जिडिपीको हाराहारीमा कर्जा प्रवाह, निर्धारित क्षेत्रमा नभै अन्यत्र हुनु जटिल : अर्थशास्त्री र बैकर्स

आर्थिक परिवेश

माघ १८,काठमाडौ ।  बैकर्स तथा अर्थशास्त्रीहरुले मुलुकको आर्थिक समस्या समाधानका लागि सम्वद्ध सबै निकाय एकजुट भएर अघि बढनु आवश्यक भएको बताउनु भएको छ ।
आर्थिक मडिया संचालक संघ नेपालले बुधवार काठमाण्डौमा आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक अन्तरकृया कार्यक्रममा वक्ताहरुले अहिलेको मुलुकको आर्थिक समस्याको जरो ठिक ढंगले पहिल्याएर त्यसको समाधानकालागि सरकार, नीजि क्षेत्र र बैकिड क्षेत्र अघि बढनु आवश्यक भएकोमा जोड दिनु भयो ।
अर्थशास्त्री चन्द्रमणी अधिकारीले जिडिपीको हाराहारीमा कर्जा प्रवाह भए पनि त्यसको नतिजा नआएको भन्दै त्यसलाई ठीक ढंगले पहिचान गरी उत्पादनशिल क्षेत्रमा खर्च प्रवाह गर्नु पर्नेमा जोड दिनु भयो ।
बैकर्स मनोज ज्ञवालीले बैकहरुबाट प्रवाह भएको कृषि ऋण वास्वीक क्षेत्रमा नगै अन्यत्र नै खर्च भएकोले उत्पादनमा असर परेको उल्लेख गर्नु भयो ।
कार्यपत्र प्रस्ततु गर्दै उहाँले यो बेला सबै समवेदनशिल भएर मुलुकको अर्थतन्त्रलाई सहिमार्गमा अघि बढाउन भूमिका खेल्नु पर्नेमा एकले अर्कोलाई आरोप प्रत्यरोप गर्नु सन्र्दभिक नभएको उल्लेख गर्नु भयो ।

उहाँले ऋणपत्र जारी गरेर सरकारले कमर्चारीलाइ तलव खुवाउने अवस्था अाउनु दुखद रहेकाे भन्दै उदाेगी व्यवसायिले अाफनाे हितमात्र नहेरी समस्या समाधानमा  कृयाशिल हुनु अावश्यक छ भन्नु भयाे ।
अर्का बैकर्स अनलराज भट्टराईले आयात निर्भर राजस्वलाई परिर्वतन गरी उत्पादनमा आधारित बनाउने गरी सरकार, लगानीकर्ता र नीजिक्षेत्र अघि बढनु आवश्यक भएको बताउनु भयो ।

अर्थशास्त्री कल्याण राेक्काले नेपालले हाल संचालनमा ल्याएकाे अर्थिक नीतिमा नै परिवर्तन अावश्यक भएकाे बताउनु भयाे ।

मा प्रकाशित