३० दिनभित्र कर्जा चुक्ता गरे जरीवाना नलाग्ने साना व्यवसायीले २ करोडसम्मको कर्जा पुनर्तालिकीकरण हुने

आर्थिक परिवेश

१२ फागुन, काठमाडाैं ।  ऋणको भाखा नाघेको ३० दिनभित्र कर्जा चुक्ता गरे जरीवाना नलाग्ने भएको छ। राष्ट बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो।

“ऋणीले भुक्तानी गर्नुपर्ने कर्जाको साँवा÷ब्याज दायित्व भाखा नाघेको तीस दिनभित्र भुक्तानी गरेमा पेनाल ब्याज लिन पाइने छैन ।”राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ।

यो व्यवस्था २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा÷ब्याजमा मात्र लागु हुनेछ । तर यदि कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको साँवा÷ब्याज भुक्तानी नगरेमा पुर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन पाइने छ।

यसैगरी साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको २ करोडसम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी एक पटकको लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असूल उपर गरी देहायका शर्तहरुको अधीनमा रही कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सकिनेछ ।

यस्तो पुनरतालिकीकरण र÷वा पुनरसंरचना २०८० असार मसान्तभित्र गरिसक्नु पर्नेछ भने २०७९ पुस मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको हुनुपर्नेछ।

उपर्युक्त बमोजिम पुनरतालिकीकरण÷पुनरसंरचना गरिएका कर्जाहरुलाई असल वर्गमा वर्गीकरण गरी १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।

मा प्रकाशित