काठमाण्डौ । दीगो पूर्वाधारमार्फत देशको समग्र विकास उद्देश्यले आगामी भदौं २३ र २४ गते चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन आयोजना हुने भएको छ ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदायको सह आयोजकत्वमा सम्मेलन आयोजना हुने भएको हो ।
विश्वव्यापी रुपमा भईरहेको पूँजी अभाव र बढ्दो ब्याजदरले पूर्वाधार क्षेत्रमा लगानीका लागि स्रोत परिचालनमा थप चुनौती बनेको बेलामा स्थानीय र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई विश्वासमा लिएर नवप्रवर्तनकारी वित्तीय उपकरण र ढाँचामा केन्द्रिकृत गरेर संवादको माध्यमबाट कमीलाई सम्मेलन केन्द्रीत हुने नेपाल उद्योग परिसंघले जनाएको छ ।
सम्मेलनको क्रममा पूर्वाधारका लागि लगानी प्रबद्र्धन, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल हुनेछ । सम्मेलनमा २५ देशबाट ६ सय भन्दा बढीको सहभागिता हुने अपेक्षा अपेक्षा गरेको परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले पत्रकार सम्मेलनमा जानकारीदिनु भयो ।