१७ फागुन, काठमाडौं। दोस्रो नेपाल ट्रेड समिट बुधबारदेखि काठमाडाैंमा शुरु भएको छ। स्टिल मिन्टले आयोजना गर्दै आएको ट्रेड समिटको उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायनकाजी श्रेष्ठले उद्घाटन गर्नु भएकाे छ ।
‘कुनै पनि देश विकसित हुन पूर्वाधार विकास हुन आवश्यक छ,’ उहाँले भने, ‘यसका लागि सिमेन्ट उद्योग तथा स्टिल उद्योगहरु राम्रोसँग पूर्ण क्षमतामा संचालन हुनुपर्छ’
भन्दै सिमेन्ट र स्टिल उद्योगमा लगानी गर्न समेत लगानीकर्ताहरूलाइ मन्त्री श्रेष्ठले आग्रह गर्नु भयाे ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले निर्माण उद्योगहरुलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताए। उनले निर्माण सम्वन्धि उद्योगबाट उत्पादित वस्तु निकासीमा नगद अनुदानको व्यवस्था समेत गरेको बताउनुभयाे ।
पन्चकन्या समूहका प्रवन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले मुलुक आर्थिक संकटमा पर्दा निर्माण उद्योग ठूलो समस्यामा रहेकोले यसकाे संरक्षाण तथा प्नर्वदनमा सरकार र नीजि क्षाेत्र मिफेर अघि बढनु अावश्यक छ भन्नु भयाे ।
श्रेष्ठले खानीजन्य उद्योग नेपालको अपार सम्भावना भएको क्षेत्र रहेको बताउँदै यहाँबाट उत्पादित निर्माणसँग सम्वन्धित सामान भारत समेत निकासी गर्न सकिने संभावना रहेकाे बताउनु भयाे ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले औद्योगिक क्षेत्रमा लगानीको सम्भावना धेरै रहेको बताउँदै विश्वभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न आब्हान गर्नु भयाे ।
नेपाल उद्योग परिसंघका उपसभापति वीरेन्द्रकुमार पान्डेले नेपालको पूर्वाधार विकासमा धेरै लगानी बढाउनु अावश्यक भएकाले सिमेन्ट तथा स्टिल उद्योगको सम्भावना धेरै रहेको बताउनु भयाे । समिटमा विभिन्न देशका २ सय ५० भन्दा बढी व्यवसायी ७ देशका ठूला लगानीकर्ता सहभागी रहेकाे अायाेजकहरूले जानकारी दिनु भयाे ।
मा प्रकाशित