काठमाण्डौ । काठमाण्डौ उपत्यकाका विभिन्न सडक आयोजनाका निर्माण व्यवसायीद्वारा मन्त्री समक्ष आयोजना समयकम सम्पन्न गर्ने लिखित वाचा गरेका छन् ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा मन्त्रालयका सचिव, विभागका महानिर्देशक तथा बिभिन्न आयोजना प्रमुखसहितको सहभागितामा भएको छलफल तथा अन्तत्र्रियामा निर्माण व्यवसायीहरुले समय सीमामा सडक आयोजनाहरु निर्माण सम्पन्न गर्ने लिखित प्रतिवद्धता गर्नु भएको हो ।
अन्तत्र्रिmयामा विभिन्न सडक आयोजनाका निर्माण व्यवसायीले आ–आफ्नो ठेक्कामा भए गरेका सहजता र जटिलताबारे मौखिक रुपमा वस्तुपरक प्रतिवेदन प्रस्तुत गरे । उनीहरुले त्यहाँ आ–आफना ठेक्कामा रहेका आयोजनाहरु निर्धारित समय सीमाभित्र सम्पन्न गर्ने लिखित प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।
अन्तत्र्रिmयामा सहभागी आयोजनाका निर्माण व्यवसायीले स्पष्ट समयसीमा तोकेर नै कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भएको छ् ।
कार्यक्रममा उपप्रधान मन्त्री श्रेष्ठले विकास निर्माणलाई अनिवार्य महत्व दिएर उद्योगको रुपमा स्थापित गर्ने गरी सकारात्मक भूमिका खेल्न आवश्यक रहेको बताउनु भयो ।
मन्त्री श्रेष्ठले अहिले सरोकारवालाको नजरमा निर्माण व्यवसायी र कर्मचारीप्रतिको नकारात्मक दृष्टिकोणलाई सुधार गर्न पनि आवश्यक भएको बताउनु भयो छ ।
छलफलमा सहभागि निर्माण व्यवसायीहरुले आफूहरुप्रति समाजले हेर्ने दृष्टिकोणलाई चिर्ने गरी निर्माण व्यवसायीको प्रतिष्ठा र गुणस्तरीयता विकास गर्न सबैको संयुक्त प्रयास र सहयोगी भूमिका आवश्यक रहेको बताउनु भयो ।
व्यवसायीहरुले आफूहरु सिस्टम अन्तर्गत रही विकास निर्माणमा अगाडि बढ्ने प्रतिवद्धता पनि जनाउनु भएको थियो ।
काठमाडौं जिल्ला अन्तर्गतका सडक आयोजनाहरु
१. महांकाल भृकुटीचोक तेन्जीङचोक फैका आनीगुम्वा चपली बुढानिलकण्ठ सडक :
निर्माण व्यवसायी : तुदिरप्रेरा जेभी वागडोल, ललितपुर
सम्पन्न गर्ने प्रतिवद्धता : २०७९ साल माघ मसान्तसम्म
२. साततले भण्डारी गार्मेन्ट आकाशेधारा बालुवाखानी सडक :
निर्माण व्यवसायी : दिवार शैलङ्ग जेभी
सम्पन्न गर्ने प्रतिवद्धता : २०७९ फागुन १५ गतेसम्म
३. आकाशेधारा राममन्दिर, कृष्णमन्दिर सडक :
निर्माण व्यवसायी : शैलुङ्ग कन्स्ट्रक्सन कम्पनी प्रा.लि.
सम्पन्न गर्ने प्रतिवद्धता : २०७९ फागुन १५ गतेसम्म
४. सीतापाइला रामकोट भिमढुङ्गा सडक
निर्माण व्यवसायी : आशिष सिएम जयवावा जेभी
सम्पन्न गर्ने प्रतिवद्धता : २०७९ माघ मसान्तसम्म
५. पेप्सिकोला ब्राहखेल सडक
निर्माण व्यवसायी : महालक्ष्मीरवर्डवाईड भण्डार धोदुङ जेभी
सम्पन्न गर्ने प्रतिवद्धता : २०८० असार मसान्तसम्म
६. मित्रपार्क गौरीघाट गुहेश्वरी नयाँवस्ती जोरपाटी सडक निर्माण
निर्माण व्यवसायी : सुनकोशीरप्रजिल जेभी
सम्पन्न गर्ने प्रतिवद्धता : २०७९ माघ मसान्तभित्र कालोपत्रे गर्ने
भक्तपुर जिल्लाअन्तर्गतका आयोजनाहरु
१. कमलविनायक वसपार्कदेखि भत्केपाटीको पाटी सडक विस्तार र ड्रेन निर्माण कार्य
निर्माण व्यवसायी : श्री लोहनी एण्ड ब्रदर्शरलालीगुराँस जेभी
२. मनोहरा खोला पुल इन्द्रायणी चाँगुनारायण सडक
मनोहरा खोलामा आर.सी.सी. तथा पहुँच सडक निर्माण कार्य
निर्माण व्यवसायी : श्री लामा विल्डर्सरसाल्पा शेर्पारजय बाबा गोरख जेभी
३. हनुमन्ते खोला अरनिको राजमार्ग बप्फा पाटी बिहार बहाखा बजार सडक विस्तार गर्ने कार्य
निर्माण व्यवसायी : श्री सुनौला खिम्ती कन्स्ट्रक्सन
४. लोकन्थली हेल्थपोष्ट रमाइलो चोक चाइल्ड नेचर स्कुलमा सडक विस्तार गर्ने कार्य
निर्माण व्यवसायी : श्री सुनौला खिम्ती कन्स्ट्रक्सन
उल्लेखित आयोजनाहरुको सन्दर्भमा दुबै पक्ष फरफारक गर्न सहमत भएका छन् ।
ललितपुर जिल्लाअन्तर्गतका आयोजनाहरु
१. पेरियोडिक मेन्टेनेन्स अफ रिहाबिलिटेसन एण्ड अपग्रेडिङ वक्र्स एलङ छम्पी टिकाभैरव रोड
निर्माण व्यवसायी : महर्जन निर्माण सेवा
सम्पन्न गर्ने प्रतिवद्धता : २०७९ चैत मसान्तभित्र पुल बाहेक
२. अपग्रेडिङ वक्र्स एलङ तउखेल चापागाउँ छम्पी डुकुछाप दक्षिणकाली रोड
निर्माण व्यवसायी : ड्रागन–महर्जन जेभी, काठमाडौं ।
सम्पन्न गर्ने प्रतिवद्धता : २०७९ चैत्र मसान्तसम्म
३. अपग्रेडिङ एण्ड रिहाबिलिटेसन वक्र्स एलङ लुभू–लाकुरीभञ्ज्याङग्–मानेदोभान रोड
निर्माण व्यवसायी : पि.एम र महर्जन जेभी, ललितपुर
सम्पन्न गर्ने प्रतिवद्धता : २०७९ चैत्र मसान्तसम्म
४. स्पेसिफिक मेन्टेनेन्स वक्र्स ललितपुर मन।पा।
खुमलटार, युलेन्स स्कुल पुरानो जाने सडक, ललितपुर
निर्माण व्यवसायी : रानीवन कन्स्ट्रक्सन, काठमाडौं ।
निर्माण सम्पन्न गर्ने प्रतिवद्धता : २०७९ चैत्र मसान्तसम्म ।
५. कन्स्ट्रक्सन अफ आरसिसि ब्रिज ओभर नख्खु खोला
निर्माण व्यवसायी : महर्जन निर्माण सेवा, ललितपुर ।
निर्माण सम्पन्न गर्ने प्रतिवद्धता : २०८० असार मसान्तसम्म ।
अन्तत्र्रिया कार्यक्रममा निर्माण व्यवसायीहरुले सम्पन्न गरिसकेका र नसकेका आयोजनाहरुबारे छलफल हुँदा पछिल्लो प्रकृतिका आयोजनाहरुको सन्दर्भमा समय सीमाभित्र सम्पन्न नभएका तर त्यसलाई स्थानीय तहले सम्पन्न गरिसकेको अवस्थाका आयोजनालाई लिएर निर्माण व्यवसायी र डिभिजन सडकबीच फरफारक गर्न दुबै पक्ष सहमत भएको जनाइएको छ ।