इन्धनको मूल्य घटाउने स्थीति छैन ः आयल निगम

आर्थिक परिवेश

 

काठमाण्डौ । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य घटाउने स्थीति नरहेको बताएको छ ।
भारतबाट तेलको मूल्य घटेर आएपनि पेट्रोल बाहेका अन्य इन्धनमा घाटा कायम नै रहेकाले तत्काल इन्धनको मूल्य घटाउने स्थीति नरहेको उल्लेख गरेको छ ।
निगमले बुधबार एक बिज्ञप्ती जारी गर्दै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले हाललाई नेपालमा मूल्य यथावत राख्ने बताएको हो ।
विज्ञप्तिमा निगमलाई अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेको उल्लेख गरेको छ । निगमले आईओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।
आइओसीले गत सोमबार पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेको नयाँ मुल्य सूची पठाएको थियो ।
खासगरी भारतबाट दुई पटक मूल्य घटेर आएपछि निगम पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७८ पैसा नाफामापुगेको छ । डिजलमा भने अझै पनि ९ रुपैयाँ ३७ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ४९९ रुपैयाँ नोक्सानीमा रहेको निगमले जनाएको छ ।

मा प्रकाशित