जुम्लाबाट ७ हजार मेट्रिकटन टन बढी स्याउ निर्यात ५५ करोड रकम भित्रियाे
आर्थिक परिवेश०३ कार्तिक काठमाण्डाै । जुम्लाबाट सात हजार मेट्रिकटन टन भन्दा बढी स्याउ निर्यात भएको छ। कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउ हालसम्म करिब सात हजार ३३० मेट्रिकटन बाहिरी जिल्लामा गएको छ। कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जिल्लामा करिब १९ हजार ५०० मेट्रिकटन स्याउ उत्पादन भई ५५ करोड रुपेया बराबरको कारोबार हुने अनुमान गरिएको जानकारी दिनु भयाे । हाल प्रतिकेजी न्यूनतम रु ७५ मा स्थानीय बगैँचाबाट किसानले स्याउ बिक्री गरिरहेका छन्। तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा भएको सामूहिक स्याउ खेतीबाट मात्र ३४ मेट्रिकटन स्याउ उत्पादन भएको छ। जसबाट मात्र रु ३० लाख बराबरको…
९ स्थानीय तहमा भूमि बैङ्क स्थापना गर्न स्वीकृति प्रदान
आर्थिक परिवेश२९ असाेज, काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप चार स्थानीय तहमा भूमि बैङ्क स्थापना गर्न स्वीकृति दिएको छ । मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका र पाल्पाको रिब्दीकोट गाउँपालिकालाई भूमि बैङ्क स्थापना गर्न स्वीकृति दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको हो । यससँगै स्थानीय तहमा भूमि बैङ्क स्थापना गर्ने पालिकाको सङ्ख्या नौ पुगेको छ । भूमि बैङ्कमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ । त्यस सन्दर्भमा जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिइने र त्यसबापत जग्गाधनीले तोकिएको…
रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयले १० अर्ब रूपैया बराबरको स्रोत सहमति दियाे
आर्थिक परिवेश०७ असाेज,काठमाडौँ । आगामी खेती यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयले १० अर्ब रूपैया बराबरको स्रोत सहमति दिएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी याममा किसानलाई आवश्यक रासायनिक मल सहज रूपमा आपूर्ति गर्न तयारी अघि बढाउनु भएको छ। स्रोत सहमति प्राप्त भएसँगै उक्त रकमबाट आवश्यक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ। किसानले खेती गर्ने समयमा मल अभाव व्यहोर्न नपरोस् भन्ने उद्देश्यले समयमै मलको व्यवस्थापन, खरिद प्रक्रिया र आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउन मन्त्री चौधरीले निर्देशन दिनुभएको छ।
मुस्ताङमा साेमवारदेखि सबै प्रजातिका स्याउ टिप्न खुल्ला
आर्थिक परिवेश२२ भदौ, मुस्ताङ । मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुल्ला गरिएको छ । गत भदौ ८ गतेको जिल्लास्तरीय निर्णयअनुसार आजदेखि ढिलो पाक्ने स्याउ उत्पादनको पोस्ट हार्भेस्ट खुल्ला गरिएको हो । यसअघि मुस्ताङमा छिटो पाक्ने स्याउ भदौ १५ गतेदेखि टिपाइ गर्न पाइने निर्णय भएको थियो । आजदेखि ढिलो पाक्ने स्याउको बगैँचामा टिपाइ गर्न पाइने गरी खुल्ला गरिएको हाे । मुस्ताङमा उत्पादन हुने स्याउमध्ये गाला, फुजी र साउने स्याउ छिटो पाक्ने प्रजातिअन्तर्गत पर्छन् । अन्य जातका स्याउ केही ढिलो पाक्ने सूचीअन्तर्गत पर्दछन् । मुस्ताङी स्याउको ‘ब्रान्ड’लाई जोगाई राख्न जिल्लास्तरबाट स्याउ टिप्ने पाइने कार्यतालिका सार्वजनिक गरिएको हो । जिल्ला समन्वय समिति, मुस्ताङको…
कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाख १७ लाभान्वित
आर्थिक परिवेश२१ भदौ, काठमाण्डौ । सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १८ लाख १६ हजार ८०७ परिवार लाभान्वित भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उत्पादन वृद्धि गर्न देशभर सञ्चालन गरेको कार्यक्रमबाट सो परिमाणमा लाभान्वित भएका हुन् । सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने बृहत् राष्ट्रिय कार्यक्रम अन्तर्गत ३९ अर्ब ५८ करोड खर्च गरिएको छ । आयोजना अन्र्तगत आंशिक र पूर्ण गरी २३ लाख ८३ हजार १८४ जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डा जितबहादुर चन्दले जानकारी दिनुभयो । दश वर्षका…