रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता लिला गिरी नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानकाे धारा १६८ को उपधारा (२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यसअघि, लुम्बिनी प्रदेशमा सरकारको नेतृत्वका लागि सत्तारुढ गठबन्धन दलको समर्थनमा नेता गिरीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
गिरीलाई एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनता समाजवादी पार्टीका तीन, स्वतन्त्र दुई, जनमत पार्टीका तीन र लोकतान्त्रिक समाजवादी पार्टीका तीन गरी ५८ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।
मा प्रकाशित