नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न कडा निर्देशन जारी
आर्थिक परिवेश३१ असाेज,काठमाण्डाै । नेपाल धितोपत्र बोर्डले नेपालकाे शेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नियमनको दायरा थप कसिलो बनाएको छ। बोर्डले जारी गरेको ‘सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८३’ ले धितोपत्र व्यवसायी तथा वस्तु विनिमय व्यवसायीलाई ग्राहकको पहिचान, कारोबारको स्रोत, वास्तविक स्वामित्व र शंकास्पद गतिविधिको निगरानीमा थप जिम्मेवार बनाएको छ। २०८३ असोज ३० गतेदेखि लागू हुने व्यवस्था अनुसार अब धितोपत्र बजारका सूचक संस्थाले ग्राहकको विवरण संकलन गरेर मात्र पुग्ने छैन, त्यसको सत्यता पुष्टि गर्ने, नियमित रूपमा अद्यावधिक गर्ने र कारोबारको जोखिमअनुसार निगरानी गर्ने प्रणालीसमेत विकास गर्नुपर्नेछ। निर्देशनले विशेषगरी अस्वाभाविक कारोबार, शंकास्पद…
१५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्दा पाँच दिनअघि नै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने
आर्थिक परिवेश२४ असाेज काठमाण्डाै । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्दा पाँच कारोबार दिनअघि नै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ। बोर्डको नियमन विभागले असोज २३ गते जारी गरेको पत्रमार्फत यसअघि जारी निर्देशिकामा संशोधन तथा थप व्यवस्था गरेको हो। धितोपत्र कारोबारलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ४८ को उपदफा (१) बमोजिम बोर्डले निर्देशिका संशोधन गरेको जनाएको छ। संशोधित व्यवस्थाअनुसार, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा बिक्री…
नेप्से परिसूचक मंगलवार दोहोरो अङ्कले बढ्याे
आर्थिक परिवेश२० असोज, काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढेर दुई हजार ५७८ दशमलव ७३ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई अङ्कले बढेर ४६१ दशमलव ८६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक शून्य दशमलव ८२ अङ्कले बढेर १७७ दशमलव ७१ मा पुगेको छ । यसैगरी सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ७५ अङ्कले बढेर १५५ दशमलव ८४ मा पुगेको छ । आज विभिन्न कम्पनीका ८९ लाख ५५ हजार २३० कित्ता सेयर तीन अर्ब १३ करोड…
नेप्सेमा ४ अर्ब ८९ करोड रुपैयाँ बराबर सेयरकाे कारोबार
आर्थिक परिवेश१५ असोज, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) काे परिसूचक बिहीबार सामान्य अंकले बढेको छ । हरेक दिन घटेको नेप्से बिहीबार भने ०.२६ अंक मात्रै बढेको हो । यो साता नेप्सेमा कारोबार भएका सोमबार, मंगलबार र बुधबार बजार सूचक घटेको थियो । बिहीबार भने बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य बढेपछि त्यसको सकारात्मक प्रभाव नेप्से सूचकमा देखिएको हो । नेप्सेमा बैंकिङ, विकास बैंक तथा फाइनान्स कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन नेप्सेमा कारोबार भएका १ सय ३९ कम्पनीको सेयर मूल्य बढेको छ । तर, १ सय २८ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन…
नेप्से परिसूचक बिहिवार दोहोरो अङ्कले बढ्याे
आर्थिक परिवेश०८ असाेज,काठमाडौँ । नेपाली धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिवार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से परिसूचक ११ दशमलव ७७ अङ्कले बढेर २ हजार ६२९ दशमलव ८१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५५ अङ्कले बढेर ४६९ दशमलव ०१ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक शून्य दशमलव ७९ अङ्कले बढेर १८१ दशमलव १८ मा पुगेको छ । यसैगरी सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ५५ अङ्कले बढेर १५८ दशमलव ३६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड ७२ लाख ७० हजार ४४९…