विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

आर्थिक परिवेश

काठमाडौँ । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको  मन्त्रिपरिषद्को आक्स्मीक  बैठकले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।

“आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ, दिवङ्गतप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ, निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ”, उहाँले भन्नुभयो, “शोकपूर्ण घटनाका सन्दर्भमा भोलि माघ २ गते शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।”

बैठकले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न पनि  निर्देशन दिएको छ ।

बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्ने व्यवस्था गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको र त्यसकाे  अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।

बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भन्नु भयाे  ‘यो व्यवस्थाले हवाई दुर्घटना हुन नदिन भूमिका खेल्ने हाम्रो विश्वास छ ।’

७२ जना सवार यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग पनि गठन गरेकाे  छ ।

 

मा प्रकाशित