सुनको मुल्यमा उतार चढाव जारी बढेर ९७ हजार

आर्थिक परिवेश

काठमाण्डौ । नेपाली सुनचाँदी बजारमा शुक्रवार छाप भएको सुनको मूल्य प्रतितोला सात सयले बढेर ९७ हजार तीन सय तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला ९६ हजार छ सयमा कारोबार भएका थियो ।
यस दिन तेजाबी सुन प्रतितोला ९६ हजार आठ सयमा कारोवार भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार एक सयमा कारेवार भएको थियो ।
त्यस्तै शुक्रवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय २५ कायम रहेको छ ।

मा प्रकाशित