामा रहेकाले त्यसलाई उकास्नु र अर्थतन्त्रलाई गति दिनु सरकारको मूल ध्येय रहेको बताउनु भयाे । ‘अहिले माग घटेको अवस्था छ, माग नबढ्दा निजी क्षेत्रले उत्पादन बढाउन सकेको छैन,’ उनले भने, ‘विगतमा अनुकूल अवस्थामा उद्योगी व्यवसायीले लगानी बढाए उनीहरुको एक खालको प्रक्षेपण थियो, नाफा कमाउँछु, कर तिर्छु भनेर अगाडि बढे तर लगातार माग घट्दा साँवाब्याजसमेत तिर्न नसक्ने जोखिम भयो,’ अर्थमन्त्रीले…

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त
आर्थिक परिवेश

०७ साउन,रुपन्देही ।   लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । आचार्यले सोमबार एमालेका २९ र कांग्रेसका २७ सांसद गरी ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी पेश गर्नु भएको थियो । प्रदेश प्रमुख अमिक शेरचनले धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । एमाले काँग्रेसले बुधबार मुख्यमन्त्रीसहित सबै मन्त्रीको शपथको समय मिलाउन प्रदेश प्रमुखलाई अनुरोध गरिसकेका छन् । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सबै मन्त्रीको शपथ एकै पटक मिलाउन अनुरोध गरेको बताउनुभयो । नवनियुक्त मुख्यमन्त्री आचार्यले एकै पटक सबै मन्त्रीसहित मुख्यमन्त्रीको शपथ बुधबार हुने जनाउनुभयो ।

नेपाल चेम्बरले अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्री ओलीलाई ४३ बुँदे सुझाव दियाे
आर्थिक परिवेश

०७ साउन काठमाडौँ ।   नेपाल चेम्बर अफ कमर्सले  साेमवार  प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालको नेतृत्वमा प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको चेम्बरकाे टोलीले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन सुझाव दिएको हो । अध्यक्ष अग्रवालले भेटका क्रममा चालु आर्थिक वर्षको बजेट र आगामी मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले आर्थिक गतिविधिमा आएको सङ्कुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा सङ्कुचन एवं बैङ्क तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानी आकर्षण नभएकोप्रति उहाँले प्रधानमन्त्री ओलीको…

प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाबाट दुई तिहाइ सांसदहरूकाे विश्वासको मत प्राप्त
आर्थिक परिवेश

०६ साउन, काठमाडौँ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ सांसहरूकाे विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आइतवार भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा १८८ मत, विपक्षमा ७४ मत र मत दिन्न भन्ने पक्षमा एक मत परेको छ । बैठकमा कूल २६३ सांसदहरू उपस्थित हुनुहुन्थ्यो । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त मत विभाजनको मतपरिणात सार्वजनिक गर्दै सो जानकारी दिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई यही असार ३० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपलेछि प्रचण्ड पदमुक्त हुनुभएको थियो । एमाले…