लामाे समय पछि शेयर बजारमा सामान्य सुधार काराेवार रकममा उच्च वृद्धि
आर्थिक परिवेश३० असार, काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढेर दुई हजार पाँच सय ७६ दशमलव २६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर ४५१ दशमलव ३४ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३२ अङ्कले बढेर १७६ दशमलव ८८ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव २० अङ्कले बढेर १५२ दशमलव ५० मा पुगेको छ । आज विभिन्न कम्पनीको एक करोड ८२ लाख ९३…
नेप्से ३०.६० अंकले घट्याे परिसूचक ८ महिनाकै न्यून बिन्दुमा
आर्थिक परिवेश२९ असार, काठमाडौं । साताकाे पहिलाे काराेवार दिन सोमबार नेपाली शेयर बजारकाे परिसूचकमा उच्च अंकको गिरावट आएको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) काे ३०.६० अंकले घटेर २५७० बिन्दुमा झरेको छ । सोमबार सेयर बजार करिब ८ महिनाकै न्यून बिन्दुमा झरेको हाे । नेप्सेको यो अंक गत मंसिर ४ गते यताकै न्यून अंक हो । त्यस दिन नेप्से २५६० अंकमा रहेकाे थियो । साेमवार २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको सेयरहरूकाे मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । सोमबार ३६८ कम्पनीको ४ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६…
नेप्से परिसूचक २६ दशमलव २९ अङ्कले ओरालो
आर्थिक परिवेश२२ असार, काठमाडौँ । नेपाली धिताेपत्र बजारकाे शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार ६२७ दशमलव ११ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५३ अङ्कले ओरालो लागेर ४५६ दशमलव २७ मा पुगेको छ । कूल ३५६ कम्पनीको ७५ लाख ४० हजार ४१८ कित्ता शेयर रु तीन अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार नेपाल इन्भेस्टमेन्ट बैङ्कको ऋणपत्र–२०८४, सेन्ट्रल फाइनान्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट, आँखु खोला जलविद्युत्…
शेयर बजार बिहिवार पनि सुधार सूचक २६६१ अंकमा
आर्थिक परिवेश१८ असार,काठमाण्डौ । अघिल्लो दिन बुधवार ४४ अंकले बढेको नेपाली सेयर बजारको परिसचक नेप्से बिहीबार थप ८.७८ अंकले बढेको छ । बिहिवार बैंकिङ समूहको उच्च वृद्धिले समग्र सेयर बजार बढाएको हो । यो वृद्धिसँगै नेप्से परिसूचक २६६१ अंकमा कायम भएको छ । सात कारोबार दिनसम्म लगातार घटेको नेपाली शेयरबजारले हिजो बुधबारदेखि वृद्धिको लय समातेको छ । बजार बिहिवार दिनभर रातो भए पनि अन्तिम ४५ मिनेट उकालो लागेपछि अन्ततः हरियो भएर बन्द भयो । एस यस दिन बजारको कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ८६ करोडको कारोबार भएकोमा बिहिवार ४ अर्ब ११ करोडको भयो । यद्यपि धेरैजसो…
सेयर बजार २०. २७ अंकले घट्याे
आर्थिक परिवेश२५ जेठ, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २०. २७ अंक घटेको छ । यसअघि शुक्रबार ११ तथा बिहीबार १३ अंकले बजार परिसूचक नेप्से घटेको थियो । आजको कारोबारपछि नेप्से २७३५ अंकमा अडिएको छ । आज कारोबार सुरु भएको ५ मिनेटपछि नै झर्न थालेको बजार अन्तिम समयसम्म रातो अंकमा रह्यो । ४१ कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने ६ को स्थिर रह्यो । कारोबार रकम डेढ अर्ब बढी घटेको छ । अघिल्लो दिन ५ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८ करोडको भयो । फाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन् । फाइनान्स ०.२६…