Arthik Paribesh
  • गृहपृष्ठ
  • अर्थतन्त्र
  • वाणिज्य
  • वित्त
  • शेयर बजार
  • कृषि
  • पर्यटन
  • उत्पादन
  • लगानी
  • अर्थ कूटनीति
  • समृद्धि

पोखरा विमान दुर्घटना अपडेट : घटनास्थलबाट शव निकालिदै

आर्थिक परिवेश

काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।

काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो ।

कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो।

जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहासमा १० जना विदेशी यात्रु रहेको बताइएको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए । जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट हुनुहुन्थ्यो भने एस हुन्चु र ओए मगर परिचारिका हुनुहुन्थ्यो ।

विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ। जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार रहेको बताइएकाे छ । घटनास्थलमा आगो निभाउने जारी छ ।

दुर्घटनाग्रस्त विमानबाट हालसम्म १६ जनाको शव निकालिएको यती एयलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

१ माघ २०७९, आईतवार १२:५८मा प्रकाशित

सम्बन्धित समाचार

  • उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदन बजेटकाे उच्च प्राथमिकतामा

  • पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्ने : गभर्नर पौडेल

  • विश्व बैंकबाट नेपालमा ३ खर्ब ७१ अर्ब लगानी प्रतिबद्धता

  • राष्ट्र बैकले गठन गरयो बैकिड. क्षेत्र सुधार सुझाव कार्यदल

  • विश्व बैंकद्वारा विश्व अर्थतन्त्रको वृद्धिदर पूर्वानुमानमा कटौती

  • वित्त र मौद्रिक नीतिबिच सन्तुलन र संयोजनको अपेक्षा गरेको छु : अर्थमन्त्री पौडेल

  • विप्रेषण बढेर १३ खर्ब ५६ अर्ब ६१ करोड, बैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड

थ्री जी गरिमा मिडियाद्वारा सञ्चालित आर्थिक परिवेश.कम

दर्ता नं. ३४९१–२०७८/०७९

अध्यक्ष तथा सञ्चालकः लक्ष्मी गौतम

सम्पादकः सन्तोष खनाल

फोन नंः ०१–४४४३६३१

E-mail: arthikparibesh@gmail.com

  • गृहपृष्ठ
  • अर्थतन्त्र
  • शेयर बजार
  • वाणिज्य
  • कृषि
  • पर्यटन
  • वित्त
  • उत्पादन
  • लगानी
  • अर्थ कूटनीति
  • समृद्धि

Copyright Arthik Paribesh