काठमाडौं। सुनचाँदीको मूल्यमा मंगलबार सामान्य गिरावट छ। सुन अघिल्लो दिनको भन्दा तोलामा २ सय रुपैयाँ घटेको छ। मंगलबारका लागि कारोबार मूल्य प्रतितोला ९३ हजार ८ सय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साताको पहिलो दिनका तुलनामा ४ सय बढ्दा सोमबार बजार मूल्य प्रतितोला ९४ हजार रुपैयाँ भएको थियो।
चाँदी तोलामा ५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ११ सय ६५ रहेको चाँदी मंगलबार ११ सय ६० रुपैयाँ भएको छ। साताको पहिलो दिनका तुलनामा सोमबार तोलामा १५ रुपैयाँ बढेको थियो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १७०७.३७ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १८.६३ डलर छ। सोमबार सुन १७१५.३३ डलर र चाँदी १८.८६ डलर थियो।
मा प्रकाशित