वाणिज्य, विकास बैङ्क तथा फाइनान्स कम्पनीहरूले चैत्र १ देखि ब्याजदर घटाउने तयारी

आर्थिक परिवेश

३० फागुन, काठमाडौं ।  नीजि क्षेत्रले बैक तथा  वित्तीय संस्थाहरूले ब्याजदर घटाउनु पर्ने भन्दै आन्दाेलन  गरिरहेकाे बेला बैङ्क तथा वित्तीय  संस्थाहरू  बुधबारदेखि लागू हुने गरी बैक ब्याजदर घटाउन सहमत भएका छन् ।

वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घकाे समन्वयमा भएकाे बैठकमा चैत्रमा कर्जा र निक्षेपको ब्याजदर घटाउने विषयमा बैर्कसहरू सहमत भएका हुन ।

चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने लगायतका ३ महत्वपूर्ण विषयहरूमा बैर्कसहरू बीच सहमती भएको नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले आर्थिक परिवेशलाई जानकारी दिनुभयो ।

उहाँले संघले ऋणको ब्याजदर सम्बन्धमा के कसरी अघि बढन सकिन्छ भनेर समन्वय  गरेकाे बताउनुभयो । हाल बैङ्कहरूले कर्जामा आधार दरमा छ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन । अब एक प्रतिशत घटेपछि बैकहरूले आधार दरमा पाँच प्रतिशतसम्म प्रिमियम दर तोक्न सक्ने छन् ।

यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम छ प्रतिशतदेखि अधिकतम आठ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम छ दशमलब ४२ प्रतिशतदेखि अधिकतम आठ दशमलब ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।

मुद्दती निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ । हाल बैङ्कहरूले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् ।

यस्तैगरी, संस्थागततर्फ नौ प्रतिशत र ‘रेमिट्यान्स’ मुद्दती खातामा १२ प्रतिशत ब्याजदर कायम गर्न बैर्कसहरू सहमत भएका छन् । त्यस्तै, विकास बैङ्कहरूको छाता सङ्गठनका रुपमा रहेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर सम्बन्धमा   समन्वय गरेकाे जनाएकाे  छ ।

सहमती अनुसार विकास बैङ्कहरूले चैत महिनादेखि एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ६० प्रतिशत कायम गरेको छ । त्यस्तै, एक वर्षभन्दा कमको मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ५० प्रतिशत कायम गर्ने छन् ।

हाल विकास बैङ्कहरूले एकवर्षे वा सोभन्दा बढी दुवैको व्यक्तिगत मुद्दती निक्षेपमा ११ दशमलव ७५ प्रतिशत ब्याजदर दिँदै आएका थिए ।

यसैगरी, ब्याजदर घटाएसँगै विकास बैङ्कहरूले चैतमा एकवर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा नौ दशमलव ६० प्रतिशत र साधारण बचतमा न्यूनतम छ दशमलव ६० प्रतिशतदेखि आठ दशमलव ६० प्रतिशत ब्याजदर प्रदान गर्नेछन् ।

त्यसैगरी, नेपाल वित्तीय संस्था सङ्घ (फाइनान्स) ले मुद्दती निक्षेपको ब्याज दर शून्य दशमलव २० प्रतिशतले घटाएको छ । सङ्घले तीन महिनामाथिको निक्षेपको ब्याज दर शून्य दशमलव १५ प्रतिशत घटाउने सहमती समेत भएको छ ।

फाइनान्स कम्पनीहरूले एक वर्षको मुद्दती निक्षेपमा १२ दशमलव १० प्रतिशत ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११ दशमलव ९० प्रतिशत ब्याजदर कायम गर्ने तयारी  गरेका छन् ।

मा प्रकाशित