६ दिन पछि शेयर बजारमा सामान्य अंककाे सुधार
आर्थिक परिवेश१६ भदौ,काठमाण्डौ । अघिल्ला ६ कारोबार दिन लगातार घटेको नेपाली शेयर बजारको कारोवार मंगलवार भने केही बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिन बजार परिसूचक नेप्से ९.१६ भदौ,काठमाण्डौ । अघिल्ला ६ कारोबार दिन लगातार घटेको नेपाली शेयर बजारको कारोवार मंगलवार भने केही बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिन बजार परिसूचक नेप्से ९.२४ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५२२ अंकमा कायम भएको छ । परिसूचक बढे पनि बजारको कारोवार रकम भने यस दिन घटेको छ । अघिल्लो दिन ३ अर्ब ६४ करोडको कारोबार भएकोमा मंगलवार २ अर्ब ८९ करोडरुपैयाको मात्र कारोवार भएको छ । …
नेप्से परिसूचक दोहोरो अङ्कले घट्याे
आर्थिक परिवेश०२ भदौ, काठमाण्डौ । मंगलवार नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । यस दिन नेप्से परिसूचक १९ दशमलव ३४ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ४८ मा झरेको छ । मंगलवार विभिन्न कम्पनीहरुका १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयरहरु ५ अर्ब ७ करोड ३५ लाख मूल्यमा किनबेच भएका छन् । यस दिन बजारमा एउटा उपसमूहको सेयर मूल्य बढेको छ भने १२ उपसमूहको मूल्य घटेको छ । मंगलवार ५६ कम्पनीको सेयर मूल्य बढ्यो भने २१८ कम्पनीको सेयर घटेको छ ।
नेप्से परिसूचक मंगलवार दोहोरो अङ्कले घट्याे
आर्थिक परिवेश१९ साउन काठमाडौँ। नेपाली शेयर बजारकाे कारोबार मापन गर्ने नेप्से परिसूचक मंगलवार दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १५ अङ्कले घटेर दुई हजार ६६३ दशमलव १८ अङ्कमा झरेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६६ अङ्कले घटेर ४६७ दशमलव ९६ पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ४० अङ्कले घटेर १८३ दशमलव ३३ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक एक दशमलव आठ अङ्कले घटेर १५८ दशमलव ५७ मा पुगेको छ । मंगलवार विभिन्न कम्पनीका एक करोड सात लाख ६१ हजार ३९६ कित्ता सेयर रु चार अर्ब…
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्याे
आर्थिक परिवेश१५ साउन, काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४४ अङ्कले बढेर ४७० दशमलव १३ पुगेको छ । त्यस्तै फ्लोट सूचक एक अङ्कले बढेर १८४ दशमलव ५९ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव ७७ अङ्कले बढेर १५९ दशमलव ४८ मा पुगेको छ । आज विभिन्न कम्पनीका ८८ लाख ५१ हजार २१६ कित्ता सेयर रु तीन अर्ब ७५ करोड…
चाैथाे दिन पनि शेयर बजारमा दाेहाेराे अंककाे गिरावट
आर्थिक परिवेश१४ साउन, काठमाडौं । यो साताको लगातार चौथो कारोबार दिन नेपाली शेयर बजारकाे काराेवार घटेको छ । बिहीबार बजारको परिसूचक नेप्से १६.२९ अंक घटेको हो । यो कमी पछि नेप्से २६७२ अंकमा अडिएको छ । यो साता कारोबार सुरु भएदेखि नै बजार लगातार घटिरहेको छ । साताको चार दिनमा नेप्से परिसूचक ६२ अंकले घटेको छ । गत शुक्रबार नेप्से २७३४ अंकमा रहेकाे थियो । यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब २ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३८ करोडको भयो । बिहिवार ५९ कम्पनीहरूको मूल्य बढ्दा २०६ को घट्यो भने ११ को स्थिर रह्यो…