नेपालमै पहिलोपटक रोबोटिककाे प्रयाेग गरी सफल अपरेसन सम्पन्न (भिडियो संगै)
आर्थिक परिवेश१६ असार, काठमाडौं । ललितपुरको बिएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी सम्पन्न भएको छ । त्यस अस्पतालमा एकै दिनमा तीनवटा रोबोटिक सर्जरी भएको बिएण्डबी अस्पतालले जनाएकाे छ । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्माले नेपालमा पहिलोपटक रोबोटबाट ३ जना महिलाहरूको एकैदिन शल्यक्रिया सर्जरी सम्पन्न भएको हाे । ल्याप्रोस्कोपिक सर्जन तथा आइभिएफ विशेषज्ञसमेत रहेकी शर्माले रोबोटक प्रक्रियाबाट एकजना ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिष्ट र अर्की ३४ वर्षकी एक महिलाको पाठेघरको ट्युमर निकाल्नु भएकाे हाे । नेपालमा पहिलोपटक रोबोटिक सर्जरी भइरहँदा भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डाक्टर लीना मेहरोटाले स्क्रिन सेयर गरेर अनुगमन गरिरहनु…
असार १५ मानाे राेपेर मुरी फलाउने दिन : फाेटाे फिचर
आर्थिक परिवेश१५ असार, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार चितवनमा असार १५ काे अवसरमा विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनु भएकाे छ । त्यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले धान खेतिकाे महत्वका वारेमा चर्चा गर्दै धानकाे उत्पादनका अतिरिक्त अन्य खाद्यवालिहरूमा समेत देश अात्मर्निभर हुनु पर्नेमा जाेड दिनु भयाे । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा शनिवार आयोजित चितवनकाे कार्यक्रममा धान रोप्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल तथा अन्य तस्वीरहरू फाेटाे फिचर तस्बिर : प्रदीपराज वन्त /प्रधानमन्त्रीको सचिवालय
सूचना प्रविधि क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छः अर्थमन्त्री पुन
आर्थिक परिवेश१३ असार,काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सूचना प्रविधि (आईटी) क्षेत्रमा नेपालले क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताउनु भएकाे छ । माओवादी केन्द्र सम्वद्ध मजदुर संगठन अखिल नेपाल टे«ड युनियन महासंघले मंगलबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले दुई उदयीमान छिमेकी भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र आईटी भएको बताउनु भएकाे हाे । अर्थमन्त्री पुनले आईटीमा प्रचुर सम्भावना देखेरै आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयाे । भू–परिवेष्ठित अवस्थितिमा रहेको नेपालले सामुद्रिक पहुँच प्रयोग गरेर विश्व बजारमा आफ्ना उत्पादन लैजान चुनौतीपूर्ण रहेको चर्चा गर्दै उनले आईटी उपयुक्त विकल्प भएको उल्लेख गर्नु भयाे । गत आर्थिक…
लुम्बिनीकाे आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित
आर्थिक परिवेश१२ असार, काठमाडौ । लुम्बिनी प्रदेश सभाको बैठकले प्रदेशको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव ध्वनिमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गर्नुभयो । प्रदेशसभामा यही असार १ गते आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोडको बजेट पेस गर्नुभएको थियो । आगामी वर्ष आन्तरिक राजस्वमार्फत सात अर्ब ५१ करोड र सङ्घबाट १२ अर्ब एक करोड र सङ्घबाट सलामी दस्तुरबापत ५० करोड र स्थानीय तहबाट दुई…
ऋणलाई बढीभन्दा बढी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा खर्च गरिन्छ : अर्थमन्त्री
आर्थिक परिवेश११ असार ,काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य ऋणलाई बढीभन्दा बढी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा खर्च गरिने बताउनुभएको छ प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले ऋण लिएर अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताउनुभयो । उहाँले भूकम्पपछिको पुनःनिर्माणका क्रममा ऋणको मात्रा बढे पनि आर्थिक वृद्धि भने भइरहेको बताउनुभयो । “आन्तरिक ऋण लिँदा निजी क्षेत्रले कर्जा नपाउने अवस्था आउन नदिन सरकार सचेत छ, ऋणको नयाँ नयाँ सम्भावनाबारे बजेटले स्पष्ट पारेको छ”, उहाँले भन्नुभयो, “भूकम्पपछिको पुनःनिर्माणका क्रममा ऋणको मात्रा बढेको हो तर उक्त ऋणले लगातार सात प्रतिशतको…