१८चैत्र,काठमाण्डौं । नेपाल चीन बीचको व्यापारिक रसुवागढी नाका शनिवारदेखि पूर्णरुपमा संचालनमा आएको छ ।
कोरोनाको प्रभावसंगै केही समय बन्द रहेको र त्यसपछि आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका शनिवारबाट दुवैतर्फ पूर्ण रुपमा सञ्चालनमा आएको हो ।
चीनको ल्हासामा हालै सम्पन्न दुई देशको बैठकपछि नेपाली प्रतिनिधिमण्ड रसुवागढी नाका हुदै आज नेपाल फर्केको छ ।
रसुवागढी नाकामा शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपालका वाणिज्य सचिव मधुकुमार मरासिनि र चिनको तीब्बत स्वायत प्रदेशका उपाध्यक्ष चेन योड.क्वीले नाकालाई पूर्ण रुपमा संचालनमा ल्याएको घोषणा गर्नु भएको हो ।
नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन् ।
नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिनु भयो । शनिवारदेखि दैनिक २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान छ ।
केरुङ जान सीमा पास नवीकरण तथा नयाँ बनाउन शनिबार पनि अध्यागमन कार्यालय खुला गरिएको छ ।
कोभिड–१९ का कारण नेपाल सरकारले ११ चैत २०७६ मा सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने घोषणा गरेको थियो । त्यसपछि चीनले तीन वर्षपछि मानव आवागमन खुला गरेको हो ।
मा प्रकाशित