देशभर करिब ९८ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न
आर्थिक परिवेश

 ०६ भदाै,काठमाण्डाै  ।    कृषि विभागले देशभर करिब ९८ प्रतिशत क्षेत्रमा धान  रोपाइँ सम्पन्न भएको जनाएको छ। यो गत वर्षको तुलनामा १.९२ प्रतिशतले धेरै हो। विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आजसम्म १३ लाख ४१ हजार ७६४ हेक्टर जमिनमा रोपाइँ भएको छ। विभागले १३ लाख ७० हजार हेक्टर जमिन खेतीयोग्य रहेको जनाएको छ।  प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कर्णालीमा ९८.५ प्रतिशत, लुम्बिनीमा ९७.८७ प्रतिशत, गण्डकीमा ९६.६८ प्रतिशत, बागमतीमा ९७.८२ प्रतिशत, मधेसमा ९८.१० प्रतिशत, कोसीमा ९७ प्रतिशत रोपाइँ सकिएको छ। विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले विशेषगरी मधेस प्रदेशलगायतका क्षेत्रमा पर्याप्त पानी नपरेकाले यस वर्ष केही ढिला…

दूधको भुक्तानी अवधि ८ महिनाबाट घटाएर २५ दिनमा झार्ने योजना : कृषि मन्त्री
आर्थिक परिवेश

०२ भदौ, काठमाण्डौ ।   सरकारले किसानको दूधको भुक्तानी अवधि आठ महिनाबाट घटाएर  भदौ अन्तिम साताभित्र २५ दिनमा झार्ने योजना अघि सारेकाे छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले  किसानबाट खरिद गरेको दूधको भुक्तानी अवधी घटाउने प्रतिबद्धता जनाउनु भएको हाे । विगतमा किसानको दूधको भुक्तानी अवधि आठ महिनाबाट घटाएर हाल तीन महिनामा झारिएको र आगामी दिनमा त्यसलाई अझ कम गर्देै भदौ अन्तिम साताभित्र २५ दिनमा झार्ने योजना रहेको बताउनु भयो । गत वैशाख २० गतेदेखी भलौ १ गते सम्म किसानलाई ६० करोड बराबरको भुक्तानी गरेको जानकारी गराउनु भयो । दुग्ध विकास संस्थानसँग…

साउन २२ सम्म देशभरि करिब ९६ प्रतिशत रोपाइँ सम्पन्र
आर्थिक परिवेश

२५ साउन, काठमाडौं ।   हरेक वर्ष जस्तै यस वर्ष पनि किसानले रासायनिक मलको अभाव र अनेकौँ सास्ती भोग्नुपरेको छ । सरकारले समयमै मल उपलब्ध गराउन नसक्दा रोपाइँको मुख्य समयमा किसानहरू  भौँतारिन बाध्य भए । तर, आवश्यक मलखाद नपाए पनि यतिबेला देशभरिको धान रोपाइँ करिब अन्तिम चरणमा पुगेको छ । कृषि विभागकाे विवरण अनुसार  साउन २२ गते सम्मको अवधिमा देशभरि करिब ९६ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिसम्मको तथ्यांक हेर्ने हो भने २०८२ साउन २५ सम्म जम्मा ९१.३१ प्रतिशत मात्र रोपाइँ हुन सकेको थियो । यस वर्ष भने धानखेती हुने क्षेत्रफलमध्ये ९५.५ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको छ ।…

पाेखरामा दोस्रो कोदो रोपाइँ महोत्सव–२०८३ सम्पन्न
आर्थिक परिवेश

  १७ साउन कास्की  । “कोदो बाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन भन्ने मूल नाराका साथ राष्ट्रिय कोदो दिवसको अवसरमा कास्कीको रुपा गाउँपालिकाले आयोजना गरेको दोस्रो कोदो रोपाइँ महोत्सव–२०८३ सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा वडा नं. ६ र चिसापानी कृषक समूहको समन्वयमा आयोजित महोत्सवले रैथाने बालीको संरक्षण, उत्पादन वृद्धि, बजारीकरण, पोषण सुरक्षा तथा कृषि पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन् । महोत्सवमा कोदो रोपाइँसँगै कोदोका १३ जातको ब्लक प्रदर्शन, कोदोबाट बनेका विभिन्न परिकारको प्रदर्शनी, स्थानीय सांस्कृतिक प्रस्तुति, भजन–चुट्का तथा कृषकहरूको अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गरिएको थियो । महोत्सवको उद्घाटन गर्दै भीमबहादुर कार्कीले कोदो नेपाली…

देशभर काेदाे दिवस मनाइदै काेदाे आयात बर्षेनी बढ्दै
आर्थिक परिवेश

१६ साउन, काठमाडौं ।    काेदाे बालीकाे महत्व,उपयाेगिता तथा  प्रवर्द्धनकाे वारेमा चर्चा गर्दै शनिवार नेपालमा काेदाे दिवस मनाइदै छ । सरकारले ‘कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा सम्बर्द्धन’ भन्ने मूल नारासाथ यस वर्ष ‘दोस्रो राष्ट्रिय कोदो दिवस २०८३’ मनाउने लागेकाे छ । धान, मकै र गहुँपछि नेपालको चौथो मुख्य खाद्यान्न बालीका रूपमा रहेको कोदोको महत्त्व उजागर गर्न, खेती विस्तार गर्न र आम मानिसमा यसको उपभोग बढाउन यो दिवस मनाउन लागिएको कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागले जानकारी दिएको छ । कृषि मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार नेपालमा २ लाख १४ हजार ४ सय ७७…