कृषि फार्ममा रोजगार पाउँदा स्थानीय खुसी
आर्थिक परिवेश०४ जेठ, घोराही (दाङ)। यहाँको घोराही उपमहानगरपालिका–२ निमुरियाका मुना चौधरी स्थानीयस्तरमा सञ्चालनमा रहेको कृषि फार्ममा रोजगार पाउँदा खुसी हुनुहुन्छ । गाउँमै रोजगार पाएकैले अन्यत्र काम खोज्नु जान नपरेको उहाँ बताउनुहुन्छ । छोराछोरीको पढाईदेखि घर खर्च टार्न पनि सहज भएको उहाँको अनुभव छ । कृषि फार्ममा काम पाएपछि पहिलेजस्तो खाली बस्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयोे । “पहिले हिउँदमा काम नहुँदा घरमै बस्नुपथ्र्यो, तर यहाँ कृषि फार्म खुलेपछि गाउँघरमै काम पाइनुका साथै आम्दानी पनि भइरहेको छ”, उहाँले भन्नुभयो । हाल मासिक १४–१५ हजार रुपैयाँ कमाउने गरेको उहाँको भनाइ छ । उहाँजस्तै सोही स्थानका अर्का स्थानीय देवा चौधरी पनि गाउँघरमै रोजगारी प्राप्त…
उन्नत जातका उखुमार्फत उत्पादन वृद्धिको योजना छ सरकार
आर्थिक परिवेश२ जेठ, काठमाडौँ । सरकारले चिनीमा परनिर्भर हुनुपर्ने विद्यमान अवस्था अन्त्यका लागि उन्नत जातका उखुमार्फत उत्पादन वृद्धिको योजना अघि सारिएको स्पष्ट पारेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयमार्फत नेपालमा सञ्चालित चिनी उद्योगको उत्पादन क्षमता अभिवृद्धिका लागि सबै पक्षको समन्वयमा किसानलाई उखु खेतीमा आधुनिक प्रविधिको प्रयोगका सम्बन्धमा सहजीकरण गर्ने तयारी भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । भारत सरकारले हालै चिनी निर्यातसम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी निर्यातमा प्रतिबन्ध लगाएको परिस्थितिका बीच सरकारले उक्त तयारी थालेको हो । आम उपभोक्ताको हित, बजार मूल्यको स्थिरता तथा चिनीको सहज उपलब्धताका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले हालै नेपाल चिनी…
किसानले दुध बिक्री बापतकाे ५५ करोड भूक्तानी पाएनन
आर्थिक परिवेश१० चैत, चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत ५५ करोड भूक्तानी पाउन सकेका छैनन् । उनीहरुले बिगत ६ महिनादेखिको भूक्तानी पाउन सकेका छैनन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार गत कात्तिकदेखिको दुधको भूक्तानी नपाउँदा किसान समस्यामा छन् । बजारको समस्या नभए पनि दुग्ध विकास संस्थानसहित ठूला दूध उद्योगले रकम भूक्तानी नगर्दा दुग्ध उत्पादक किसान समस्यामा परेका हुन् । उहाँले भन्नुभयो “संस्थानको ६ महिनादेखि र अन्य उद्योगको तीन महिनादेखिको भूत्तानी बाँकी छ ।” साना उद्योगले नियमित भूक्तानी गर्ने गरेको भए पनि ठूला उद्योगको भूक्तानी बाँकी रहेको अध्यक्ष वगालेले जानकारी दिनुभयो । जिल्लामा…
अलैँचीको निर्यात करिव ६० प्रतिशतले बढ्याे
आर्थिक परिवेश१० फागुन, काठमाण्डौ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात करिव ६० प्रतिशतले बढेको छ । कार्यालयका अनुसार त्यस अवधिमा आठ अर्ब ६१ करोड २० लाख सात हजार बराबरको अलैँची निर्यात भएको छ । चालुआवको दश महिनाको अवधिमा ४ हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । अघिल्लो आव २०८१÷८२ को सोही अवधिमा ५अर्ब ३८ करोड ८० लाख बराबरको अलैँची निर्यात भएको थियो । कार्यालयको तथ्याङ्क अनुसार चालु आवको दश महिनामा चियाको निर्यात भने २६ दशमलव ७० प्रतिशतले घटेको छ । त्यस अवधिमा २ अर्ब…
माघे सङ्क्रान्तिमा डेढ करोडको कन्दमूलकाे काराेवार
आर्थिक परिवेश३० पुष पोखरा । माघे सङ्क्रान्तिलाई लक्षित गरी पाेखरामा करिब डेढ करोड रुपैयाँ बराबरको कन्दमूल भित्रिएको छ । माघे सङ्क्रान्तिमा विशेष रूपमा खाइने तरुल, सखरखण्डलगायतका कन्दमूल कास्कीका विभिन्न स्थानसँगै छिमेकी सहित देशका अन्य जिल्ला हुँदै भारतबाट समेत भित्रिएको व्यवसायीहरूले बताउनु भएको छ । पोखराको शान्ति वन वाटिकास्थित कृषि उपज बजार व्यवस्थापन (फलफूल तथा तरकारी बजार) देखि विभिन्न कृषि उपज बजार र फलफूल–तरकारी पसलहरूमा कन्दमूलको बिक्रीका लागि राखिएको छ। बजारमा विभिन्न जातका तरुल न्यूनतम ५० रुपैयाँदेखि अधिकतम २०० रुपैयाँ प्रतिकेजीसम्म बिक्री भइरहेको छ । पोखराका कन्दमूल व्यवसायी डम्बर बहादुर थापा अनुसार पन्जे तरुल प्रतिकेजी ७० रुपैयाँ, भैँसे तरुल ४५ देखि ५० रुपैयाँ,…